काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक भेटवार्ता तीव्र बनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको छलफलबाट ठोस राजनीतिक प्रस्ताव नआएपछि बालेनले निर्वाचन आयोगमा दर्ता भएको ‘देश विकास पार्टी’लाई अघि बढाउने विकल्पमा गृहकार्य थालेका हुन्।
यसक्रममा उनले कांग्रेस नेता चन्द्र भण्डारी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, चिकित्सक डा. भगवान कोइराला तथा जेनजी अभियानका रक्षा बम, सागर ढकाल, केपी खनाल र कलाकार निश्चल बस्नेतलगायतसँग छलफल गरेका छन्।
भेटघाटको केन्द्र ललितपुरको कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवास बनाइएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने म्याद नजिकिँदै गएपछि बालेनले आफ्नो तर्फबाट तयारी तीव्र पारेका हुन्। पुस १३ र १४ गतेभित्र बन्दसूची बुझाउनुपर्ने व्यवस्था छ।
बालेन निकट एक नेताका अनुसार रास्वपासँगको भेटमा प्रधानमन्त्री प्रस्ताव गरिएको भन्ने बाहिरको चर्चाजस्तो कुनै ठोस प्रस्ताव आएको थिएन। पार्टी विधान संशोधन, केन्द्रीय समितिको संरचना लगायत विषयमा पनि स्पष्ट प्रस्ताव नआएकाले ‘देश विकास पार्टी’लाई सक्रिय बनाउने निर्णयतर्फ बालेन अघि बढेको उनको भनाइ छ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले बालेनसँग राजनीतिक विषयमा छलफल भएको पुष्टि गरे पनि विवरण खुलाएनन्। जेनजी अभियानका सागर ढकालले पनि चुनावी विषयमा विभिन्न पक्षबीच संवाद भइरहेको र रास्वपासँग सहकार्यका विषयमा थप छलफल हुने बताए।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका विषयमा बालेन पछिल्लो समय सक्रिय देखिएका छन्। यसअघि उनले कुलमान घिसिङ र रवि लामिछानेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - ०९:११
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...
माघ १७ गते, २०८२ - ०९:०९
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अव...
माघ १७ गते, २०८२ - ०९:०१
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । ...
माघ १७ गते, २०८२ - ०८:१८
काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...
माघ १७ गते, २०८२ - ०८:०३
काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...
माघ १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...
माघ १७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...
माघ १७ गते, २०८२ - ०७:४७
काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...
माघ १७ गते, २०८२ - ०७:२०
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...
माघ १७ गते, २०८२ - ०७:१२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...




प्रतिकृया लेख्नुहोस्: