Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

हिल्सा सिमकोटको इलिङ काँध सडक एक महिना बन्द

खबरडबली संवाददाता

हुम्ला । जिल्लाको उत्तरी क्षेत्र हिल्सा सिमकोटको नाम्खा गाउँपालिका–४ को इलिङ काँध सडक एक महिना बन्द गरिएको छ । उक्त सडक स्तरोन्नति गर्ने कार्य सुरु भएका कारण सडकमा पूर्ण रुपमा यातायात सञ्चालन बन्द गरिएको हो ।

हिल्सा सिमकोट सडकको याल्वाङ चौरदेखि इलिङ काँध खण्डमा स्तरोन्नति कार्य सुरु भएपछि एक महिनाका लागि यातायात सेवा बन्द गरिएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए। सडक निर्माण गर्दा अन्य विकल्प समेत नभएका कारण सडकको निर्माण कार्य बन्द गर्नुपरेको हो । नेपाल र चीनको सिमाना हिल्सा जाने मुख्य सडकका रुपमा सो सडक रहेको छ ।

लामो समयदेखि इलिङ काँध क्षेत्रमा सडकको स्तरोन्नति हुन सकेको थिएन । हिँउदे याम सुरु भएपछि खासै यातायातका साधन पनि सुचारु नहुने भएकाले सडक बन्द गरेर निर्माण कार्य अगाडि बढाइएको उनले बताए।

सडकका घुम्तीहरु मिलाउने, चौडा पार्ने, ग्याविन लगाउने कार्य एक साथ हुने निर्माण कम्पनी कुशेश्वरका स्थानीय प्रतिनिधि सरोज रावतले बताए। सो क्षेत्रको करिब तीन किलो मिटर सडक स्तरोन्नति गर्नुपर्ने र यो एक महिना भित्र काम सक्ने गरी निर्माण कार्य सुरु गरिएको उनले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेको लागि सर्‍यो

काठमाडौं । निर्धारित समयमै सुरु हुन नसकेपछि प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो २ बजेसम्मका लागि सारिएको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कार...

कर हेरफेर आरोपमा छानबिनको मागप्रति अर्थमन्त्री वाग्ले आक्रोशित, ‘संसद् त्यति सस्तो होइन’

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका दर हेरफेर गरिएको भन्ने आरोपका आधारमा जथाभावी संसदीय छानबिनको माग नगर्न विपक्षी दलहरूलाई आग्रह गरेका छ...

संसद् अवरोधप्रति अर्थमन्त्री वाग्लेको असन्तुष्टि, बजेटमाथि छलफल रोकिएको गुनासो

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा जारी अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। संसद् अवरुद...

गस्तीबाट फर्किने क्रममा प्रहरी जवानको मृत्यु

दार्चुला। दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौक...

करको दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथी संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा संसदीय छानबिन गर्न माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थ मन्त्रा...

कृषि मन्त्रालयको सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् ।  किसानलाई जमिनको विवरण र खेती उत्पा...

कर दर हेरफेर अधिकार सरकारसँग छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएको छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक ल...

संरक्षणको प्रतीक्षामा जनकपुर चुरोट कारखाना, आफ्नो मातहतमा ल्याउने प्रयासमा प्रदेश

जनकपुरधाम। जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत...

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending