Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

खबरडबली संवाददाता

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेको छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको थियो।

सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लाग्नु भएका राजदूत सोङलाई धन्यवाद दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक विकासमा सहकार्य विस्तार तथा दुवै देशका संसद्हरू बीच सम्बन्ध मजबुत बनाउन उनले पुर्‍याउनु भएको योगदानको उच्च प्रशंसा गरे। 

भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताए। 

उनले नेपाल र चीन असल छिमेकी, घनिष्ट मित्र र भरपर्दो साझेदार रहँदै आएका बताउँदै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारे। सभामुख घिमिरेले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुन: दोहोर्‍याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू(जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुखले प्रशंसा गरे। साथै नेपाल–चीन संसद्बीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरे।

सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको विकास सहायताप्रति नेपाल आभारी रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ ९बिआरआइ० सम्झौताअन्तर्गतका तथा अन्य विकास सहायता परियोजना यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

राजदूत सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताए। उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे।

राजदूत सोङले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताउनु भयो। उहाँले केही दिनअघि नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेका जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...

कीर्तिपुर हत्या प्रकरण: तीन जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...

सरकारको सूचनापछि एमालेले थाल्यो नयाँ कार्यालय खोजी

काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...

संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रतिपक्षी नेता आङ्देम्बे सिंहदरबार पुगे

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...

उत्तरी हिल्सा नाकाबाट सुरुभयो सामानको आयात

हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...

काठमाडौंका नदी किनारका बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...

पृथ्वीराजमार्गको मुग्लिङ–आँबुखैरेनी सडक अबरुद्ध

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...

प्रदेश सरकारले तोक्यो सचिवहरुको जिम्मेवारी

दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ।  मुख्यमन्त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending