वीरगन्ज। जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधिको दोश्रो पटक समय थपेर मङ्गलबार साँझ ६ सम्म पुर्याएको छ।
दुई समूहबिच धार्मिक तथा सामाजिक तनाव बढेपछि सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले पहिलो पटक वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म त्यसपछि दिउँसो १ बजेसम्म र पछिल्लोपटक मङ्गलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले मङ्गलबार दिउँसो एक सूचना जारी गर्दै पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शङ्कराचार्य गेटलाई चारकिल्ला तोकी जारी गरिएको कर्फ्यु आदेश पछिल्लो सुरक्षा वस्तुस्थितीलाई मध्यनजर गर्दै मङ्गलबार साँझ ६ बजेसम्म निरन्तरता दिइएको जानकारी दिनु भएको हो।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेबाट अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम सोही क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो त्यसपछि स्थानीय प्रशासनले सोमबार बेलुकी ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो भने पहिलो पटक मङ्गलबार दिउँसो १ बजेसम्म त्यस पछि मङ्गलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।
कर्फ्यु आदेश जारी भएको क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला ,जुलुश, प्रदर्शन , सभा , बैठक , घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी भएको सूचनामा उल्लेख छ।
कर्फ्यु का बेलामा सुरक्षकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाट ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी निस्किन सुचनामा भनिएको छ।
त्यस्तैगरी कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८२ - १७:१८
काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयक...
पौष २३ गते, २०८२ - १७:००
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि हालतमा पार्टी एकता कायम राख्ने बताएका छन्। अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता जोग...
पौष २३ गते, २०८२ - १६:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका डा। रामजी रामले आफ्नो नाम फिर्ता लिएका छन्। दलित समुदायको गौरव र दीर्घकालीन प्रतिनि...
पौष २३ गते, २०८२ - १६:२८
लमजुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट प्रत्यक्षतर्फको उम्मेदवारमा संस्थापक जिल्ला अध...
पौष २३ गते, २०८२ - १६:००
हिले। छुट्टाछुट्टै स्थानमा धनकुटामा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपा...
पौष २३ गते, २०८२ - १५:५१
काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम...
पौष २३ गते, २०८२ - १५:४२
विराटनगर। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद...
पौष २३ गते, २०८२ - १५:३४
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन्। छलफल...
पौष २३ गते, २०८२ - १५:०६
काठमाडौँ । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेका छन्। सूचना ...
पौष २३ गते, २०८२ - १४:५६
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। सूचना प्रसार उपसमितिले बुधब...




प्रतिकृया लेख्नुहोस्: