Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

कांग्रेसद्वारा उदयपुरको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

खबरडबली संवाददाता

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिका सभापति हिमाल कार्कीका अनुसार क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएका उम्मेदवारको नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरिएको हो।

आज बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ६ जना, समानुपातिकमा ४ जना र राष्ट्रिय सभामा ९ जानको नाम सिफारिस गरेको कार्कीले जानकारी दिए।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा डा. नारायण खड्का, विदुर बस्नेत र लक्ष्मी परियार रहेका छन्। खड्का निर्वतमान प्रतिनिधिसभा सदस्य पनि हुन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को लागि संजिव थापा, कृष्णकुमार श्रेष्ठ र सरस्वती ढुंगानाको नाम सिफारिस गरिएको सभापति कार्कीले जानकारी दिए।

समानुपातिकतर्फ नारायणबहादुर कार्की, सत्यनारायण चौधरी, सिता राई र रामकुमारी साहको नाम सिफारिस गरिएको छ। यसैगरी, राष्ट्रिय सभा निर्वाचनको लागि जिल्लाबाट नौजनाको नाम सिफारिस भएको छ। जसमा हेरम्बबहादुर थापा, अर्जुनकुमार खड्का, प्रर्मिला राई, भोजराज खतिवडा, गोविन्द चाम्लिङ, जयजन्म राई, सुमन परियार, हिरामान मोते, सन्जा दनुवार छन्। सिफारिस भएका सबै पुरानै नेताहरु हुन्।

कार्कीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक अनि राष्ट्रिय सभामा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका नामहरु आगामी दिनमा हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनमा सिफारिस नगरिने बताए। उनले भने, ‘हामीले पार्टीमा योगदान, जनमतलगायत सबै पक्षको अध्ययन गरेर सिफारिस गरेका छौँ। भोलिका दिनमा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचनमा अहिले सिफारिस भएका नामहरु सिफारिस हुने छैनन्।’

बैठकले पार्टी केन्द्रको केन्द्रीय १५ औं महाधिवेशन समयमै सम्पन्न गराउन जिल्लामा हुने सम्पूर्ण कामहरु समयमै गर्न पनि निर्णय गरेको छ। उनले भने, ‘क्षेत्रीय समितिहरुले कारवाहीमा परेका व्यक्तिको नाम सिफारिस गरेर जिल्लामा पठाएका छन्। त्यस्ता क्षेत्रीय समितिलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको छ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अगामी पुस १ गतेदेखि बाघ गणना गरिने

चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...

विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने

मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...

राष्ट्रपतिसमक्ष यी देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...

आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ

कैलाली ।  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...

देशमा समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता: गजुरेल

ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए ।  ब...

थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...

कम्बोडियाको आर्थिक वृद्धि सीमा विवाद र अमेरिकी शुल्क वृद्धि को कारण सुस्त : विश्व बैङ्क

कम्बोडिया । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैङ्कको आर...

लुम्बिनी एनपिएलको फाइनलमा

काठमाडौं । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्प...

सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धि सुस्त : विश्व बैङ्क

काठमाडाैँ । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्‍याएको विश्व बैङ्कको आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending