Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

रास्वपाको समानुपातिक बन्दसूचीबाट मिलन लिम्बूले लिए नाम फिर्ता

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीबाट मिलन लिम्बूले आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्।

रास्वपाको आदिवासी जनजाति पुरुष क्लस्टरअन्तर्गत छैटौँ नम्बरमा सिफारिस भएका लिम्बूले सोमबार सामाजिक सञ्जालमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको छैटौँ नम्बरमा समावेश रहे पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु।”

लिम्बूका अनुसार संविधानले सुनिश्चित गरेको समानुपातिक तथा समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताका आधारमा पार्टी नेतृत्वसँगको सल्लाहमै उनले उम्मेदवारी दिएका थिए। तर, वर्तमान अवस्थामा पार्टीभित्र एकता कायम गर्न र विभिन्न पृष्ठभूमिबाट आएका सदस्यहरूलाई समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले नेतृत्वको अवस्थालाई बुझेर निर्णय लिएको बताएका छन्।

पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र आम सदस्य तथा नेता–कार्यकर्ताको भावनाको सम्मानका लागि आफूले बन्दसूचीबाट नाम फिर्ता लिएको लिम्बूले स्पष्ट पारेका छन्।

लिम्बू २०८१ सालमा इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा रास्वपाका उम्मेदवार थिए। उक्त उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका थिए भने लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नै परिवारलाई स्वकीय राख्न एमाले सांसदलाई रोक, शैक्षिक योग्यता पनि अनिवार्य

काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...

सरकारको निष्ठा र नियतमाथि शंका छैन, तर काम गर्ने ढंग अपेक्षाअनुसार भएन: मनिष झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...

ग्यास कालोबजारी गरे जफत

मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...

उम्मेदवार छनोटमा आर्थिक चलखेल गरे रास्वपाबाट तत्काल निष्कासन हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...

मोबाइल सेवामा सुधार गर्न प्राधिकरणको कडाइ, सेवा प्रदायकलाई आठबुँदे निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...

सर्वोच्चद्वारा मिलन गुरुङ दम्पतीलाई अन्तिम सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...

मुदण्डाको घरमा छापा प्रकरण : सूचनाको भेरिफाइमै कमजोरी भएको प्रहरी मुख्यालयको स्वीकार

काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...

भदौदेखि शैक्षिक र पेसागत मागसहित आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...

सीमा अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...

आर्थिक सुस्तता हटाउन निजी क्षेत्रसँग सरकारको छलफल, लगानी विस्तारमा जोड

काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending