Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

खबरडबली संवाददाता

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउँदै यस क्षेत्रमा उल्लेख्य सुधार गर्दै गएको छ । 

उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकललगायत कार्यक्रम सञ्चालन गर्दै नागरिकका घरदैलोमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने अभियानको सुरुआत गरेको हो ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा गोपाल हमाल निर्वाचित भएपछि विसं २०७९ साउनदेखि उनले वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेका हुन्। ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरेसँगै आर्थिक अवस्था कमजोर भएका नागरिक लाभान्वित भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट १५ हजार २३ जनाले सेवा लिएका उक्त कार्यक्रमका स्रोतव्यक्ति कृष्ण बोहराले जानकारी दिए । उनका अनुसार सो अवधिमा ११ हजार १९४ महिला र तीन हजार ८२९ जना पुरुषले सेवा लिएका छन् ।

उनका अनुसार सो कार्यक्रमका लागि एकजना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिँदै आइएको छ ।

स्रोतव्यक्ति बोहराले सो अवधिमा नौ हजार ३१० जनाले जलरल फिजिसियनबाट, एक हजार ५८० महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र चार हजार १३३ जनाले आँखा रोगसम्बन्धी सेवा लिएका छन् ।

क्लिनिकमा नौ हजार ७७१ जनाले प्रयोगशाला सेवा, एक हजार ७७३ जनाले इसिजी सेवा, एक हजार ९०१ गर्भवतीले सेवा लिएकामा सात सय २२ जनाले अल्ट्रासाउण्ड सेवा लिएका भन्दै ७० वर्षभन्दामाथि तीन हजार ७३५ जनाले सेवा लिएका उनले जानकारी दिए । 

विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम प्रत्येक महिना १९ वटै वडामा सञ्चालन हुँदै आएको स्रोतव्यक्ति बोहराको भनाइ छ । गत आर्थिक वर्षमा उक्त कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० जना पुरुषले सेवा लिएका धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरले ‘आमा बचाउ’ अभियानसमेत सञ्चालनमा ल्याएको छ । गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले उपमहानगरले ‘आमा बचाउ’ अभियान सञ्चालनमा ल्याएको हो ।

आव वर्ष २०७९/८० को मङ्सिर महिनादेखि उपमहानगरले सञ्चालनमा ल्याएको सो अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुँदै आएका छन् । सो अभियानबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा दुई सय ३३ जना महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएका उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए । 

उनले आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पुर्‍याउन उपमहानगरले चार वटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE