Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

खबरडबली संवाददाता

ताप्लेजुङ । केहीदिन यतादेखि चिसो बढेसँगै हिमाली क्षेत्रका बस्तीहरू सुनसान देखिएका छन् ।  जाडोका कारण स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिमाली बस्तीहरू खाली भएका हुन् ।

मिक्वाखोला गाउँपालिका–५, तोक्पेगोला र लोदेनको माथिल्लो भेगमा बसोबास गर्ने सर्वसाधारण अहिले तल (औलतिर) का बस्तीमा झेरका छन् ।

जाडो बढेसँगै पशुचौपायासहित यहाँका स्थानीयहरू औलतर्फ झर्ने गरेका तोक्पेगोलाका मिलनदोर्जी शेर्पाले बताए । उनले भने, “हिउँदको समयमा जाडो छल्नकै लागि अन्यत्र जाने गरिन्छ, पशुपालक र व्यवसायमा लागेका मानिस तल्लो क्षेत्रमा रहेका घर, खर्कमा गएर बस्छन् । कतिपय अन्यत्र घुमघाम र भेटघाटमा जान्छन् ।”

शेर्पाका अनुसार तोक्पेगोलामा सामान्य अवस्थामा सात परिवार बसोबास गर्छन्, तर अहिले सबै घर रित्तो छन् । घुन्सा, फलेलगायत माथिल्लो भेगमा बसोबास गर्ने र पशुपालन गर्ने मानिसहरू औलतर्फ झरेका बताउँदै उनले सो क्षेत्रमा करिब ४०–४५ परिवार बसोबास गर्ने जानकारी दिए । सो क्षेत्रका पनि आधाजसो परिवार मङ्सिर अन्तिमदेखि नै घरमा ताल्चा लाएर अन्यत्र गएका छन् ।

स्थानीय छेतेन डण्डू शेर्पाका अनुसार पर्यटन व्यवसायमा संलग्न नभएका अधिकांश मानिस जाडो छल्न अन्यत्र गएका छन् । वर्षाका समयमा खेतीपातीमा व्यस्त हुने मानिसहरू पुस र माघमा बढी जाडो हुने भएकाले काठमाडाैँ, सिक्किम, दार्जेलिङलगायत ठाउँमा जान्छन् वा अन्य घरमा बस्छन् ।

घुन्सामा आधाजसो पर्यटन व्यवसायमा संलग्न भने घरैमा बसेका उनले बताए । छेतेनले भने, “धेरैजसोका छोराछोरी पढ्न सहरतिर गएकाले यो समयलाई छोराछोरी र आफन्त भेट्ने अवसरका रूपमा लिने गरिन्छ ।”

जिल्लाका हिमाली भेगमा बसोबास गर्ने मानिस बर्सेनि जाडो छल्न अन्यत्र जाने गर्छन् । पहिले पूरै गाउँ रित्तो हुने गरे पनि आजभोलि भने बिजुली, सञ्चारलगायत सुविधाले गर्दा आधाजसोले मात्र गाउँ छाड्ने गरेका स्थानीय बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE