Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

कांग्रेस लुम्बिनी प्रदेशले पठायो उम्मेदवारको सूची

खबरडबली संवाददाता

भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय समितिमा पठाएको छ । 

प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिसमा सहमति जुट्न नसकेपछि प्रदेश समितिले क्षेत्र र जिल्लाबाट आएका नाम छनोट नगरी केन्द्रमा सिफारिस गरेको हो । कांग्रेसले प्रतिनिधि सभाका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम प्राथमिकतासहित सिफारिस गर्न निर्देशन दिएको थियो तर प्रदेश समितिले पार्टीमा योगदान गरेका र चुनाव जित्न सक्ने सम्भावना रहेका उम्मेदवारबारे छुट्टै रायसहित सबै नाम केन्द्रमा पठाएको जनाएको छ ।

कांग्रेसको प्रदेश समितिका अनुसार रुपन्देही–३ बाट बालकृष्ण खाँणसहित छ जनाको नाम सिफारिस भएको छ । त्यस्तै सहमहामन्त्री किशोरसिंह राठौरको नाम बाँके–३ र बर्दिया–२ बाट सिफारिस गरिएको छ । बर्दिया–२ बाट राठौर र आरजु राणासहित नौ जनाको नाम केन्द्रमा पठाइएको छ ।

पश्चिम नवलपरासी–२ बाट देवेन्द्रराज कँडेल र रुपन्देही–५ बाट भरत शाहको एकल नाम सिफारिस गरिएको छ तर शाहको नाममा विवाद भएपछि रुपन्देही–५ क्षेत्रीय समितिले युवा विष्णु पोखरेलसहित तीन जनाको नाम छुट्टै केन्द्रमा सिफारिस गरेको छ । गुल्मी–१ बाट भने चन्द्र भण्डारीसहित सात जनाको नाम सिफारिस भएको छ । कांग्रेसले लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभातर्फ २६ र राष्ट्रिय सभातर्फ तीन गरी कुल २९ जना उम्मेदवारका लागि २४३ जनाको नाम केन्द्रीय समितिमा पठाएको छ । गुल्मीका दुई निर्वाचन क्षेत्रबाट २१ जना र रुपन्देही–५ बाट तीन जना गरी २४ जनाको नाम छुट्टै रूपमा केन्द्रमा सिफारिस गरिएको छ ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार क्षेत्र र जिल्लाबाट सिफारिस भएर आएका १२ मध्ये ११ जिल्लाका उम्मेदवारको सूची केन्द्रमा पठाइएको हो । उनले गुल्मीले तोकिएको समयभित्र सिफारिस गर्न नसकेकाले त्यहाँका उम्मेदवारको नाम केन्द्रमै छुट्टै रूपमा पठाएको बताए।

प्रदेश समितिका अनुसार प्रतिनिधि सभातर्फ १३९, राष्ट्रिय सभातर्फ १०४ र समानुपातिकतर्फ १८६ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरिएको छ । क्षेत्र र जिल्लाले मापदण्ड अनुसार छनोट गर्न नसकेपछि प्रदेश समितिले सूचीमा काँटछाँट नगरी सबै नाम केन्द्रमा पठाएको हो । यद्यपि पार्टीमा उल्लेख्य योगदान दिएका र चुनाव जित्न सक्ने सम्भावित उम्मेदवारबारे छुट्टै रायसमेत केन्द्रमा पठाइएको सभापति पुनले जानकारी दिए।

लुम्बिनी प्रदेशमा प्रतिनिधि सभातर्फ २६ निर्वाचन क्षेत्र छन् । ती क्षेत्रका लागि गुल्मीबाहेक ११ जिल्लाबाट १३९ जनाको नाम सिफारिस गरिएको छ । गुल्मीबाट क्षेत्र नं। १ बाट सात जना र क्षेत्र नं। २ बाट १४ जनाको नाम छुट्टै सिफारिस गरिएको छ । राष्ट्रिय सभाका लागि तीन सिट मात्र आवश्यक भए पनि १०४ जनाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ १८६ जनाको नाम पठाइएको पुनले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा उम्मेदवार तामाङको ‘झापा ५ : भिजन ७’ सार्वजनिक

दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...

राजनीतिक दललाई आयोगको ६४ बुँदे निर्देशन, सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...

यही गतिमा जनमत बढ्दै जाने हो भने कांग्रेस एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...

रास्वपाको नागरिक करारपत्र सार्वजनिक, भ्रष्टाचार नियन्त्रण, दलीयकरणको अन्त्य गर्न जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...

काठमाडौँका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...

उज्यालो नेपालको निर्वाचन घोषणापत्र सार्वजनिक: प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि ९ लाख रोजगारीको प्रतिबद्धतासम्म

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...

एक हप्तामा १२३ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...

टी–२० विश्वकपबाट नेपाल बाहिरियो, वेस्ट इन्डिज सुपर आठमा

काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...

महाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...

ओली घरदैलोको लागि झापामा: बालेन केहिसमयपछि आउँदै, सुरक्षा व्यवस्था कडा

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE