Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

रूपन्देहीमा एक हजार १२ थान असुरक्षित एलपी ग्यास सिलिण्डर नष्ट

फइल तस्विर
खबरडबली संवाददाता

रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सिलिण्डर नष्ट गरेको छ। प्रयोगका लागि असुरक्षित देखिएका सिलिण्डरहरू आज उद्योग परिसरमै नष्ट गरिएको हो।

त्रिशूल ग्यास प्रालिका प्रबन्धक देवीप्रसाद भुसालका अनुसार लामो समयदेखि प्रयोगमा रहेका, म्याद गुज्रिएका तथा प्राविधिक मापदण्ड पूरा नगर्ने सिलिण्डरहरू उपभोक्तामा जोखिम निम्त्याउन सक्ने भएकाले स्क्रयाप गर्ने निर्णय गरिएको हो। “उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रयोगका लागि असुरक्षित ठहरिएका सिलिण्डर नष्ट गरेका हौँ,” उनले बताए।

उद्योगमा रहेको त्रिशूल ब्रान्डको लोगो अंकित एलपी ग्यास सिलिण्डरहरू नियमानुसार स्क्रयाप गरिएको भुसालले जानकारी दिए। उनका अनुसार सिलिण्डरहरूको नियमित परीक्षणका क्रममा प्राविधिक रूपमा कमजोर देखिएका र म्याद नाघेका सिलिण्डरहरू चरणबद्ध रूपमा नष्ट गर्ने नीति लिइएको छ।

भुसालका अनुसार यसअघि पनि त्रिशूल ग्यास प्रालिले यस्तै प्रक्रिया अपनाइसकेको छ। “२०७७ सालमा एभरेष्ट ग्यास संसार अन्तर्गतको त्रिशूल ग्यास प्रालिले त्रिशूल ग्यास ब्रान्डकै एक हजार १५ थान सिलिण्डर नष्ट गरेको थियो,” उनले स्मरण गराए।

ग्यास सिलिण्डरको नियमित परीक्षण, मर्मत तथा म्याद गुज्रिएपछि स्क्रयाप नगर्दा विस्फोट, आगलागी र मानवीय क्षति हुन सक्ने जोखिम रहन्छ। पछिल्लो समय ग्यास प्रयोग बढ्दै गएकाले सिलिण्डरको गुणस्तर र सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

उद्योगले एलपी ग्यासको भण्डारण, वितरण र सिलिण्डर व्यवस्थापनमा नेपाल सरकार तथा सम्बन्धित निकायले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै आएको पनि प्रबन्धक भुसालले दाबी गरे। उनका अनुसार आगामी दिनमा पनि असुरक्षित देखिएका सिलिण्डरहरू क्रमशः नष्ट गर्दै सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने योजना रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...

रसुवागढी अन्तर्राष्ट्रिय नाका पुन: सञ्चालनमा, बेलिब्रिजबाट सवारी आवत–जावत शुरु

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...

सुनसरीमा गोलीकाण्डपछि स्थिति तनावग्रस्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...

चितवन किन बन्यो रवि लामिछाने र रास्वपाको शक्ति केन्द्र?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग डाइभर्सनमै सञ्चालन, यात्रुलाई सास्ती (तस्विरहरु)

पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ, सिकार खेल्ने क्रममा एक जनाको मृत्यु

जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ र जटिल मस्तिष्क शल्यक्रिया सफल

काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...

रूपन्देहीमा एक हजार १२ थान असुरक्षित एलपी ग्यास सिलिण्डर नष्ट

रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...

भोजपुरमा २ हजार ३७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending