Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रलोपा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच एकता

खबरडबली संवाददाता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा हस्ताक्षर गर्दै एकताको औपचारिक घोषणा गरिएको हो।

सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचन परिचालन तथा वार्ता–संवाद समिति संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानका संयोजक दलसिंह खत्री ‘मिसन’ ले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार जेन्जी जनआन्दोलनको अपनत्व लिँदै सम्पूर्ण सहिद तथा घाइते परिवारका मागहरू सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै सुशासन र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक अघि बढ्ने र व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका लगायत राज्यका अङ्गहरूमा पुनर्संरचनाका लागि पहल गर्ने विषयमा पनि सहमति भएको छ।

एकता प्रक्रियामा सचिवालयदेखि पार्टीका सबै तहमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्दै साङ्गठनिक एकता कायम गर्ने सहमति गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिनिधित्व हुने गरी उम्मेदवार तय गर्ने विषय पनि सहमतिमा समेटिएको छ।

सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘एकल खुलेको आँखा’ अन्तर्गत गोलबद्ध हुँदै सुशासन, लोकतन्त्र र परिवर्तनका पक्षमा एकताबद्ध हुन आम नागरिकलाई आह्वान गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

ब्राउन सुगर र नियन्त्रित लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...

प्रलोपा र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच एकता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...

प्रतिनिधिसभा निर्वाचनअघि नेकपा–माओवादी एकताको प्रयास, सघन छलफल जारी

समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास

‘अप्रेसन ब्राभो सेरा’: चुनावी सुरक्षा कि गाउँघरको मौन खतरा उजागर ?

म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...

समानुपातिक सूची संशोधनको समयसीमा: दलभित्रको शक्ति संघर्षको निर्णायक घडी

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...

खुसी बोकेको बसले फर्कायो मृत्युको खबर, मालिकामा विद्यार्थी बोकेको बसको ठक्करबाट दुईकाे मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न

एपीएफको गोलीकाण्ड: सीमामा सुरक्षा कि अराजकता?

काठमाडाैं । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बल (एपीएफ) का हवल्दारले चलाएको गोलीले एक सर्वसाधारणको ज्यान जानु केवल एउटा आपराधिक घटना होइन, यो राज्यको स...

किन बोलाए देउवाले कांग्रेस शीर्ष नेतालाई छलफलमा ?

काठमाडाैं । नेपाली कांग्रेसभित्र फेरि आन्तरिक राजनीति तातिन थालेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारीमा सक्रियता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending