Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

पूर्वसूचना दिने साइरनले बाँकेमा मानव–हात्ती द्वन्द्व घटाउँदै

खबरडबली संवाददाता

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न थालेको छ। साइरनमार्फत समयमै सूचना प्राप्त हुन थालेपछि स्थानीयवासी सचेत हुने, सुरक्षित रूपमा हात्तीलाई बस्तीबाहिर फर्काउने तथा मानवीय र भौतिक क्षति कम गर्न सहयोग पुगेको छ।

राप्तीसोनारी गाउँपालिका–९ बुचापुरकी शान्ति चौधरीका अनुसार केही समयअघिसम्म साँझ परेपछि जङ्गली हात्ती बस्ती पस्ने त्रासले स्थानीय त्रसित हुने गर्थे। हात्तीले घर, अन्नबाली र खेतबारीमा क्षति पुर्‍याउनुका साथै मानवीय जोखिम पनि बढाउँथ्यो। अहिले भने बस्ती नजिकै जडान गरिएको सेन्सर साइरन बज्नेबित्तिकै स्थानीय सचेत भएर आवश्यक सावधानी अपनाउने गरेका छन्।

बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा वर्षौंदेखि मानव–हात्ती द्वन्द्व दोहोरिँदै आएको थियो। यही समस्या न्यूनीकरण गर्न जेडएसएल नेपालले पूर्वसूचनामा आधारित सेन्सर साइरन जडान गरेपछि स्थानीयको दैनिकीमा सकारात्मक परिवर्तन आएको छ।

जेडएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीका अनुसार हात्ती बस्तीतर्फ प्रवेश गर्नासाथ सेन्सर सक्रिय भई साइरन बज्छ, जसबाट स्थानीयले समयमै सूचना पाउँछन्। यसले नागरिकलाई सुरक्षित रूपमा एकजुट भएर हात्तीलाई बस्तीबाहिर फर्काउन सहयोग पुग्ने गरेको उनले बताए।

उनका अनुसार संस्थाले विभिन्न परियोजनामार्फत चार स्थानमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले विशेषगरी मानव–हात्ती द्वन्द्व कम गर्न सहयोग पुर्‍याएको छ।

बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवले गाउँमा हात्ती पस्नेबित्तिकै साइरन बज्ने भएकाले स्थानीयले समयमै सतर्कता अपनाउने र सम्भावित मानवीय क्षति रोक्न सहज भएको बताए।

स्थानीय राधिका सुनारका अनुसार पहिले हात्ती बस्तीमा प्रवेश गरेको जानकारी ढिलो हुँदा घर, अन्नबाली र अन्य सम्पत्तिमा ठूलो क्षति हुने गरेको थियो। अहिले साइरनले समयमै सूचना दिने भएकाले परिवारको सुरक्षा सुनिश्चित गर्न र क्षति कम गर्न सहज भएको छ।

बाँके राष्ट्रिय निकुञ्जमा हाल २५ भन्दा बढी जङ्गली हात्ती रहेको अनुमान छ। बस्ती सुरक्षित बनाउन तारबार गरिए पनि जङ्गलमा पर्याप्त आहारा अभावका कारण हात्ती बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेका छन्।

यस्तो अवस्थामा पूर्वसूचनामा आधारित सेन्सर साइरनले स्थानीयलाई समयमै सचेत गराउँदै सम्भावित दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी भूमिका खेलिरहेको छ। यसले मानव–हात्ती द्वन्द्व व्यवस्थापनको नयाँ र प्रभावकारी अभ्यासका रूपमा समेत स्थान बनाउँदै गएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...

धुलिखेल रिसोर्टबाट फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...

रुसद्वारा किभमा ठूलो क्षेप्यास्त्र आक्रमण: एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...

पूर्वसूचना दिने साइरनले बाँकेमा मानव–हात्ती द्वन्द्व घटाउँदै

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...

पोहोरभन्दा बढी संख्यामा मान्छे विदेश जाँदा अहिले सबै चुपचाप छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...

सप्तरी कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, कैदीबन्दीको अनशन जारी

राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending