काठमाडौं । निवर्तमान मुख्यसचिव एकनारायण अर्यालले भदौ २३ मा नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि गोली चलेको घटनामा आफ्नो भूमिका सम्बन्धमा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्।
अर्यालले शान्तिपूर्ण आन्दोलन गर्ने भनिएको कार्यक्रममा सहभागीहरूले निषेधाज्ञा उल्लंघन गर्दै अघि बढेको र त्यसैले बल प्रयोग आवश्यक भएको दाबी गरेका छन्। उनले घटनालाई सांकेतिक रूपमा बल प्रयोग भएको घटनाको रूपमा उल्लेख गर्दै चार जना जेनजी प्रतिनिधिहरू – अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवलाई जिम्मेवार ठहर गरेका छन्।
उनको लिखित जवाफअनुसार, सहभागीहरूले एभरेष्ट होटलको पूर्वतर्फ जान नहुने भए पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतर्फ प्रवेश गर्न खोजे, जसले शान्ति सुरक्षा, सरकारी सार्वजनिक सम्पत्ति तथा सुरक्षाकर्मीको सुरक्षा जोखिममा पारेको उनले उल्लेख गरेका छन्।
अर्यालले भने, ‘निषेधित सरकारी सार्वजनिक क्षेत्रमा प्रवेश गर्ने तथा सरकारी सम्पत्तिमा असर गर्ने अवस्था आउँदा सुरक्षाकर्मीले आत्मरक्षा गर्नु र हातहतियारको सुरक्षा गर्नु अनिवार्य हुन्छ।’ उनले कर्फ्यूको समयमा हुने कानून विपरीत क्रियाकलापहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने र राज्यका लागि गरिएका कार्यहरूमा संरक्षण मिल्नुपर्ने बताए।
यो घटनामा अर्यालविरुद्ध सुरक्षा परिषद्को सदस्यको हैसियतमा जिम्मेवारी पूरा नगरेको आरोपमा सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। उनले आफ्नो जवाफमा उक्त आरोप अस्वीकार गर्दै घटनालाई सरकारी कार्यहरू भित्र पर्ने क्रियाकलाप भएको दाबी गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: