गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने सीपलाई अँगाल्दै उहाँले दशकौँसम्म बालीघरे प्रथाको कठोरता झेले । काम त थियो, तर त्यसले परिवारको चुलो बल्न हम्मे–हम्मे पार्थ्यो ।
“फलाम पिटेर अन्न आउँथ्यो, तर त्यो पनि आधा वर्ष नपुग्दै सकिन्थ्यो,” विगत सम्झँदै उनले भने, “परिश्रम धेरै, प्रतिफल न्यून ।” परम्परागत प्रणालीले आत्मनिर्भर बन्न नदिएपछि बुढेसकालमै उनले जीवन बदल्ने निर्णय गरे—गाउँ छाडेर सदरमुकाम तम्घासतर्फ लाग्ने ।
तम्घास देउराली चोकमा सानो आरान स्थापना गरेपछि ताराबहादुरको जीवनले नयाँ बाटो समात्यो । अन्नको सट्टा नगद आम्दानी हुन थाल्यो । “ढिलो भए पनि बालीघरेबाट छुटकारा पाएँ,” उहाँ भन्नुहुन्छ, “नत्र जीवन घाटामै सकिन्थ्यो ।” हाल उनी मासिक १ हजार ४ सय रुपैयाँ भाडा तिर्दै बिहानदेखि साँझसम्म आरानमै व्यस्त रहन्छन् ।
खुकुरी, हँसिया, कुटो, कोदालो जस्ता कृषि औजार बनाउने उनी धार लगाएको ५० रुपैयाँ लिने गर्नुहुन्छ भने नयाँ औजार ४ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री गर्छन् । दैनिक पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी हुन्छ । कामको चाप बढ्दा एक जना सहयोगीसँगै फलाम पिट्न्छन् ।
पाँच छोरा र दुई छोरीका पिता ताराबहादुरका सन्तानहरू आफ्नै कर्ममा लागिसकेका छन् । उनी हाल श्रीमती बसन्तीसँग तम्घास–खानीगाउँमा आफ्नै सानो घरमा बस्न्छन् । “धेरै चाहिँदैन,” उहाँ सरल भाषामा भन्छन्, “दाल–भात खान पुग्छ, यही नै ठूलो कुरा हो ।”
तर वर्षौँदेखि आगोको रापसँग जुध्दै आए पनि समस्या भने अझै उस्तै छन् । आधुनिक उपकरणको अभाव र कोइलाको संकटले आरान व्यवसायलाई चुनौती दिइरहेको छ । सामुदायिक वनमा पहुँच नहुँदा कोइला महँगोमा किन्नुपर्ने बाध्यता छ । “अरूले सुविधा पाउँछन्, हामी भने छुट्छौँ,” उनको गुनासो छ, “कम्तीमा कोइलामा सहुलियत भए राहत मिल्थ्यो ।”
आरान पेशा अहिले पुस्तान्तरणको संकटमा छ । परम्परागत प्रविधिमा दुःख धेरै र आम्दानी कम भएकाले नयाँ पुस्ता आकर्षित हुन सकेको छैन । “पुरानै तरिकाले टिक्न गाह्रो छ,” उनले भने, “आधुनिक उपकरण आए यो पेशाले फेरि सास फेर्न सक्छ ।”
ताराबहादुरलाई ठूलो अनुदानको अपेक्षा छैन । आधुनिक आरान उपकरण र कोइलाको सहज उपलब्धता भए पुग्ने उनी बताउँछन् । बालीघरे प्रथाबाट मुक्त भई आफ्नै श्रमलाई व्यवसायमा रूपान्तरण गर्न पाएकोमा उहाँ गर्व गर्छन् । तर आगोको रापमा बितेको यो जीवन अझ सहज बनाउन राज्य र सरोकारवालाको ध्यान अपरिहार्य देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: