Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

कानुनलाई सरल बनाउन अध्ययन सुरु : मन्त्री सिन्हा

खबरडबली संवाददाता

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुन निर्माणको ढाँचा, भाषा र शब्दमा एकरुपता कायम गर्न अध्ययन सुरु भएको बताएका छन् ।

राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्योजित समितिको आइतबार बसेको संयुक्त बैठकमा उनले पदबहाली गर्दा आफूले कानुनी भाषालाई सबैले बुझ्नसक्ने सरल र एकरुपता कायम गर्ने निर्णय गरेको स्मरण गराए ।

कानुन कार्यान्वयनलाई सहज तुल्याउन सकिएमा सुशासन र कानुनी राज्यको प्रत्याभूति दिलाउन सकिने धारणा व्यक्त गर्दै मन्त्री सिन्हाले मसिनोसँग शब्द र भाषा केलाएर हेर्नुपर्ने भएकाले कानुन तर्जुमा गर्न समय लाग्ने गरेको बताए।

मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले अघिल्लो सरकारले प्रस्ताव गरेका १२१ वटा कानुन निर्माणको मस्यौदालाई अगाडि बढाउने काम भइरहको जानकारी दिए ।

उनले विधायन ऐन, २०८१ चैतको पहिलो साता जारी भएकाले सोही मितिदेखि एकवर्षभित्र तोकिएका प्रत्योजित विधायन प्रकाशित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले त्यसमा सबै सरोकार भएका पक्षको सहयोगको अपेक्षा गरे।

मन्त्रालयका सचिव ढुङ्गानाका अनुसार विधायन ऐन, २०८१ चैत ३ गते प्रमाणीकरण भई जारी भएपश्चात् विधायन ऐनले गरेका व्यवस्थाको कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयबाट गर्नुपर्ने कार्यका सन्दर्भमा परिपत्र गरिएको छ ।

विधेयकको मस्यौदा तर्जुमा गर्दा अनिवार्य रूपमा विषयविज्ञ, प्रत्यक्ष रूपमा प्रभावित हुने सरोकार भएका तथा साझा अधिकारका विषयमा विषयगत समितिमा छलफल गर्नुपर्ने व्यवस्थाबमोजिम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त विधेयकमा सरोकार भएकाको प्रतिक्रिया लिनुका साथै विषयगत समितिमा छलफल गरी प्राप्त सुझावलाई परिमार्जनका क्रममा समावेश गरिएको छ ।

सरोकार भएकाहरू तथा विषयगत समितिमा छलफल नगरी मन्त्रालयबाट तर्जुमा सहमति माग भई आएका विधेयकउपर सरोकार भएकाहरू तथा विषयगत समितिमा छलफल गरी पठाउन फाइल फिर्ता पठाउने गरिएको सचिवले जानकारी दिए ।

विधेयकको मस्यौदा तथा ऐनको दफा (६) को उपदफा (२) मा उल्लिखित विवरणसहित सर्वसाधारणको रायका लागि आफ्नो वेबसाइटमा सात दिनदेखि ३० दिनसम्म सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाबमोजिम विधेयक वेभसाइटमा प्रकाशन गरिएको छ ।

विधायन ऐन जारी भएपश्चात् जारी भएका ऐन र अध्यादेशको अभिलेख मन्त्रालयमा राखी राष्ट्रिय अभिलेखालयमा पठाउने कामको प्रारम्भ गरिएको बताउँदै उहाँले हालसम्म पाँच वटा ऐन/अध्यादेशको अभिलेख राष्ट्रिय अभिलेखालयमा पठाइएको उल्लेख गरे ।

विधायन ऐन जारी हुनुपूर्व ऐनको अधिकार प्रयोगगरी जारी भएका प्रत्यायोजित विधायनको हकमा ऐन जारी भएको एकवर्षभित्र दर्ता गर्नुपर्ने बाध्यात्मक व्यवस्थाअनुसार दर्ताका लागि कागजात पूरा गरी प्राप्त हुन आएका प्रत्यायोजित विधायनहरू मन्त्रालयमा दर्ता गर्न सुरु गरिएको, हालसम्म आठ वटा नियमावली, छ वटा निर्देशिका, ३४ वटा कार्यविधि र पाँच वटा विनियमावली दर्ता गरिएका सचिव ढुङ्गानाले जानकारी दिए ।

प्रत्यायोजित विधायन स्वीकृत गर्ने निकायबाट प्रमाणीकरण भई प्राप्त भएको मितिले सात दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायले कानुन मन्त्रालयमा दर्ता गर्न पठाउनुपर्ने व्यवस्थाअनुरुप कार्यान्वयनका लागि परिपत्र गरी कार्यान्वयनमा लगिएको छ ।

विधेयकको मस्यौदामा प्रत्यायोजित विधायन जारी गर्ने व्यवस्था गरिएको भएमा मन्त्रालयमा तर्जुमा सहमतिका लागि विधेयक प्राप्त हुदाँका बखत नै प्रत्यायोजित विधायनको मस्यौदासमेत समावेश गरी पठाउने व्यवस्थालाई कार्यान्वयन गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE