Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारागार प्रशासनले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइसकेको छ । केहीबेरमा जहाजमार्फत उनी भैरहवा जाने कार्यक्रम छ ।

जिल्ला अदालत रुपन्देही पुगेर उनले छुटपुर्जीसम्बन्धी कागजात लिनुपर्नेछ । यसअघि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।

बिहान ७:५५ बजेका लागि टिकट भए पनि भैरहवा विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेका कारण उडान ढिलाइ भएको रुपन्देहीका रास्वपा नेता मधु अर्यालले जानकारी दिए ।

‘एयरपोर्ट खुलेको छैन । सभापति काठमाडौं विमानस्थलमा आएर लामो समयदेखि पर्खिरहनुभएको छ । हामी भैरहवा विमानस्थलबाट सिधै अदालत जाने तयारीमा छौँ,’ अर्यालले भने ।

भैरहवा विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण हाल उडान हुन सकेका छैनन् । विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार भिजिबिलिटी खुल्न करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने काठमाडौँबाट भरतपुर उडे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...

जेनजी अभियन्ता पुरुषोत्तम यादव रास्वपामा, समानुपातिक उम्मेदवार बन्ने तयारी

काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...

सरकारले जेनजी आन्दोलनका घाइतेलाई मासिक भत्ता प्रदान गर्ने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...

मौसम नखुलेपछि रवि लामिछाने भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेको छन् । राष्ट्रपति भवन शीतल निव...

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री  कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएको छन् । ‘भविष्यका लागि बाँसको आवास...

भैरहवाको मौसम खराब हुँदा रवि लामिछाने काठमाडौँमै रोकिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending