काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेको भेटवार्ता कुनै सामान्य राजनीतिक संवाद होइन, जेन–जी आन्दोलनविरुद्धको योजनाबद्ध सत्ता–साँठगाँठ हो । याे संसद् पुनर्स्थापनाको आवरणमा भइरहेको यो संवाद लोकतन्त्रको संरक्षण होइन, लोकतान्त्रिक आवाजमाथिको हमला हो ।
जेन–जी आन्दोलनले पुरानो नेतृत्व, असफल शासन र दलतन्त्रको चरित्रमाथि सीधा प्रश्न उठाएको छ । यही आन्दोलनबाट डराएका सत्ता–केन्द्रका पुराना अनुहारहरू अहिले एक–अर्कासँग हात मिलाइरहेका छन् । दशकौँदेखि सत्ता घुमाइरहेका देउवा र ओलीलाई जनताको आक्रोशभन्दा ठूलो खतरा अरू केही छैन । त्यसैले उनीहरू आन्दोलनको राजनीतिक धार कुन्द बनाउन बन्द कोठामा सौदाबाजी गरिरहेका छन् ।
साेमबार पनि महाराजगन्जस्थित देउवानिवासमा भएको भेट औपचारिक भनिए पनि यसको एजेन्डा, निष्कर्ष र प्रतिबद्धता गोप्य राखिएको छ । लोकतन्त्रमा गोप्यता होइन, पारदर्शिता मूल्यमान्यता हो । तर यहाँ देखिएको अभ्यास सत्ता–केन्द्रित षड्यन्त्रको संकेत हो । जनताको भविष्यबारे निर्णय जनतालाई नै जानकारी नदिई गर्नु लोकतान्त्रिक अपराध हो ।
ओली संसद् पुनर्स्थापनाको पक्षमा छन् । देउवाले भने निर्वाचनमा जाने औपचारिक निर्णय गरिसकेका छन् । तर यही दोहोरो भाषणकै बीच कांग्रेसका नेताहरू सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको पक्षमा रिट दायर गरिरहेका छन् । यो राजनीतिक भ्रम होइन, सुनियोजित दोहोरो खेल हो । बाहिर जनतालाई भ्रमित गर्ने र भित्र सत्ता समीकरण मिलाउने रणनीति स्पष्ट देखिन्छ । कांग्रेस पनि एमालेकै बाटाेमा छ ।
यदि संसद् पुनर्स्थापना साँच्चिकै संविधान र लोकतन्त्र जोगाउने उद्देश्यले हो भने प्रश्न उठ्छ । किन यो निर्णय सडक, संसद् वा खुला बहसबाट हुँदैन ? किन देउवा–ओली बारम्बार एक-अर्काको निवासमा लुकेर भेट्छन् ? यसको जवाफ स्पष्ट छ-किनकि मुद्दा लोकतन्त्र होइन, सत्ता बाँडफाँड हो ।
जेन–जी आन्दोलनले चुनौती दिएको मूल कुरा संसद् विघटन मात्रै होइन, पुरानो राजनीतिक वर्गको असफलता हो । ओली र देउवा दुवै यही असफलताको मुख्य पात्र हुन् । उनीहरूकै शासनकालमा बेरोजगारी बढ्यो, संस्थाहरू कमजोर बने, र राजनीतिक नैतिकता ध्वस्त भयो । आज ती नै पात्रहरू आफूलाई ‘उद्धारक’का रूपमा प्रस्तुत गर्नु राजनीतिक ढोंगको चरम रूप हो ।
भेटमा एमाले महासचिव शंकर पोखरेल र देउवापत्नी आरजु देउवा सहभागी हुनु यो संवाद राजनीतिकभन्दा पनि शक्तिकेन्द्रित गुटीय सौदाबाजी भएको संकेत हो । जनताको प्रतिनिधित्व गर्ने निर्णय प्रक्रिया सीमित व्यक्तिहरूमा सीमित हुनु लोकतन्त्र होइन, राजनीतिक सिन्डिकेट हो ।
सबैभन्दा गम्भीर कुरा के भने, यो भेट जेन–जी आन्दोलनको वैधतालाई कमजोर बनाउने प्रयास हो । आन्दोलनलाई अराजक, अतिवादी वा व्यवस्थाविरोधी देखाएर पुरानो सत्ता संरचना जोगाउने रणनीति बनिरहेको छ । तर यो आन्दोलन कुनै षड्यन्त्र होइन, निराश युवाहरूको अन्तिम चिच्याहट हो ।
देउवा–ओलीको यो मौन सहकार्य इतिहासमा लोकतन्त्र बचाउने प्रयासका रूपमा होइन, लोकतान्त्रिक परिवर्तन रोक्ने षड्यन्त्रका रूपमा लेखिने खतरा छ । जनताको आन्दोलनलाई दबाएर, बन्द कोठामा सहमति गरेर बनाइने कुनै पनि समाधान टिकाउ हुँदैन ।
अब प्रश्न नेताहरूलाई होइन, जनतालाई छ-के लोकतन्त्र बन्द कोठामा जोगिन्छ कि सडकको आवाजले ? यदि उत्तर दोस्रो हो भने देउवा–ओलीको यो राजनीति केवल गलत होइन, खतरनाक पनि छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: