Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ, सिकार खेल्ने क्रममा एक जनाको मृत्यु

खबरडबली संवाददाता

जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान करिब ९ बजे बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना स्थानीय जंगल क्षेत्रमा सिकार खेल्न गएका थिए। सोही क्रममा प्रचण्डदेव सिंहको मृत्यु भएपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो।

घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थल तथा आसपासको क्षेत्रमा अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा घटनास्थल नजिकैको खाल्डोमा लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंह रहेका छन्।

प्रहरीले अभियुक्तहरूको साथबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद तथा भरुवा बन्दुकमा प्रयोग हुने २१ थान धातुका टुक्रा बरामद गरेको छ।

सूचना अधिकारी खड्काका अनुसार मृतक प्रचण्डदेव सिंहको मृत्यु कसरी र कुन परिस्थितिमा भएको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले सिकार खेल्ने क्रममा बन्दुक पड्किएर वा लापरवाहीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखी थप अनुसन्धान अघि बढाइएको छ। घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुसन्धान नै नभइ बिदा हुँदै पशुपति भेटी चोरीका मुख्य आरोपी कोषाध्यक्ष सुवेदी

काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...

रसुवागढी अन्तर्राष्ट्रिय नाका पुन: सञ्चालनमा, बेलिब्रिजबाट सवारी आवत–जावत शुरु

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...

सुनसरीमा गोलीकाण्डपछि स्थिति तनावग्रस्त, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...

चितवन किन बन्यो रवि लामिछाने र रास्वपाको शक्ति केन्द्र?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...

बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग डाइभर्सनमै सञ्चालन, यात्रुलाई सास्ती (तस्विरहरु)

पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ, सिकार खेल्ने क्रममा एक जनाको मृत्यु

जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको दुर्लभ र जटिल मस्तिष्क शल्यक्रिया सफल

काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...

रूपन्देहीमा एक हजार १२ थान असुरक्षित एलपी ग्यास सिलिण्डर नष्ट

रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...

भोजपुरमा २ हजार ३७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending