गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध कार्यसमिति, आजिवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष मोहन बस्नेतबिच उपचार सहुलियत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो निर्णयले प्रतिष्ठानका कार्यसमिति सदस्य र आजिवन सदस्यलाई ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए।
उनले उपचारमा रोग र आर्थिक अवस्थामा आधारमा २५ देखि सतप्रतिशत नि:शुल्कसम्म उपचार हुने बताए। औषधीमा भने १० प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ ।
बस्नेतले सवैभन्दा ठुलो कुरा स्वास्थ्य भएकाले व्यवसायीक कलाकार तथा प्रतिष्ठानमा आवद्ध व्यक्तिहरुको हितका लागि उपचारमा सहुलियतको माग गरिएको बताए। उनले भने,“कलाकार स्वास्थ्यको जोखिममा रहन्छन् । बाँचौ र नाचौ भन्ने सोँचेर योजना अगाडि बढाएका हौँ ।”
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध १८५ आजिवनसहित कार्यसमिति गरेर २५० जनाले यो सुविधा पाउने छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुम खत्रीले प्रतिष्ठानमा आवद्धहरु सबैको एउटै आर्थिक अवस्था नभएकाले उपचार सुविधा २५ प्रतिशत धेरै राम्रो भएकाले बुटवल हस्पिटल प्रालिलाई धन्यवाद दिए ।
उनले बिगतमा प्रतिष्ठानकै पदाधिकारी दुर्घटनामा परेका बेला धेरै पटक आर्थिक सङ्कलन गर्न परेकाले अहिलेको सम्झौता निकै फलदायी हुने बताए । प्रतिष्ठानले केन्द्रीय कार्यसमितिसँगै समन्वय गरेर आर्थिक समस्याका कारण उपचारमा कठिनाई हुनेहरुलाई सहयोग गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पुर्व अध्यक्ष जनक पन्थले बताए। उनले रगत अभावमा समेत आफुहरुले समन्वय गरेर सहजीकरण गरिरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...
मंसिर २८ गते, २०८२ - ११:५१
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेको छिन् । उनले आ...
मंसिर २८ गते, २०८२ - ११:३९
नेपालगन्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर...
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...




प्रतिकृया लेख्नुहोस्: