मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा कार्यरत (नेपाल–चीन) संयुक्त सुरक्षा अधिकारीले कोरला सीमा क्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन् ।
यहाँ स्थित (नेपाल–चीन) कोरला सीमा क्षेत्रअन्तर्गत डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ नं सीमा स्तम्भ क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
उनका अनुसार हिउँदयामका समयमा सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण, अवैध चोरी निकासी, अवैध चोरीसिकारी, सीमा क्षेत्रको शान्तिसुरक्षा र सीमाक्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले (नेपाल–चीन) संयुक्त निगरानी गस्ती गरिएको र यो हिउँदयामभरी नियमित रहने जनाइएको छ ।
कोरलास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र कोरलास्थित चिनियाँ सुरक्षा अधिकारीको संयुक्त टोलीले यहाँको नेपाल–चीन चार वटा सीमास्तम्भको संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) नेचुङका इञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक अरुण भण्डारीले उल्लेख गरे ।
कोरला सीमा क्षेत्रको शान्तिसुरक्षा र निगरानी बढाउन बिओपी इञ्चार्ज भण्डारीको कमाण्डमा १० जना र चीनतर्फ क्याप्टेन गेसाङ डुन्ड्रबको कमाण्डमा पाँच गरी १५ जनाको संयुक्त सुरक्षा टोली खटिएको बिओपी नेचुङले जनाएको छ ।
हिउँदयामको मौसममा नेपाल–चीनतर्फ पर्ने सबै सीमास्तम्भको नियमित संयुक्त सुरक्षा गस्ती गरिने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । हिउँदयामको मौसममा कोरला नाका तथा अन्य सीमास्तम्भमा कोही नभएको मौका छोपी लुकीछिपी अवैध क्रियाकलाप हुनसक्ने अवस्था रहेकाले निगरानीका लागि सीमा गस्ती गर्नुपरेको जनाइएको छ ।
कोरलास्थित मुस्ताङ र चीनतर्फ सीमा जोडिएका सीमास्तम्भमा पुगेर नेपाल–चीनका संयुक्त सुरक्षा अधिकारीले नियमित गस्ती गरेका छन् । यहाँ चीनसँग सीमाना जोडिएका डोल्पातर्फ १८ देखि २३ र मनाङतर्फ २५ देखि ३३ नं सीमा स्तम्भ पर्दछन् । नेपाल–चीन २४ नं सीमा क्षेत्र ट्रान्जिट प्वाइन्ट एवं दशगजा क्षेत्र हो ।
यसअघि गत आइतबार अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीले सेताम्मे हिउँमा २५ देखि २८ नं सम्मको सीमास्तम्भमा पुगेर संयुक्त सुरक्षा गस्ती गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: