काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चित बनेको छ।
शुक्रबार अबेरसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति हुन नसकेको र वार्ता अनिश्चित बनेको हो।
एक स्रोतका अनुसार शुक्रबारको बैठकमा रास्वपाको सभापतिमा रवि लामिछानेलाई अघि सार्ने र भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी सहमति बनेको थियो। तर केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटमा आधा–आधा हिस्सा मागिएपछि त्यसमा सहमति जुट्न नसकेको स्रोतको दाबी छ।
शुक्रबार सहमति नजुटेपछि बालेन शाहले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरी पुन: वार्तामा बस्ने भनिएको थियो। तर अहिलेसम्म त्यसबारे कुनै ठोस जानकारी नआएको रास्वपा पक्षको भनाइ छ। शनिबार बिहान मात्र कुलमान र बालेन समूहबीच छलफल भएको भए पनि त्यसबाट पनि ठोस प्रस्ताव बाहिर नआएको बताइएको छ।
रास्वपा पक्षले आज बालेनसँग छलफल हुने भनिए पनि हालसम्म कुनै टुङ्गो नलागेको स्रोतले जनाएको छ। ‘हामीले आज कुनै समूहसँग छलफल गरेका छैनौँ। रवि र बालेनबीच पनि छलफल हुने सम्भावना छैन। बालेन पक्षबाट खबर आएमा मात्र बस्न सकिन्छ। समानुपातिक बन्द सूची बुझाउने समय १४ गतेसम्म भएकाले हतारिनुपर्ने अवस्था छैन,’ स्रोतले भन्यो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १५:५२
काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...
फाल्गुन ३ गते, २०८२ - १५:३९
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...
फाल्गुन ३ गते, २०८२ - १४:४५
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...
फाल्गुन ३ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...
फाल्गुन ३ गते, २०८२ - १४:२२
काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...
फाल्गुन ३ गते, २०८२ - १४:१६
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...
फाल्गुन ३ गते, २०८२ - १४:०८
काठमाडौं । केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण स्पष्ट रूपमा तय भइसकेको जस्तो नदेखिएको बताएका छन्। आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कु...
फाल्गुन ३ गते, २०८२ - १४:००
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिएको छन् । वि.सं. २०५१ को मध्या...
फाल्गुन ३ गते, २०८२ - १३:४३
काठमाडौँ। थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार खेपेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मै...
फाल्गुन ३ गते, २०८२ - १३:३३
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गरे। जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधि...



प्रतिकृया लेख्नुहोस्: