Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

मुस्ताङमा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

खबरडबली संवाददाता

मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा कार्यरत (नेपाल–चीन) संयुक्त सुरक्षा अधिकारीले कोरला सीमा क्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन् ।

यहाँ स्थित (नेपाल–चीन) कोरला सीमा क्षेत्रअन्तर्गत डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ नं सीमा स्तम्भ क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।

उनका अनुसार हिउँदयामका समयमा सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण, अवैध चोरी निकासी, अवैध चोरीसिकारी, सीमा क्षेत्रको शान्तिसुरक्षा र सीमाक्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले (नेपाल–चीन) संयुक्त निगरानी गस्ती गरिएको र यो हिउँदयामभरी नियमित रहने जनाइएको छ ।

कोरलास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र कोरलास्थित चिनियाँ सुरक्षा अधिकारीको संयुक्त टोलीले यहाँको नेपाल–चीन चार वटा सीमास्तम्भको संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) नेचुङका इञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक अरुण भण्डारीले उल्लेख गरे ।

कोरला सीमा क्षेत्रको शान्तिसुरक्षा र निगरानी बढाउन बिओपी इञ्चार्ज भण्डारीको कमाण्डमा १० जना र चीनतर्फ क्याप्टेन गेसाङ डुन्ड्रबको कमाण्डमा पाँच गरी १५ जनाको संयुक्त सुरक्षा टोली खटिएको बिओपी नेचुङले जनाएको छ ।

हिउँदयामको मौसममा नेपाल–चीनतर्फ पर्ने सबै सीमास्तम्भको नियमित संयुक्त सुरक्षा गस्ती गरिने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । हिउँदयामको मौसममा कोरला नाका तथा अन्य सीमास्तम्भमा कोही नभएको मौका छोपी लुकीछिपी अवैध क्रियाकलाप हुनसक्ने अवस्था रहेकाले निगरानीका लागि सीमा गस्ती गर्नुपरेको जनाइएको छ ।

कोरलास्थित मुस्ताङ र चीनतर्फ सीमा जोडिएका सीमास्तम्भमा पुगेर नेपाल–चीनका संयुक्त सुरक्षा अधिकारीले नियमित गस्ती गरेका छन् । यहाँ चीनसँग सीमाना जोडिएका डोल्पातर्फ १८ देखि २३ र मनाङतर्फ २५ देखि ३३ नं सीमा स्तम्भ पर्दछन् । नेपाल–चीन २४ नं सीमा क्षेत्र ट्रान्जिट प्वाइन्ट एवं दशगजा क्षेत्र हो ।

यसअघि गत आइतबार अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीले सेताम्मे हिउँमा २५ देखि २८ नं सम्मको सीमास्तम्भमा पुगेर संयुक्त सुरक्षा गस्ती गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: