Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ बढी आकांक्षी, पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी

खबरडबली संवाददाता

लमजुङ। नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिएको छन् । केन्द्रीय पदाधिकारी तथा सदस्यमा गरी अहिलेसम्म १४ जना नेताहरुले आकांक्षा देखाएको हो ।

हाल उपमहासचिव रहनु भएका पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी रहेको छ । उनले आफू महासचिवको उम्मेदवार रहने सार्वजनिक घोषणासँगै तयारी गरिसकेको छन् । हालका केन्द्रीय सदस्य रहनुभएका टुका हमाल, जमीन्द्रमान घले, डा।भिष्म अधिकारी र कल्पना थापाले यस पटक पनि केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेको छ ।

त्यसैगरी नेकपा ९एमाले० केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, हाल गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडी, लमजुङका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी, किसान महासंघका गण्डकी प्रदेशका अध्यक्ष गोर्वधन गौलीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छन् । 

महिलातर्फबाट केन्द्रीय सदस्यमा उठ्नका लागि गण्डकी प्रदेश सांसद यशोदा रिमाल र लक्ष्मी अधिकारीले तयारी थालेको छन्। यसैगरी उत्पिडित दलित कोटामा गण्डकी प्रदेश सदस्य नन्दराम विक र युवा कोटामा गण्डकी प्रदेश सदस्य हिरालाल विश्वकर्माले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।       

आयोजक समिति, प्रदेश कमिटी, विभिन्न जनवर्गिय संगठन र लमजुङ भूगोलबाट गरी महाधिवेशन प्रतिनिधिमा १८ जना रहेको छन् । जिल्लाबाट मतदान प्रक्रियाबाट जिल्ला अध्यक्ष राजकुमार विष्टसहित सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी, यशोदा रिमाल, पद्मा गुरुङ, लक्ष्मी अधिकारी, हिरालाल विश्वकर्मा, नन्दराम विश्वकर्मा र जुन तामाङ छनौट भएको थिए।

केन्द्रीय उप महासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष टुका हमाल, पार्टीका केन्द्रीय सदस्य जमीन्द्रमान घले, केन्द्रीय कार्यालय सचिव डा।भीष्मनाथ अधिकारी, केन्द्रीय सदस्य कल्पना थापा, केन्द्रीय अनुशासन समितिका सदस्य मायानाथ अधिकारी स्वत: महाधिवशेन प्रतिनिधि छन्। 

यसैगरी लमजुङ भुगोल रहेका गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी र प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, किसान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोर्वधन गौली पनि महाधिवेशन प्रतिनिधि रहेको छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।  ...

उच्च शिक्षामा राजनीतिक हस्तक्षेप रोक्न विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की

धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...

अवैधरुपमा ओसारपसार गर्दै गरेको साढे चार लाखको टिमुरसहित एक पक्राउ

बर्दिया । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडिबुटि टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर...

एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ बढी आकांक्षी, पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी

लमजुङ। नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिएको छन...

जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्

कीर्तिपुर । सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए ...

बुटवलमा बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रह...

सरकार र भन्सार एजेन्टबीच सहमति, देशभरका भन्सार कार्यालय सञ्चालनमा

काठमाडौँ। मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् ।  भन्सार विभागका नि...

सहकारी विभागको निर्देशन: सञ्चालकले एक भन्दा बढी संस्थामा पद सम्हाल्न नपाइने

काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...

अब साढे तीन वर्ष सरकारसँग मिलेर उत्कृष्ट नतिजा दिनेछु : निर्देशक शाक्य

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending