मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभएको अवस्थामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना९एक्याप०ले उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ७५ वटा र तल्लो मुस्ताङको थासाङ, घरपझोङ र बाराजुङ मुक्तिक्षेत्र गाउँपालिकामा २० वटा क्यामेरा जडान गरी सङ्ख्या र अवस्थाका बारेमा सर्वेक्षण सुरू गरिएको हो ।
हिमालको रानीको नामले चिनिने हिउँ चितुवा मुख्य बासस्थान अर्थात ‘कोर एरिया’ आसपासका क्षेत्र तथा कठ्याङ्ग्रिँदो चिसोसँगै बासस्थानबाट तल बस्ती आसपाससम्म झर्ने सम्भावनालाई मध्यनजर गरी क्यामेरा जडान सुरू गरिएको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए।
एक्याप प्रमुख पौडेल भन्नुहुन्छ, ‘‘विगतमा हिउँ चितुवा भेटिएका स्थानहरूसँगै विछ्याइएका ग्रीडहरू क्यामेरा राखिएको छ । तल्लो मुस्ताङको तुलनामा उपल्लो मुस्ताङमा हिउँ चितुवाको सङ्ख्या धेरै भएकाले करिब पाँच महिना राखिने क्यामेराबाट हिउँ चितुवाको अवस्थाको अध्ययन गर्न सजिलो हुने एक्यापले जनाएको छ । एक्याप इलाका कार्यालय जोमसोमले यसअगाडी बारागुङ मुक्तिक्षेत्र गाउँपालिको उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको ट्राभल हिस्ट्र«ीको आधारमा १५ वटा क्यामेरा जडान गरेको थियो ।
हिउँ चितुवा बासस्थान क्षेत्रमा आहाराको अभावमा भौतारिँदै बस्ती क्षेत्रमा रहेका पशुचौपायालाई क्षति पुर्याउँदा वर्षेनी पशुधनीलाई एक्यापमार्फत क्षर्तीपूर्ती दिने गरिन्छ । जाडोयाममा जडान गरिएको क्यामेराबाट गर्मी र जाडो मौसममा हिउँ चितुवाको अवस्थाको बुझ्न सजिलो हुने हिउँ चितुवाका जानकारहरू बताउँछन् । हिउँ चितुवालाई लक्षित गरी राखिएका क्यामेरामा आहारा तथा सिकारी प्रजातिका अन्य बन्जुजन्तुको समेत अध्ययन गर्न सकिन्छ ।
अत्याधिक हिउँका कारण आहाराको खोजीमा बस्ती, गोठमा आउने दिशा, स्थान, बासस्थान र गतिबिधि अवलोकन गर्न क्यामेराले सघाउने एक्याप जोमसोमका प्रमुख राजेश गुप्तले बताए । हिउँ चितुवाले नाउर,फ्याउ मुसा, हिमाली खरायो, पंक्षीमा डाँफेको सिकार गर्छ । पछिल्लो एक वर्षमा सर्वसाधारणले समेत बस्ती आसपासका क्षेत्रमा र क्यामेरामा देखिएको हिउ चितुवापोथीबाट अलग भएर भालेको आक्रमणबाट जोगिन बयस्क धेरै भएकाले उपल्लो मुस्ताङमा सङ्ख्या आसलाग्दो हुनसक्ने अनुमान छ । भाले चितुवाको बच्चा पनि आक्रमक नै हुन्छ ।
पोथी हिमचितुवा धेरै हिँडडुल नगर्ने, भाले भने लामो दूरीसम्म पुग्न सक्ने भएकाले पनि हिउँ चितुवा र पशुबिचको द्वन्द्व बढ्दै जान थालेको छ आहारा प्रजातिको संरक्षणसँगै हिउँ चितुवा–मानव द्वन्द्व न्यूनीकरणमा क्यामेराले सघाउँछ । लजालु स्वाभाव हिउँचितुवाको समुद्री सतहको ३५ सय मिटरदेखि ५५ सय मिटरको अग्लो उचाईमा मुख्य बासस्थान मानिन्छ । जाडोयाममा हिउँ चितुवा समुद्री सतहको दुई हजार मिटरसम्म झर्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...
पौष ६ गते, २०८२ - १५:०१
पश्चिम नवलपरासी। ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गरेको छन...
पौष ६ गते, २०८२ - १४:५२
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेको छन्। सिंहदरबारस्थित सभामुखको का...
पौष ६ गते, २०८२ - १४:३५
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोज...
पौष ६ गते, २०८२ - १३:५१
इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछ...
पौष ६ गते, २०८२ - १३:३७
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास...
पौष ६ गते, २०८२ - १३:२२
काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा उनले राजीनामापत्र बुझा...
पौष ६ गते, २०८२ - १३:००
महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चि...




प्रतिकृया लेख्नुहोस्: