काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक भेटवार्ता तीव्र बनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको छलफलबाट ठोस राजनीतिक प्रस्ताव नआएपछि बालेनले निर्वाचन आयोगमा दर्ता भएको ‘देश विकास पार्टी’लाई अघि बढाउने विकल्पमा गृहकार्य थालेका हुन्।
यसक्रममा उनले कांग्रेस नेता चन्द्र भण्डारी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, चिकित्सक डा. भगवान कोइराला तथा जेनजी अभियानका रक्षा बम, सागर ढकाल, केपी खनाल र कलाकार निश्चल बस्नेतलगायतसँग छलफल गरेका छन्।
भेटघाटको केन्द्र ललितपुरको कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवास बनाइएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने म्याद नजिकिँदै गएपछि बालेनले आफ्नो तर्फबाट तयारी तीव्र पारेका हुन्। पुस १३ र १४ गतेभित्र बन्दसूची बुझाउनुपर्ने व्यवस्था छ।
बालेन निकट एक नेताका अनुसार रास्वपासँगको भेटमा प्रधानमन्त्री प्रस्ताव गरिएको भन्ने बाहिरको चर्चाजस्तो कुनै ठोस प्रस्ताव आएको थिएन। पार्टी विधान संशोधन, केन्द्रीय समितिको संरचना लगायत विषयमा पनि स्पष्ट प्रस्ताव नआएकाले ‘देश विकास पार्टी’लाई सक्रिय बनाउने निर्णयतर्फ बालेन अघि बढेको उनको भनाइ छ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले बालेनसँग राजनीतिक विषयमा छलफल भएको पुष्टि गरे पनि विवरण खुलाएनन्। जेनजी अभियानका सागर ढकालले पनि चुनावी विषयमा विभिन्न पक्षबीच संवाद भइरहेको र रास्वपासँग सहकार्यका विषयमा थप छलफल हुने बताए।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका विषयमा बालेन पछिल्लो समय सक्रिय देखिएका छन्। यसअघि उनले कुलमान घिसिङ र रवि लामिछानेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: