गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने सीपलाई अँगाल्दै उहाँले दशकौँसम्म बालीघरे प्रथाको कठोरता झेले । काम त थियो, तर त्यसले परिवारको चुलो बल्न हम्मे–हम्मे पार्थ्यो ।
“फलाम पिटेर अन्न आउँथ्यो, तर त्यो पनि आधा वर्ष नपुग्दै सकिन्थ्यो,” विगत सम्झँदै उनले भने, “परिश्रम धेरै, प्रतिफल न्यून ।” परम्परागत प्रणालीले आत्मनिर्भर बन्न नदिएपछि बुढेसकालमै उनले जीवन बदल्ने निर्णय गरे—गाउँ छाडेर सदरमुकाम तम्घासतर्फ लाग्ने ।
तम्घास देउराली चोकमा सानो आरान स्थापना गरेपछि ताराबहादुरको जीवनले नयाँ बाटो समात्यो । अन्नको सट्टा नगद आम्दानी हुन थाल्यो । “ढिलो भए पनि बालीघरेबाट छुटकारा पाएँ,” उहाँ भन्नुहुन्छ, “नत्र जीवन घाटामै सकिन्थ्यो ।” हाल उनी मासिक १ हजार ४ सय रुपैयाँ भाडा तिर्दै बिहानदेखि साँझसम्म आरानमै व्यस्त रहन्छन् ।
खुकुरी, हँसिया, कुटो, कोदालो जस्ता कृषि औजार बनाउने उनी धार लगाएको ५० रुपैयाँ लिने गर्नुहुन्छ भने नयाँ औजार ४ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री गर्छन् । दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी हुन्छ । कामको चाप बढ्दा एक जना सहयोगीसँगै फलाम पिट्न्छन् ।
पाँच छोरा र दुई छोरीका पिता ताराबहादुरका सन्तानहरू आफ्नै कर्ममा लागिसकेका छन् । उनी हाल श्रीमती बसन्तीसँग तम्घास–खानीगाउँमा आफ्नै सानो घरमा बस्न्छन् । “धेरै चाहिँदैन,” उहाँ सरल भाषामा भन्छन्, “दाल–भात खान पुग्छ, यही नै ठूलो कुरा हो ।”
तर वर्षौँदेखि आगोको रापसँग जुध्दै आए पनि समस्या भने अझै उस्तै छन् । आधुनिक उपकरणको अभाव र कोइलाको संकटले आरान व्यवसायलाई चुनौती दिइरहेको छ । सामुदायिक वनमा पहुँच नहुँदा कोइला महँगोमा किन्नुपर्ने बाध्यता छ । “अरूले सुविधा पाउँछन्, हामी भने छुट्छौँ,” उनको गुनासो छ, “कम्तीमा कोइलामा सहुलियत भए राहत मिल्थ्यो ।”
आरान पेशा अहिले पुस्तान्तरणको संकटमा छ । परम्परागत प्रविधिमा दुःख धेरै र आम्दानी कम भएकाले नयाँ पुस्ता आकर्षित हुन सकेको छैन । “पुरानै तरिकाले टिक्न गाह्रो छ,” उनले भने, “आधुनिक उपकरण आए यो पेशाले फेरि सास फेर्न सक्छ ।”
ताराबहादुरलाई ठूलो अनुदानको अपेक्षा छैन । आधुनिक आरान उपकरण र कोइलाको सहज उपलब्धता भए पुग्ने उनी बताउँछन् । बालीघरे प्रथाबाट मुक्त भई आफ्नै श्रमलाई व्यवसायमा रूपान्तरण गर्न पाएकोमा उहाँ गर्व गर्छन् । तर आगोको रापमा बितेको यो जीवन अझ सहज बनाउन राज्य र सरोकारवालाको ध्यान अपरिहार्य देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: