काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले घटनामा संलग्न दोषीहरूलाई छिटो पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
लामो समय भारतमा उपचार गराएर स्वदेश फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चित्रकारले उक्त घटनालाई ‘हिटलरको ग्यास च्याम्बरजस्तै अमानवीय आक्रमण’को संज्ञा दिइन् । उनले जेनजी आन्दोलनको नाममा अवोध युवालाई अगाडि सारेर देश, समाज र राजनीतिक स्थायित्वमाथि योजनाबद्ध हमला गरिएको आरोप लगाइन् ।
उनले भनिन्, “जेनजीका भाइबहिनीहरूको अवोधपनलाई ढाल बनाएर देश जलाउने, जनताको ज्यान जोखिममा पार्ने काम भयो । यस्ता तत्वलाई सरकारले चाँडै चिनेर कडा कारबाही गर्नुपर्छ । यही मेरो माग हो ।”
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूर्ण नभएको बताए । “घर पूर्ण रूपमा जलेर नष्ट भयो । उपचारका क्रममा धेरै कठिनाइ भोग्नुपरेको छ । अझै पनि उपचार जारी छ,” उनले भने ।
गत भदौमा काठमाडौँको डल्लुस्थित खनाल दम्पतीको निजी निवासमा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो । उक्त घटनामा रविलक्ष्मी चित्रकार गम्भीर रूपमा घाइते भएकी थिइन् भने घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । उपचारका लागि उनलाई भारत लगिएको थियो र हाल स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै आएको बताइएको छ ।
खनाल दम्पतीको यो सार्वजनिक अभिव्यक्तिसँगै जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि, राज्यको सुरक्षा संयन्त्रको भूमिका र दोषीमाथि कारबाहीको विषय पुनः राजनीतिक तथा सामाजिक बहसको केन्द्रमा आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: