ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि कार्यालयको महत्त्वपूर्ण प्रशासनिक जिम्मेवारी र सूचना अधिकारीको कार्यभार सम्हालिरहेका छन्, अहिलेसम्म नियुक्ति पत्र प्राप्त गर्न सकेका छैनन्।
पोखरेल अघिल्लो आर्थिक वर्षमा कोल्ड चेन असिस्टेन्ट पदमा करारमा कार्यरत थिए। तर सो पदमा स्थायी कर्मचारीको नियुक्ति भइसकेको अवस्थामा पनि उनी कार्यालयमा निरन्तर उपस्थित छन्।
नियुक्ति प्रमाण नदेखाउने, अस्पष्ट दावी
स्थलगत रिपोर्टिङको क्रममा पोखरेलले आफ्नो नियुक्ति पत्र वा करार नवीकरण भएको कुनै आधिकारिक प्रमाण देखाउन सकेनन्। उनले कार्यालय प्रमुखसँग रहेको दाबी गरे, तर कार्यालय प्रमुख विराटनगरमा रहेकाले देखाउन नसकेको बताएका छन्।
कार्यालयमा टाँगिएको नोटिस बोर्डमा उनी कम्प्युटर अपरेटर उल्लेखित छन्, जबकि उनी आफैँलाई सूचना अधिकारी र प्रशासनिक काम हेर्ने कर्मचारी भएको दाबी गर्छन्।
नयाँ विज्ञापन र प्रक्रियामा खालि ठाउँको दावी
कोल्ड चेन असिस्टेन्ट पदमा स्थायी नियुक्ति भइसकेपछि, उनलाई कुनै नयाँ पदमा राख्न सरकारी नियम अनुसार पुनः नयाँ विज्ञापन आवश्यक थियो। तर कार्यालयमा यस्तो प्रक्रिया नहुँदा कानुनी अस्पष्टता उत्पन्न भएको छ। कर्मचारीहरूले संकेत गरेका छन् कि पोखरेलको नियुक्ति “ब्याक डेट” मा तयारी गरिएको हुन सक्छ।
स्थायी कर्मचारी पाखा, अवैधलाई जिम्मेवारी
सामान्यतया सूचना अधिकारीको जिम्मेवारी स्थायी कर्मचारीलाई दिइन्छ। तर स्वास्थ्य कार्यालय रुम्जाटारमा अन्य स्थायी कर्मचारीहरूलाई पाखा लगाएर करार म्याद सकिएका पोखरेललाई सूचना अधिकारीको जिम्मेवारी दिइएको पाइएको छ।
एक कर्मचारीले भने, “हामी यत्रो स्थायी कर्मचारी हुँदा पनि अवैध कर्मचारीलाई सूचना अधिकारीको जिम्मेवारी दिइनु सरासर गलत हो। कार्यालयमा हामीमाथि सधैँ हेपाहा प्रवृत्ति भइरहेको छ।”
के छ प्रदेश स्वास्थ्य मन्त्रालयको प्रतिक्रिया ?
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले कार्यालयमा करार कर्मचारीको नियुक्ति नभएको विषय आफूलाई जानकारी नभएको बताए। उनले भने, “जानकारी लिएर मात्रै यसबारे प्रतिक्रिया दिन सकिन्छ।”
यो घटनाले स्वास्थ्य कार्यालय रुम्जाटारमा करार नियुक्ति, प्रशासनिक जिम्मेवारी र बजेट स्रोतको अस्पष्टता उजागर गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: