बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछिल्लो समय यहाँ चिसो बढ्दै गएपछि रिलामा पनि भाइर ज्वारेको बिरामीहरु पनि बढ्दै गएका हुन् ।
घर घरमा भाइरल ज्वरो फैलिँदै गएपछि अहिले पाथरकोट आधाभूत विद्यालयमा पनि विद्यार्थीहरु कम आउने गरेको बताइएको छ ।
विगत दुई चार दिनदेखि आफुलाई रुघा खोकी लाग्ने टाउँको दुख्ने ज्वरो आउने उल्टी हुने गरेको पाथर कोट आधारभूत विद्यालयका कक्षा ५ का छात्रा आरती कुमारी परीले बताए।
उनले भने, “बिरामी भएपनि आफु जबरजस्ती विद्यालयमा आउँछु । कक्षा कोठामा बसेर पढ्न लाग्छु । त्यति खेर खोकी लाग्छ । उल्टी हुने र टाउँको पनि दुख्ने गर्छ । त्यसैले विद्यालय आएर कक्षा कोठामा बसेर पढ्न निकै समस्या भएको छ ।”
घरमा तातो पानी र औषधी खाने गरेकाले अलि केही आराम भएको छ । पढाइ छुट्ने डरले यहाँ आउँछु । यता चिसो हुने गरेकोले झन बिरामी हुने गरेको परीले बताए।
विगत एक महिनादेखि गाउँमा धेरै बिरामी परेका छन् । त्यसले यहाँ पढ्न आउने गरेका बालबालिकाहरु पनि विद्यालयमा नआउने गरेको पाथरकोट आधारभूत विद्यालयका शिक्षक कमल नाथले बताए।
उनले भने, “यहाँ पढ्न आउने गरेका बालबालिकाहरु पनि प्राय बिरामी भएर आउने गरेका छन् । उनीहरुमा पनि खोकी ज्वरो वाकवाकी लाग्ने जस्ता लक्षण देखा परेका छन् ।”
यहाँ ९३ जना विद्यार्थीहरु अध्ययनरत थिए । अहिले गाउँमा भाइर ज्वरो आउने गरेकोले अधिकांश कक्षा कोठा खाली हुने गरेको नाथले बताए।
हिउँद लागेसँगै अहिले गाउँमा रुघाखोकीका बिरामी पनि बढ्दै गएका छन् । यहाँ दैनिक पाँचदेखि सात जनाभन्दा बढी बिरामी आउने गरेका छन् । उनीहरु भाइरल ज्वरोका बिरामी हुन् । हामीले यतादेखि उनीहरुलाई औषधी दिने गरेकाले अहिले केही आराम हुँदै गएको रिला सहरी स्वास्थ्य केन्द्रका प्रमुख मीनबहादुर थापाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: