Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प

खबरडबली संवाददाता

फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्रदर्शनकारीमाथि हिंसा गरे अमेरिका ‘उनीहरूको उद्धारका लागि अघि बढ्ने’ बताए ।

इरानका विभिन्न सहरमा बिहीबार प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको थियो, जसमा कम्तीमा छ जनाको मृत्यु भएको इरानी सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय इरानको बढ्दो महँगी, आर्थिक मन्दी र बेरोजगारीको विरोधमा राजधानी तेहरानबाट सुरु भएको आन्दोलन अन्य सहरमा फैलिएको हो । 

केही व्यापारीले पसल बन्द गरेर विरोध जनाएका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत इरानले ‘शान्तिपूर्ण प्रदर्शनकारीलाई हिंसात्मक रूपमा मार्ने परम्परा’ दोहोर्याएमा अमेरिका ‘लक्ड एन्ड लोडेड’ अवस्थामा रहेको उल्लेख गरे। यस अभिव्यक्तिप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको भनाइलाई ‘लापरवाह र खतरनाक’ भन्दै कुनै पनि बाह्य हस्तक्षेपले क्षेत्रीय अस्थिरता निम्त्याउने चेतावनी दिए । 

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख अली लारिजानीले अमेरिकी हस्तक्षेप भए सम्पूर्ण क्षेत्र अस्थिर हुने र अमेरिकाकै हितमा क्षति पुग्ने बताए। सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका सल्लाहकार अली शमखानीले पनि इरानको सुरक्षा ‘रेड लाइन’ भएको भन्दै कुनै हस्तक्षेपको कडा जवाफ दिइने चेतावनी दिएको छन् ।

यद्यपि, राष्ट्रपति मसूद पेजेश्कियानसहित इरानी नेताले आर्थिक समस्याका कारण भएको शान्तिपूर्ण प्रदर्शनलाई जायज भएको बताए। पेजेश्कियानले जनताको आर्थिक पीडालाई सम्बोधन नगरे सरकार नै नैतिकरूपमा दोषी ठहरिने बताए। तर, सरकारले अव्यवस्था र हिंसालाई भने सहन नसकिने स्पष्ट पारेको छ ।

इरानको अर्थतन्त्र वर्षौदेखि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण कमजोर बनेको छ । उच्च मुद्रास्फीति, अवमूल्यन भएको मुद्रा र रोजगारीको अभावले जनजीवन प्रभावित भएको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले इरानी अधिकारीलाई अभिव्यक्ति, सङ्गठन र शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न आग्रह गरेको छन् । 

यसैबिच, भेनेजुएलाले पनि ट्रम्पको ‘टकरावपूर्ण’ अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै इरानमाथिको हस्तक्षेपले क्षेत्रीय स्थिरतामा असर पार्ने जनाएको छ । हालका प्रदर्शन सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको व्यापक आन्दोलनभन्दा साना भए पनि कम्तीमा २० सहरमा प्रभाव परेको बताइएको छ । सामाजिक सञ्जालमा आएका धेरै भिडियो स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका भेनेजुएला तनाव: भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्– मादुरो जीवित रहेको प्रमाण चाहियो

काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्...

महामन्त्रीद्वयसँग कानुनविदले भने: विशेष महाधिवेशन रोक्ने अधिकार कसैलाई छैन

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने अधिकार कसैलाई नभएको कानुनविद्हरूले बताएका छ...

कङ्गोमा विद्रोही आक्रमण, १४ जनाको मृत्यु

कङ्गो। अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर(पश्चिम नर्थ ...

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेको ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन्। भेनेजुएलाको राजधानी काराकासमा ...

पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन दिन हुँदैन: धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई कुनै पनि हालतमा विभाजित हुन नदिने र एकतावद्ध बनाउनेमा जोड रहने बताएका छन्। शनिबार डा।...

अमेरिकी सैन्य हमला : भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...

झापा–५ बाट केपी ओलीको नाम एकल सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...

पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमालेका नेता रास्वपा प्रवेश

पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...

इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प

फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक : विश्वकप देखि उमेर समूहको क्रिकेटसम्म

काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending