काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ‘उच्च पदस्थ पदाधिकारीहरू’सँग समन्वय गरेरै बल प्रयोग गर्नुपरेको बताएका छन्। सर्वोच्च अदालतमा दायर रिटको लिखित जवाफ पेश गर्दै उनले भवनको पर्खाल तोडफोड तथा आगजनीबाट स्थिति अनियन्त्रित बनेपछि कफ्र्यू लगाउनुपरेको जिकिर गरेका हुन्।
रिजालले जवाफमा भनेका छन्, “पर्खाल तोडफोड तथा आगजनी गरेपछि स्थिति नियन्त्रण गर्न उच्च पदस्थ पदाधिकारीहरूसँग समन्वय गरी जिल्ला सुरक्षा समितिको सिफारिसमा संसद भवन आसपासमा कफ्र्यूको आदेश जारी गरिएको थियो।” तर ती ‘उच्च पदस्थ’ अधिकारीहरू को हुन् भन्ने विषय उनले खुलाएका छैनन्।
कफ्र्यूपछि प्रदर्शनकारी तितरबितर हुने अपेक्षा विपरीत स्थिति झनै उत्तेजित बनेको उनले उल्लेख गरेका छन्। “संसद भवन तोडफोड र आगजनीबाट जोगाउने र प्रदर्शनकारी युवाहरूको जीवन रक्षा गर्ने दुवै चुनौती थियो,” रिजालले लेखेका छन्।
उनका अनुसार सुरक्षाकर्मीहरूले प्रारम्भमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयासस्वरूप सामान्य बल प्रयोग गरे पनि स्थिति क्रमश: तनाबपूर्ण बन्दै गयो। उनले न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र अन्तिम विकल्पका रूपमा मात्र घुँडामुनि रबरको गोली चलाउन आदेश दिएको दाबी गरेका छन्।
तर, सोही दिन अनलाइनखबरसँगको प्रतिक्रियामा भने उनले आफूले ‘गोली नै चलाउन आदेश दिएको’ बताएका थिए— जससँग हालको लिखित जवाफ मेल खाँदैन।
रिजालले कफ्र्यू लगाउन ‘उच्च पदस्थ अधिकारी’सँग समन्वय गरेको उल्लेख गरे पनि त्यसपछि बल प्रयोग बढाउँदै जाँदा कसरी समन्वय भयो भन्ने भने उनले स्पष्ट पारेका छैनन्। उनले घुँडामुनि गोली चलाउन आदेश दिएको स्वीकार गरे पनि प्रत्यक्ष गोली प्रहार गर्ने जिम्मेवारी संसद भवनभित्र खटिएका विशेष सुरक्षा दस्ताको रहेको बताए।
जवाफमा उनले भनेका छन्, “कफ्र्यू जारी भए पनि युवाहरूको जीवन महत्वपूर्ण ठान्दै मैले गोली चलाउने आदेश दिएको छैन।” संसद भवन परिसरभित्र राष्ट्रिय बाणिज्य बैंक, कानून आयोग, लगानी बोर्ड तथा ४० हजार लिटर क्षमताको डिजेल ट्यांकी रहेकाले सुरक्षाको दृष्टिले बल प्रयोग आवश्यक भएको उनले जिकिर गरेका छन्।
त्यो दिन संसद भवन वरपर १९ जनाको ज्यान गएको घटनाबाट आफू पदीय र व्यक्तिगत रूपमा मर्माहत भएको उल्लेख गर्दै रिजालले “कानून र विवेकको ख्याल गरी काम गरेकाले” आफूलाई कारबाही गर्नु नपर्ने दाबी गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १५:३३
डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...
मंसिर २६ गते, २०८२ - १५:२५
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...
मंसिर २६ गते, २०८२ - १५:१६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...
मंसिर २६ गते, २०८२ - १४:४९
काठमाडौँ । भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट गरेका छन् । वरिष्ठ उपाध्यक्ष ...
मंसिर २६ गते, २०८२ - १४:२५
काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ‘उच्च पदस्थ पदाधिकारीहरू’सँग समन्वय गरेरै ब...
मंसिर २६ गते, २०८२ - १४:१६
बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छव...
मंसिर २६ गते, २०८२ - १४:००
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आगजनीका क्रममा आफ्नो घरमा नग...
मंसिर २६ गते, २०८२ - १३:४६
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृ...
मंसिर २६ गते, २०८२ - १३:२७
म्यान्मा। म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । म्य...




प्रतिकृया लेख्नुहोस्: