काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ‘उच्च पदस्थ पदाधिकारीहरू’सँग समन्वय गरेरै बल प्रयोग गर्नुपरेको बताएका छन्। सर्वोच्च अदालतमा दायर रिटको लिखित जवाफ पेश गर्दै उनले भवनको पर्खाल तोडफोड तथा आगजनीबाट स्थिति अनियन्त्रित बनेपछि कफ्र्यू लगाउनुपरेको जिकिर गरेका हुन्।
रिजालले जवाफमा भनेका छन्, “पर्खाल तोडफोड तथा आगजनी गरेपछि स्थिति नियन्त्रण गर्न उच्च पदस्थ पदाधिकारीहरूसँग समन्वय गरी जिल्ला सुरक्षा समितिको सिफारिसमा संसद भवन आसपासमा कफ्र्यूको आदेश जारी गरिएको थियो।” तर ती ‘उच्च पदस्थ’ अधिकारीहरू को हुन् भन्ने विषय उनले खुलाएका छैनन्।
कफ्र्यूपछि प्रदर्शनकारी तितरबितर हुने अपेक्षा विपरीत स्थिति झनै उत्तेजित बनेको उनले उल्लेख गरेका छन्। “संसद भवन तोडफोड र आगजनीबाट जोगाउने र प्रदर्शनकारी युवाहरूको जीवन रक्षा गर्ने दुवै चुनौती थियो,” रिजालले लेखेका छन्।
उनका अनुसार सुरक्षाकर्मीहरूले प्रारम्भमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयासस्वरूप सामान्य बल प्रयोग गरे पनि स्थिति क्रमश: तनाबपूर्ण बन्दै गयो। उनले न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र अन्तिम विकल्पका रूपमा मात्र घुँडामुनि रबरको गोली चलाउन आदेश दिएको दाबी गरेका छन्।
तर, सोही दिन अनलाइनखबरसँगको प्रतिक्रियामा भने उनले आफूले ‘गोली नै चलाउन आदेश दिएको’ बताएका थिए— जससँग हालको लिखित जवाफ मेल खाँदैन।
रिजालले कफ्र्यू लगाउन ‘उच्च पदस्थ अधिकारी’सँग समन्वय गरेको उल्लेख गरे पनि त्यसपछि बल प्रयोग बढाउँदै जाँदा कसरी समन्वय भयो भन्ने भने उनले स्पष्ट पारेका छैनन्। उनले घुँडामुनि गोली चलाउन आदेश दिएको स्वीकार गरे पनि प्रत्यक्ष गोली प्रहार गर्ने जिम्मेवारी संसद भवनभित्र खटिएका विशेष सुरक्षा दस्ताको रहेको बताए।
जवाफमा उनले भनेका छन्, “कफ्र्यू जारी भए पनि युवाहरूको जीवन महत्वपूर्ण ठान्दै मैले गोली चलाउने आदेश दिएको छैन।” संसद भवन परिसरभित्र राष्ट्रिय बाणिज्य बैंक, कानून आयोग, लगानी बोर्ड तथा ४० हजार लिटर क्षमताको डिजेल ट्यांकी रहेकाले सुरक्षाको दृष्टिले बल प्रयोग आवश्यक भएको उनले जिकिर गरेका छन्।
त्यो दिन संसद भवन वरपर १९ जनाको ज्यान गएको घटनाबाट आफू पदीय र व्यक्तिगत रूपमा मर्माहत भएको उल्लेख गर्दै रिजालले “कानून र विवेकको ख्याल गरी काम गरेकाले” आफूलाई कारबाही गर्नु नपर्ने दाबी गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: