Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्यूयोर्कको हिरासत पुर्‍याइयो

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्‍याइएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताएका थिए।

मदुरो र उनकी पत्नीलाई न्यूयोर्क ल्याइँदै गरिएको तस्बिर उनले सामाजिक सञ्जाल ट्रूथ मार्फत् सार्वजनिक गरेका थिए। ट्रम्पले 'यूएसएस इवो जिमा' युद्धपोतभित्र आँखामा पट्टी बाँधिएको अवस्थामा मदुरोको तस्बिर सार्वजनिक गरेका थिए।

न्यूयोर्कको स्टुवर्ट एअर न्याश्नल गार्ड बेसमा अवतरणपछि उनलाई हेलिकप्टरमार्फत म्यानहटन पुर्‍याइएको थियो। त्यहाँबाट मदुरो दम्पतीलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर लगिएको छ।

यद्यपि अधिकारीहरूले यसको आधिकारिक पुष्टि गरेका छैनन्। राष्ट्रपति ट्रम्पले "सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म" भेनेजुएलाको शासन सत्ता अमेरिकाले "चलाउने" बताएका छन्।

कराकासस्थित भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेज देशको सर्वोच्च नेता रहने आदेश जारी गरेको छ।

उनले अब अन्तरिम राष्ट्रपतिका रूपमा काम गर्ने ठानिएको छ। समाचार संस्था रोएटर्सका अनुसार अदालतले आफ्नो आदेशमा रोड्रिगेजले उक्त पदमा रहेर "प्रशासकीय कामकारबाहीको निरन्तरता र राष्ट्रको बृहत् सुरक्षाको सुनिश्चितता" गर्नुपर्ने उल्लेख गरेको छ।

बीबीसीका संवाददादाता टम बेटमनका अनुसार ट्रम्पले आफ्नो देशमा लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न नभई त्यहाँको विशाल तेल दोहन गर्ने नियत राखेको कतिपय भेनेजुएलाका नागरिकहरूको विश्वास छ।

सरकारी टेलिभिजनमार्फत् सम्बोधन गर्दै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले यसअघि देशका एक मात्र राष्ट्रपति मदुरो नै भएको बताएकी थिइन्।

भेनेजुएलाले "अत्यन्त गम्भीर सैनिक आक्रमण" भएको भन्दै देशभरि राष्ट्रिय आपत्काल घोषणा गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending