काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीबाट मिलन लिम्बूले आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्।
रास्वपाको आदिवासी जनजाति पुरुष क्लस्टरअन्तर्गत छैटौँ नम्बरमा सिफारिस भएका लिम्बूले सोमबार सामाजिक सञ्जालमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको छैटौँ नम्बरमा समावेश रहे पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु।”
लिम्बूका अनुसार संविधानले सुनिश्चित गरेको समानुपातिक तथा समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताका आधारमा पार्टी नेतृत्वसँगको सल्लाहमै उनले उम्मेदवारी दिएका थिए। तर, वर्तमान अवस्थामा पार्टीभित्र एकता कायम गर्न र विभिन्न पृष्ठभूमिबाट आएका सदस्यहरूलाई समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले नेतृत्वको अवस्थालाई बुझेर निर्णय लिएको बताएका छन्।
पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र आम सदस्य तथा नेता–कार्यकर्ताको भावनाको सम्मानका लागि आफूले बन्दसूचीबाट नाम फिर्ता लिएको लिम्बूले स्पष्ट पारेका छन्।
लिम्बू २०८१ सालमा इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा रास्वपाका उम्मेदवार थिए। उक्त उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका थिए भने लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १७:०३
काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...
माघ १७ गते, २०८२ - १६:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...
माघ १७ गते, २०८२ - १६:३७
टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...
माघ १७ गते, २०८२ - १६:२९
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...
माघ १७ गते, २०८२ - १६:०६
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...
माघ १७ गते, २०८२ - १५:५२
काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...
माघ १७ गते, २०८२ - १५:४६
काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...
माघ १७ गते, २०८२ - १४:५३
धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...
माघ १७ गते, २०८२ - १४:३४
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...
माघ १७ गते, २०८२ - १४:०६
नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...



प्रतिकृया लेख्नुहोस्: