कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दिएका हुन् ।
चिसो अझै केही दिन रहने सम्भावना भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको वेदकोट नगरपालिकाले जनाएको हो । मौसम प्रतिकूलताका कारण विद्यार्थीको पठनपाठनमा बाधा भइरहेकाले विद्यार्थीको स्वास्थ्यलाई दृष्टिगत गर्दै पुस १६ देखि पुस १९ गतेसम्म पालिकास्थित विद्यालयहरूमा जाडो बिदा दिइएको शिक्षा शाखा प्रमुख हरिदत्त भट्टले बताए।
उनका अनुसार, विद्यालयहरूले नियमानुसार पाउने बाँकी हिउँदे बिदाबाट कट्टी हुने गरी यस पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बुधबारदेखि पुस १९ गतेसम्म जाडो बिदा दिइएको हो ।
पुस लागेदेखि सुरु भएको कठ्याङ्ग्रिँदो चिसोले तराई क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । चिसो बढ्दा बालबालिका, वृद्धवृद्धा, अशक्त र विपन्न वर्गका मानिस बढी प्रभावित बनेका छन् ।
यसैगरी, यहाँस्थित भीमदत्त नगरपालिकाले पनि पुस १९ गतेसम्म पालिकास्थित विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएकाले पुस १९ गतेसम्म प्रतियोगिता अवधिभर विद्यालयहरूमा बिदा दिइएको जनाइएको छ ।
शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले खेलकुद अवधिभर यहाँका निजी तथा सार्वजनिक सबै विद्यालयमा सार्वजनिक बिदा दिएको बताए। साथै, खेल प्रतियोगितामा भाग लिन, अवलोकन गर्न र अनुशासित भएर खेलहरूका असल पक्षहरूको सिकाइ अनुसरण गर्ने तथा खेलकुद प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालनमा सहयोग गर्नसमेत उनले सबैमा आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १८:१३
पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...
बैशाख ११ गते, २०८३ - १८:०३
काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...
बैशाख ११ गते, २०८३ - १७:४४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...
बैशाख ११ गते, २०८३ - १७:३५
काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...
बैशाख ११ गते, २०८३ - १७:२५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...
बैशाख ११ गते, २०८३ - १७:१४
काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...
बैशाख ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...
बैशाख ११ गते, २०८३ - १७:००
काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...
बैशाख ११ गते, २०८३ - १६:५२
काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...
बैशाख ११ गते, २०८३ - १६:३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...


प्रतिकृया लेख्नुहोस्: