Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि कार्यालयको महत्त्वपूर्ण प्रशासनिक जिम्मेवारी र सूचना अधिकारीको कार्यभार सम्हालिरहेका छन्, अहिलेसम्म नियुक्ति पत्र प्राप्त गर्न सकेका छैनन्।

पोखरेल अघिल्लो आर्थिक वर्षमा कोल्ड चेन असिस्टेन्ट पदमा करारमा कार्यरत थिए। तर सो पदमा स्थायी कर्मचारीको नियुक्ति भइसकेको अवस्थामा पनि उनी कार्यालयमा निरन्तर उपस्थित छन्।

नियुक्ति प्रमाण नदेखाउने, अस्पष्ट दावी

स्थलगत रिपोर्टिङको क्रममा पोखरेलले आफ्नो नियुक्ति पत्र वा करार नवीकरण भएको कुनै आधिकारिक प्रमाण देखाउन सकेनन्। उनले कार्यालय प्रमुखसँग रहेको दाबी गरे, तर कार्यालय प्रमुख विराटनगरमा रहेकाले देखाउन नसकेको बताएका छन्।

कार्यालयमा टाँगिएको नोटिस बोर्डमा उनी कम्प्युटर अपरेटर उल्लेखित छन्, जबकि उनी आफैँलाई सूचना अधिकारी र प्रशासनिक काम हेर्ने कर्मचारी भएको दाबी गर्छन्।

नयाँ विज्ञापन र प्रक्रियामा खालि ठाउँको दावी

कोल्ड चेन असिस्टेन्ट पदमा स्थायी नियुक्ति भइसकेपछि, उनलाई कुनै नयाँ पदमा राख्न सरकारी नियम अनुसार पुनः नयाँ विज्ञापन आवश्यक थियो। तर कार्यालयमा यस्तो प्रक्रिया नहुँदा कानुनी अस्पष्टता उत्पन्न भएको छ। कर्मचारीहरूले संकेत गरेका छन् कि पोखरेलको नियुक्ति “ब्याक डेट” मा तयारी गरिएको हुन सक्छ।

स्थायी कर्मचारी पाखा, अवैधलाई जिम्मेवारी

सामान्यतया सूचना अधिकारीको जिम्मेवारी स्थायी कर्मचारीलाई दिइन्छ। तर स्वास्थ्य कार्यालय रुम्जाटारमा अन्य स्थायी कर्मचारीहरूलाई पाखा लगाएर करार म्याद सकिएका पोखरेललाई सूचना अधिकारीको जिम्मेवारी दिइएको पाइएको छ।

एक कर्मचारीले भने, “हामी यत्रो स्थायी कर्मचारी हुँदा पनि अवैध कर्मचारीलाई सूचना अधिकारीको जिम्मेवारी दिइनु सरासर गलत हो। कार्यालयमा हामीमाथि सधैँ हेपाहा प्रवृत्ति भइरहेको छ।”

के छ प्रदेश स्वास्थ्य मन्त्रालयको प्रतिक्रिया ?

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले कार्यालयमा करार कर्मचारीको नियुक्ति नभएको विषय आफूलाई जानकारी नभएको बताए। उनले भने, “जानकारी लिएर मात्रै यसबारे प्रतिक्रिया दिन सकिन्छ।”

यो घटनाले स्वास्थ्य कार्यालय रुम्जाटारमा करार नियुक्ति, प्रशासनिक जिम्मेवारी र बजेट स्रोतको अस्पष्टता उजागर गरेको छ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी नै 'अवैध' कर्मचारी: नियुक्ति बिनै जिम्मेवारी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending