Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

खबरडबली संवाददाता

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेको भेटवार्ता कुनै सामान्य राजनीतिक संवाद होइन, जेन–जी आन्दोलनविरुद्धको योजनाबद्ध सत्ता–साँठगाँठ हो । याे संसद् पुनर्स्थापनाको आवरणमा भइरहेको यो संवाद लोकतन्त्रको संरक्षण होइन, लोकतान्त्रिक आवाजमाथिको हमला हो । 

जेन–जी आन्दोलनले पुरानो नेतृत्व, असफल शासन र दलतन्त्रको चरित्रमाथि सीधा प्रश्न उठाएको छ । यही आन्दोलनबाट डराएका सत्ता–केन्द्रका पुराना अनुहारहरू अहिले एक–अर्कासँग हात मिलाइरहेका छन् । दशकौँदेखि सत्ता घुमाइरहेका देउवा र ओलीलाई जनताको आक्रोशभन्दा ठूलो खतरा अरू केही छैन । त्यसैले उनीहरू आन्दोलनको राजनीतिक धार कुन्द बनाउन बन्द कोठामा सौदाबाजी गरिरहेका छन् ।

साेमबार पनि महाराजगन्जस्थित देउवानिवासमा भएको भेट औपचारिक भनिए पनि यसको एजेन्डा, निष्कर्ष र प्रतिबद्धता गोप्य राखिएको छ । लोकतन्त्रमा गोप्यता होइन, पारदर्शिता मूल्यमान्यता हो । तर यहाँ देखिएको अभ्यास सत्ता–केन्द्रित षड्यन्त्रको संकेत हो । जनताको भविष्यबारे निर्णय जनतालाई नै जानकारी नदिई गर्नु लोकतान्त्रिक अपराध हो ।

ओली संसद् पुनर्स्थापनाको पक्षमा छन् । देउवाले भने निर्वाचनमा जाने औपचारिक निर्णय गरिसकेका छन् । तर यही दोहोरो भाषणकै बीच कांग्रेसका नेताहरू सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनाको पक्षमा रिट दायर गरिरहेका छन् । यो राजनीतिक भ्रम होइन, सुनियोजित दोहोरो खेल हो । बाहिर जनतालाई भ्रमित गर्ने र भित्र सत्ता समीकरण मिलाउने रणनीति स्पष्ट देखिन्छ । कांग्रेस पनि एमालेकै बाटाेमा छ ।

यदि संसद् पुनर्स्थापना साँच्चिकै संविधान र लोकतन्त्र जोगाउने उद्देश्यले हो भने प्रश्न उठ्छ । किन यो निर्णय सडक, संसद् वा खुला बहसबाट हुँदैन ? किन देउवा–ओली बारम्बार एक-अर्काको निवासमा लुकेर भेट्छन् ? यसको जवाफ स्पष्ट छ-किनकि मुद्दा लोकतन्त्र होइन, सत्ता बाँडफाँड हो ।

जेन–जी आन्दोलनले चुनौती दिएको मूल कुरा संसद् विघटन मात्रै होइन, पुरानो राजनीतिक वर्गको असफलता हो । ओली र देउवा दुवै यही असफलताको मुख्य पात्र हुन् । उनीहरूकै शासनकालमा बेरोजगारी बढ्यो, संस्थाहरू कमजोर बने, र राजनीतिक नैतिकता ध्वस्त भयो । आज ती नै पात्रहरू आफूलाई ‘उद्धारक’का रूपमा प्रस्तुत गर्नु राजनीतिक ढोंगको चरम रूप हो ।

भेटमा एमाले महासचिव शंकर पोखरेल र देउवापत्नी आरजु देउवा सहभागी हुनु यो संवाद राजनीतिकभन्दा पनि शक्तिकेन्द्रित गुटीय सौदाबाजी भएको संकेत हो । जनताको प्रतिनिधित्व गर्ने निर्णय प्रक्रिया सीमित व्यक्तिहरूमा सीमित हुनु लोकतन्त्र होइन, राजनीतिक सिन्डिकेट हो ।

सबैभन्दा गम्भीर कुरा के भने, यो भेट जेन–जी आन्दोलनको वैधतालाई कमजोर बनाउने प्रयास हो । आन्दोलनलाई अराजक, अतिवादी वा व्यवस्थाविरोधी देखाएर पुरानो सत्ता संरचना जोगाउने रणनीति बनिरहेको छ । तर यो आन्दोलन कुनै षड्यन्त्र होइन, निराश युवाहरूको अन्तिम चिच्याहट हो ।

देउवा–ओलीको यो मौन सहकार्य इतिहासमा लोकतन्त्र बचाउने प्रयासका रूपमा होइन, लोकतान्त्रिक परिवर्तन रोक्ने षड्यन्त्रका रूपमा लेखिने खतरा छ । जनताको आन्दोलनलाई दबाएर, बन्द कोठामा सहमति गरेर बनाइने कुनै पनि समाधान टिकाउ हुँदैन ।

अब प्रश्न नेताहरूलाई होइन, जनतालाई छ-के लोकतन्त्र बन्द कोठामा जोगिन्छ कि सडकको आवाजले ? यदि उत्तर दोस्रो हो भने देउवा–ओलीको यो राजनीति केवल गलत होइन, खतरनाक पनि छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending