मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट्रिय सभा सदस्य मध्ये १८ जनाको निर्वाचन हुँदैछ भने एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेशका अनुसार यस प्रदेशबाट महिला र अन्य समूह गरी दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन्। हाल पदावधि सकिन लागेका दुवै सदस्य नवगठित नेपाली कम्युनिस्ट पार्टीका छन्। माओवादी केन्द्रकी गङ्गाकुमारी बेलबासे र एकीकृत समाजवादीका डा. बेदुराम भुषालको कार्यकाल समाप्त हुँदैछ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभारका आधारमा बागमती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा बलियो देखिएको छ। कांग्रेसको कुल मतभार ३,९९४ रहेको छ ।
यसपछि नेकपा (माओवादी केन्द्र र एकीकृत समाजवादी) को संयुक्त मतभार २,७३८ रहेको छ भने एमाले २,५७१ मतभारसहित तेस्रो स्थानमा छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्य ११० र स्थानीय तहका २३७ जना गरी ३४७ मतदाता रहनेछन्। कुल मतभार १०,३३३ तोकिएको छ। भ्रष्टाचार मुद्दामा निलम्बित नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत मतदानबाट वञ्चित हुनेछन् । अन्य दलतर्फ राप्रपाको ७०८, नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्रको १९ मतभार रहेको छ।
उम्मेदवार मनोनयन पुस २३ गते हुने निर्वाचन आयोगले जनाएको छ। मतदान हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा हुनेछ, जहाँ दुई मतदान केन्द्र तोकिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: