ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले इन्जिनियरिङ पेसालाई सम्मानित बनाउन तथा रोजगारी बढाउन ध्यान दिएर काम गर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा मंगलबार आयोजित ‘मन्त्रीसँग इन्जिनियरका कुराः पेसागत मुद्दा सम्बोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री घिसिङले इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्नुपर्नेमा जोड दिँदै यसका लागि श्रम मन्त्रालयले नै व्यवस्थापन एवं निर्देश गर्नुपर्ने आवश्यकता रहेको बताए ।
“इन्जिनियरहरुका समस्या समाधान गर्न ध्यान दिन्छौँ, आर्थिक रुपान्तरणले नै इन्जिनियरहरुको रोजगारीमा प्रभाव पार्छ, निजी एवं सार्वजनिक संस्थानमा इन्जिनियरको धेरै माग छ, माग अनुसार पदपूर्ति नहुँदा काम गर्न समस्या भएको छ”, मन्त्री घिसिङले भने ।
कतिपय निजी कम्पनीले गैरप्राविधिक राखेर पनि काम गरिरहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जनाका लागि नीतिगत व्यवस्था आवश्यक भएको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले इन्जिनियरका समस्या समाधान गर्न ऐन कानुन संशोधन गर्नेलगायतका काममा मन्त्रालयले सहजीकरण गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - ०८:०५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ। सरकारद्वारा जारी सूचनाअनुसार, प्रह...
पौष २४ गते, २०८२ - ०७:५१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइ...
पौष २४ गते, २०८२ - ०७:४५
काठमाडौँ । करिब ११५ दिन मन्त्री भएर राजीनामा दिएका कुलमान घिसिङले हालसम्म आफू कुनै पनि दलमा सहभागी भएको वा सदस्यता नलिएको दाबी गरेका छन् । प्रधानमन...
पौष २४ गते, २०८२ - ०७:४०
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्न...
पौष २४ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको...
पौष २४ गते, २०८२ - ०७:१३
काठमाडौँ। निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुर...
पौष २३ गते, २०८२ - ०९:१०
गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर...
पौष २३ गते, २०८२ - ०९:०६
मुस्ताङ । यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाका...
पौष २३ गते, २०८२ - ०९:०२
काठमाडौं । राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन ह...
पौष २३ गते, २०८२ - ०८:५४
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरू भएको कार्यसम्पादन समिति बैठक राष्ट्रिय सभा निर्वाचनमा ...




प्रतिकृया लेख्नुहोस्: