बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ ।
गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम हुने गरेको यहाँको कोदो पछिल्लो समय सहरमा समेत माग हुन थालेपछी अहिले यहाँका किसान पनि निकै खुसी हुने गरेका छन् ।
भिरालो तथा पाखो जमिनमा प्रसस्त मात्रामा उत्पादन हुने गरेको कोदो यसरी अहिले सहरका विभिन्न ठाउँबाट माग बढ्द थालेपछी किसान पनि कोदो खेतीमा निकै आकर्षित हुने गरेका हुन् ।
बाजुरामा जेठ , असार र साउनको महिनामा समेत कोदो लगाउँने गर्छन् । जेठमा लगाएको कोदो भदौमा पाक्न सुरु हुन्छ भने असार साउनमा लगाएको भने कोदो मङ्सिरमा पाक्छ ।
यहाँका किसानले गाई गोरु भैँसी भेडाबाख्राको गौत गोबरको मल प्रयाग गरेर कोदो उत्पादन गर्छन् । गाउँमा यसरी उत्पादन गरेको अर्गानिक कोदो स्वास्थ्यका लागि निकै लाभदायिक हुने गरेकोले पछिल्लो समय देशका विभिन्न सहर देखि माग हुने गरेको हिमाली गाउँपालिका –६ का सुरिता रोकायाले बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “गाउँमा पहिला देखि अहिले सम्म धेरै कोदो उत्पादन हुन्छ । पहिला कोदो कतै बिक्री हुँदैन थियो । त्यसैले किसान पनि कम कोदो लगाउँथे । अहिले यहाँको कोदो किन्नका लागि सहर देखि नै व्यापारी गाउँमा आउने गरेपछि पछिल्लो समय कोदो बढी लगाउँने गर्छौ ।”
कोदो खेतीले नै यहाँका किसानको जिविकोपार्जनमा टेवा पुग्ने देखिएकोले अहिले यहाँका आधिकांश पालिकाले समेत किसानलाई कोदो उत्पादनमा बढी जोड दिन थालेको छ ।
त्यति मात्र होइन अहिले यहाँका आधिकांश विद्यालयहरूमा बालबालिकाहरूको दिवा खाजामा समेत कोदोको परिकार अनिर्वाय गरेको छ ।
गाउँमै कोदो खपत हुने र त्यसैमा सहरका विभिन्न ठाउँ देखि व्यापारी कोदो किन्न गाउँमै आउने गरेकोले यती बेला यहाँका किसानलाई आर्थिक रुपमा निकै सहज हुने गरेको रोकायाले बताउनुभयो । कोदो स्वास्थ्यका लागि निकै उपयोगी छ । कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी भएकाले स्वास्थ्यका लागि उपयोगी मानिन्छ ।
गत वर्ष मात्र बाजुराको तल्लो क्षेत्रबाट झण्डै दुइ ट्रक भन्दाबढी अर्गानिक कोदो अत्तरिया , धनगढी , महेन्द्रनगर , नेपालगञ्ज र काठमाण्डौ लगायतका ठूला सहर बिक्री भएको बुढीगङ्गा नगरपालिका –१० फुलोटका वरिष्ट कृषक तथा कोदो व्यापारी भोलाराम जैशीले बताए।
उहाँले भनुभयो, “हिमाली,जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका गौमुल, बुढीगङ्गा खप्तडछेडेदह र त्रिवेणीलगायतका विभिन्न ठाउँमा कोदो उत्पादन हुन्छ । यहाँ उत्पादन हुने कोदो अर्गानिक हो । हामीले पनि एक किलोलाई तीस रुपियाँमा खरिद गरि सहरमा पठाएका हौ ।”
पहिला गाउँमा सडक थिएन । बोकेर लान सकिदैन थियो । भाडा बढी लाग्थ्यो । अहिले यहाँका प्रत्येक गाउँ बस्तीमा सडक पुगेका छन् । अनी हामीलाई पनि गाडी लिएर उनीहरुको घरमै जान सहज भएकोले यती बेला यहाँको कोदो सहरमा पुग्ने गरेको जैशीले बताए।
कोदो खेती स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले अहिले स्थानीय तहले पनि कोदो खेतीमा उत्प्रेरित गर्दै आएका छन् ।
यस जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ ।
त्यसमध्ये पाँच हजार २३५ हेक्टर जमिन वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । त्यसमा कोदो खाद्यान्न उत्पादनको योगदान २२.६२ प्रतिशत मात्र रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहनीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १५:५२
काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...
फाल्गुन ३ गते, २०८२ - १५:३९
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...
फाल्गुन ३ गते, २०८२ - १४:४५
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...
फाल्गुन ३ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...
फाल्गुन ३ गते, २०८२ - १४:२२
काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...
फाल्गुन ३ गते, २०८२ - १४:१६
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...
फाल्गुन ३ गते, २०८२ - १४:०८
काठमाडौं । केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण स्पष्ट रूपमा तय भइसकेको जस्तो नदेखिएको बताएका छन्। आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कु...
फाल्गुन ३ गते, २०८२ - १४:००
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिएको छन् । वि.सं. २०५१ को मध्या...
फाल्गुन ३ गते, २०८२ - १३:४३
काठमाडौँ। थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार खेपेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मै...
फाल्गुन ३ गते, २०८२ - १३:३३
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गरे। जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधि...



प्रतिकृया लेख्नुहोस्: