Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

रवि–बालेन अब ‘एउटै गाडी’मा

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहले बढ्दो धु्रवीकरणबिच वैकल्पिक शक्तिहरूलाई एक ठाउँ ल्याउने पहल तीव्र बनाएका छन् । सोमबार राति अबेरसम्म ६ घण्टा भएको छलफलपछि उनीहरूबिच सहकार्य गर्ने सहमति भएको छ । 

सोमबार बिहान भेटवार्ता गरेका लामिछाने र शाहबिच साँझ पनि रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा छलफल भएको थियो । संवादले दुई नेतालाई मिलनको विन्दुमा पुर्‍याएको शाहले बताएका छन् । रवि–बालेनलाई एउटै गाडीमा बिदा गरेपछि राति १: ४२ बजे उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’

दुई नेताबिच मिलेर जाने सहमति भएको उनले नयाँ पत्रिकालाई बताए । ‘लामो कुराकानी भयो, सामूहिक र एक्ला–एक्लै पनि उहाँहरूले संवाद गर्नुभयो,’ उनले भने, ‘निष्कर्ष मिलेर जाने, एक–अर्कालाई साथ दिने रह्यो ।’त्यसअघि उनीहरूबिच आइतबार पनि भेटवार्ता भएको थियो । त्यसअघि पनि रास्वपाको संवाद समिति र मेयर शाहको टिमबिच सहकार्यका लागि पटक–पटक छलफल हुँदै आएको थियो । सोमबारको छलफलमा दुई नेताबीच निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने सहमति पनि भएको स्रोतको भनाइ छ । 

न्यायिक आदेशबाट रिहा भएलगत्तै उनले राजनीतिक भेटघाट र संवादलाई तीव्र बनाएका छन्, जसलाई आगामी निर्वाचनअघि वैकल्पिक राजनीतिक ध्रुव निर्माणतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । वैकल्पिक शक्तिहरूबिच सहकार्यका लागि आफू सबै किसिमका त्याग गर्न तयार रहेको सन्देश लामिछानेले सार्वजनिक रूपमै दिइसकेका छन् ।

रास्वपा नेता गणेश कार्कीले नयाँ शक्तिहरू मिल्नुपर्छ भनेर सभापति लामिछाने र मेयर शाहबिच निरन्तर भेट भइरहेको बताए । उनले नेतृत्व तहमै निर्णायक छलफल भइरहेको र सकारात्मक नतिजा आउने अपेक्षा गरे । ‘रास्वपाको संवाद समिति र मेयर शाहको टिमबिच सहकार्यका लागि पटक–पटक छलफल भएको थियो । यसैक्रममा नेतृत्व तहमै निर्णायक छलफल भइरहेको छ, सकारात्मक नतिजा आउने हाम्रो अपेक्षा छ,’ कार्कीले नयाँ पत्रिकासँग भने । 

सोमबार साँझको छलफलमा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन, जेन–जी अगुवा सुदन गुरुङ पनि सहभागी थिए । सहकार्यको मोडल र शक्ति बाँडफाँटका विषय टुंग्याउने कसरतमा दुई नेता र उनीहरूको टिमले काम गरिरहेको छ । रास्वपा उपसभापति अर्यालले दुई नेताबिच भएको छलफलको विस्तृत प्रगतिबारे मंगलबार सार्वजनिक गरिने बताए । 

रास्वपा सभापति लामिछानेले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग एक्ला–एक्लै वार्ता गरेका थिए । त्यसपछि लामिछानेले मेयर शाहलाई भेटेका हुन् । लामिछानेले ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि भेट्ने तयारी रहेको रास्वपा नेताहरूले बताएका छन् । घिसिङ पनि सहकार्यका लागि सकारात्मक रहेको संवादमा रहेका नेताहरूको भनाइ छ । 

वार्ताको समन्वय गरेका जेन–जी अगुवा सुदन गुरुङले दुवै नेता नयाँ शक्तिहरूको एकताका लागि सकारात्मक रहेको बताए । गुरुङले एजेन्डामा दुवै एकैठाउँमा भए पनि शक्ति सन्तुलन र संगठनात्मक बाँडफाँट मिल्न बाँकी रहेको बताए । ‘को के बन्ने, कसको भूमिका के हुने र अगाडि कसरी बढ्ने भन्ने टुंग्याउने गरी छलफल अघि बढेको छ,’ उनले भने, ‘सबै ओपन माइन्डेट भएकाले मिल्ने सम्भावना सय प्रतिशत नै छ । अब केही गरेर मिलेन भने अर्काे आन्दोलनको विकल्प छैन । किनभने जेन–जी आन्दोलन संस्थागत गर्नु छ । ’

 यसअघि आइतबार मात्र लामिछानेले नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने भावनालाई आफूले बुझेको बताएका थिए । ‘विभिन्न ठाउँबाट उदाउनुभएका नयाँ शक्तिहरू एक ठाउँ आएर परिवर्तन गर्नुपर्छ भन्ने भावना मैले राम्रोसँग बुझेको छु । परिवर्तनको यात्रामा एउटा पुस्तालाई न्याय दिने र इतिहास लेखिने कुरामा रास्वपा सँगै छ । विभिन्न भेटघाट निरन्तर चलिरहेका छन् । परिवर्तन संस्थागत बनोस्, स्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने पार्टी बनोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने । 

त्यसअघि उनले शनिबार नयाँ दलहरू मिल्ने सर्तमा आफूले पहिलो त्याग गर्न तयार रहेको बताएका थिए । ‘तपाईंहरूले पनि नयाँ साथीहरू मिल्नुपर्छ भन्नुभएको छ । मिल्नुपर्नेहरू जो–जो हो, हामी मिलेरै छाड्छौँ, चिन्ता नगर्नुहोस् । सबै साथीहरू संवादमा हुनुहुन्छ । मिल्ने भनेको टाउको ठोकेर मित लगाएजस्तो होइन । सिंगो पुस्ताको भविष्यका लागि मिलिरहने हो भने मिलौँ । यसका लागि पहिलो त्याग रवि लामिछानेले गर्छ । एउटा चुनावका लागि हो भने–आई एम सरी ।’ 

सोमबारको दुईचरणका छलफलको मध्यस्थता गर्नेमध्येका एक जेन–जी अगुवा सुधन गुरुङले सबै ‘ओपन माइन्डेड’ भएकाले शतप्रतिशत मिल्ने सम्भावना रहेको बताए । ‘सभापति (रवि लामिछाने)जीलाई ‘वैकल्पिक शक्ति सबै मिलेर जानुपर्छ, जनताको जितका लागि एक हुनुपर्छ । मिलेनौँ भने राजनीति अर्कै मोडमा जान्छ’ भनेका छौँ । उहाँ एकदमै पजिटिभ हुनुहुन्छ । ‘ओपन डिस्कर्स गर्नुपर्छ, अति ढिला भयो । आज–भोलि नै कुरा टुंग्याउनुपर्छ’ भन्ने उहाँको चाहना छ,’ उनले भने, ‘मेयरसाप पनि पजिटिभ हुनुहुन्छ । सबै मिलेर जाने बाटो के हो भनेर दुवैजना छलफलमै हुनुहुन्छ । दुवैजनाले ‘जनताको चाहनाविपरीत जान्नौँ’ भन्नुभएको छ । जेन–जीको माग सम्बोधन, सुशासन, राज्य पुनर्संरचना र राजनीतिक हस्तक्षेपबारे कसरी ठोस सहकार्य हुन्छ भनेर छलफल भइरहेको छ । सबै ओपन माइन्डेड भएकाले मिल्ने सम्भावना सय प्रतिशत नै छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending