काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान गरेको छ।
हाल गुह्वेश्वरी क्षेत्रमा ट्रास बेरियर जडान कार्य सम्पन्न भइसकेको छ। समितिका अनुसार बागमती नदीको गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल क्षेत्र, बागमती–मनोहरा दोभान, यूएन पार्क तथा मनोहरा नदीको कर्मनाशा दोभान गरी कुल ६ स्थानमा एक–एक वटा ट्रास बेरियर जडान गरिनेछ। यसका लागि ६५ लाख रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ र काम तीव्र रूपमा अगाडि बढिरहेको छ।
ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्दै एक निश्चित स्थानमा जम्मा गर्ने काम गर्नेछ।
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलाजस्ता नदीहरूमा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइन्छ। यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहाव अवरुद्ध नगरी फोहोर मात्र संकलन गर्न सकिने भएकाले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुन:प्रयोग तथा सुरक्षित व्यवस्थापन गर्न सकिने समितिले जनाएको छ। यसले नदी प्रदूषण न्यूनीकरणसँगै नदीको सौन्दर्य अभिवृद्धि, जलजीव संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
नदीको सतहमा तैरिने फोहोरलाई रोक्ने गरी रबर कन्भेयर बेल्ट तथा तैरिने संरचनासहितको ट्रास बेरियर जडान गरिनेछ, जसले पानीको सतह घटबढसँगै स्वत: तलमाथि हुने गरी काम गर्नेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: