त्रिशूल ग्यास प्रालिका प्रबन्धक देवीप्रसाद भुसालका अनुसार लामो समयदेखि प्रयोगमा रहेका, म्याद गुज्रिएका तथा प्राविधिक मापदण्ड पूरा नगर्ने सिलिण्डरहरू उपभोक्तामा जोखिम निम्त्याउन सक्ने भएकाले स्क्रयाप गर्ने निर्णय गरिएको हो। “उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रयोगका लागि असुरक्षित ठहरिएका सिलिण्डर नष्ट गरेका हौँ,” उनले बताए।
उद्योगमा रहेको त्रिशूल ब्रान्डको लोगो अंकित एलपी ग्यास सिलिण्डरहरू नियमानुसार स्क्रयाप गरिएको भुसालले जानकारी दिए। उनका अनुसार सिलिण्डरहरूको नियमित परीक्षणका क्रममा प्राविधिक रूपमा कमजोर देखिएका र म्याद नाघेका सिलिण्डरहरू चरणबद्ध रूपमा नष्ट गर्ने नीति लिइएको छ।
भुसालका अनुसार यसअघि पनि त्रिशूल ग्यास प्रालिले यस्तै प्रक्रिया अपनाइसकेको छ। “२०७७ सालमा एभरेष्ट ग्यास संसार अन्तर्गतको त्रिशूल ग्यास प्रालिले त्रिशूल ग्यास ब्रान्डकै एक हजार १५ थान सिलिण्डर नष्ट गरेको थियो,” उनले स्मरण गराए।
ग्यास सिलिण्डरको नियमित परीक्षण, मर्मत तथा म्याद गुज्रिएपछि स्क्रयाप नगर्दा विस्फोट, आगलागी र मानवीय क्षति हुन सक्ने जोखिम रहन्छ। पछिल्लो समय ग्यास प्रयोग बढ्दै गएकाले सिलिण्डरको गुणस्तर र सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।
उद्योगले एलपी ग्यासको भण्डारण, वितरण र सिलिण्डर व्यवस्थापनमा नेपाल सरकार तथा सम्बन्धित निकायले तोकेका सुरक्षा मापदण्ड पालना गर्दै आएको पनि प्रबन्धक भुसालले दाबी गरे। उनका अनुसार आगामी दिनमा पनि असुरक्षित देखिएका सिलिण्डरहरू क्रमशः नष्ट गर्दै सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने योजना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: