Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

खबरडबली संवाददाता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्रामा फर्किने भएका छन्। पाँच महिनाअघि दाम्पत्य, राजनीति र कानुनी विवादले एकअर्काविरुद्ध उभिएका यी दुई नेता शनिबार औपचारिक रूपमा पार्टी एकता गर्दै पुनर्मिलनको घोषणा गर्न लागेका हुन्।

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी बीच हुने एकताले श्रीमान्–श्रीमतीको व्यक्तिगत दूरीसँगै राजनीतिक दूरी पनि समाप्त गर्ने संकेत दिएको छ।

पार्टी विभाजन र पुनर्मिलनको केन्द्रमा दाम्पत्य सम्बन्ध नै रहेको राजनीतिक वृत्तको बुझाइ छ। पाँच महिनाअघि पार्टी नेतृत्व, वैधानिकता र अधिकारको विषयले उग्र रूप लिएपछि श्रीमान्–श्रीमती खुलेरै फरक मोर्चामा उत्रिएका थिए। विवाद यति चर्कियो कि एकले अर्कोलाई कारबाही गर्ने अवस्था आयो र सुदूरपश्चिम प्रदेशदेखि केन्द्रसम्म गुटगत राजनीति हाबी भयो।

पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष रञ्जिता श्रेष्ठले विगतको विभाजनलाई ‘पार्टी फुट’ का रूपमा नबुझ्न आग्रह गरेकी छन्। उनका अनुसार रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी त्यागेर होइन, आफ्नो राजनीतिक अस्तित्व जोगाउन बाध्य भएर नयाँ दल गठन गर्न पुगेका थिए।

रेशम–रञ्जिताबीचको दूरी बढ्नुको मुख्य कारण महाधिवेशनपछि उत्पन्न वैधानिकताको विवाद थियो। २०८० पुसमा भएको महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष चयन भए पनि निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै वैधानिक अध्यक्षको मान्यता दिएपछि दाम्पत्य सम्बन्ध नै राजनीतिक द्वन्द्वमा तानियो।

यसै विवादका कारण भदौ २९ गते रेशम चौधरी पार्टीबाट अलग भए र कात्तिक २ गते नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरे। श्रीमान्–श्रीमती फरक पार्टी, फरक झण्डा र फरक रणनीतिसहित राजनीतिमा देखिन थाले।

तर पाँच महिनामै परिस्थितिले फेरि मोड लियो। संगठन विस्तारमा देखिएको चुनौती, एउटै विचार बोकेका नेता–कार्यकर्ताहरू छरिन थालेको अवस्था र व्यक्तिगत सम्बन्ध सुधारको वातावरण बनेसँगै रेशम–रञ्जिता पुनः एक ठाउँमा उभिने निष्कर्षमा पुगेका हुन्।

शनिबार हुने एकतापछि पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने, झण्डा र चुनाव चिह्न पनि रेशम चौधरीले दर्ता गराएको पार्टीकै कायम रहने जनाइएको छ। यससँगै रञ्जिता श्रेष्ठले रेशम चौधरीको नेतृत्व स्वीकार गर्ने सहमति भएको बताइएको छ।

श्रीमान्–श्रीमतीको व्यक्तिगत सम्बन्धबाट सुरु भएको विवाद अन्ततः राजनीतिक पुनर्मिलनमा टुंगिन लाग्दा नागरिक उन्मुक्ति पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत यसको प्रभाव र सन्देश चासोका साथ हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending