Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

उदयपुरमा वन डढेलो नियन्त्रणका लागि दुईदिने डेमो तालिम

खबरडबली संवाददाता

उदयपुर । वन डढेलोको जोखिम दिनानुदिन बढ्दै गएको सन्दर्भमा उदयपुरमा बन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी दुईदिने डेमो तालिम तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । 

चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन कार्यालय, इटहरीको आयोजनामा सम्पन्न उक्त तालिममा उदयपुर जिल्लाका पाँचवटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिव तथा उपभोक्तासहित ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गाइघाट वन डिभिजन कार्यालयका डिभिजनल वन अधिकृत गजेन्द्रनारायण श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले नन डढेलोले जैविक विविधता, बन्यजन्तु, वातावरण तथा मानव जीवनमै गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणमा स्थानीय समुदायको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए । उनले तालिममा सिकेका सीप र ज्ञान व्यवहारमा उतार्न आग्रह गर्दै सामुदायिक वन उपभोक्ता स्वयं सचेत र जिम्मेवार भएमा बन डढेलो न्यूनीकरण गर्न सकिने उल्लेख गरे । 

तालिमको क्रममा त्रियुगा नगरपालिका–९ राजावासस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा बन डढेलो नियन्त्रणसम्बन्धी डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो । सहभागीहरूले बनमा लागेको आगो कसरी नियन्त्रण गर्ने, आगो फैलिन नदिन अपनाउनुपर्ने उपाय, प्राथमिक सुरक्षा सावधानी तथा आपतकालीन प्रतिक्रिया सम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए ।

तालिममा बन विज्ञ बासुदेव झाले जनचेतनाको कमीका कारण वन जंगलमा आगो लगाउने प्रवृत्ति बढेको बताउँदै यसलाई दीर्घकालीन रूपमा समाधान गर्न पानीका मुहानको संरक्षण, अग्निरेखा निर्माण, नियमित सरसफाइ, निगरानी प्रणाली सुदृढीकरण लगायतका व्यवस्थापनका उपाय अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सामुदायिक वन व्यवस्थापन योजनामै वन डढेलो नियन्त्रणका रणनीति समेट्नुपर्नेमा जोड दिए । 

तालिम अवधिभर प्रशिक्षक विनोद ज्ञावलीले वन डढेलोका कारण, प्रभाव, नियन्त्रण विधि, उपकरणको प्रयोग, जोखिम न्यूनीकरण र समुदायको भूमिका सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।

यस अवसरमा विश्वकञ्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव अधिकारीले वन डढेलो नियन्त्रणको मुख्य जिम्मेवारी उपभोक्ता स्वयंको हुने बताउँदै सबै उपभोक्ता सचेत, सक्रिय र जिम्मेवार भएमा बनमा लाग्ने आगोलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिनेमा आफू ढुक्क रहेको धारणा व्यक्त गरे । 

देउरी सब–डिभिजन वन कार्यालयका अधिकृत राजदेव ठाकुरका अनुसार तालिम पुस ११ र १२ गते दुईदिने कार्यक्रमका रूपमा ओरेक नेपाल, राजावासस्थित हलमा सञ्चालन गरिएको थियो । उनले यस्तो किसिमको तालिमले स्थानीय तहमा वन संरक्षण र दिगो व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । 

कार्यक्रमले वन डढेलो न्यूनीकरणमा सामुदायिक सहभागिता, व्यवहारिक ज्ञान र स्थानीय क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: