Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

भेनेजुएलापछि ट्रम्पले आँखा लगाउन सक्ने पाँच देशहरू

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल उनको विदेश नीतिको महत्त्वाकाङ्क्षाले परिभाषित गर्दै छ। उनले सबैभन्दा पहिले भेनेजुएलालाई धम्की दिए अनि त्यसपछि उच्च सुरक्षाभित्र रहेका राष्ट्रपति निकोलास मदुरो र उनकी श्रीमतीलाई रातारात कब्जा गरेर अमेरिका पुर्‍याए।

यो कारबाहीलाई ट्रम्पले अमेरिकाका तत्कालीन राष्ट्रपति जेम्स मुन्‍रोले सन् १८२३ मा प्रतिपादन गरेको सिद्धान्तसँग जोडेर व्याख्या गरेका छन्। यसलाई पछिल्लो समय डोनल्ड ट्रम्पकै समेत नाम जोडेर 'डोन्‍रो डक्ट्रिन'का रूपमा समेत चर्चा गरिएको छ।

वाशिङ्टनको नजरमा परेका अन्य देशहरूविरुद्ध उनले पछिल्ला दिनमा दिएका केही चेतावनी हेरौँ।

डेन्मार्क

डेन्मार्कको नियन्त्रणमा रहेको ग्रीनल्यान्डमा अमेरिकाको यसअघि नै पिटुफीक स्पेस बेस छ। तर ट्रम्प पूरै टापु आफ्नो बनाउन चाहन्छन्।

"राष्ट्रिय सुरक्षाका दृष्टिकोणले पनि हामीलाई ग्रीनल्यान्ड चाहिन्छ", उनले पत्रकारहरूसँग भनेका छन्। उनका अनुसार यो क्षेत्र "जताजतै चिनियाँ र रुसी पानीजहाजले ढाकिएको छ।"

डेन्मार्कको भूभागअन्तर्गत पर्ने यो ध्रुवीय टापु अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा देशको सीमाभन्दा ३,२०० किलोमिटर टाढा पर्छ।

यो टापुमा बहुमूल्य सुन र प्ल्याटिनमदेखि लिथिअम र टाइटानिअमसहितका आठ वटा दुर्लभ धातु अनि 'रेअर अर्थ एलिमन्ट' सूचीकृत छन्। रेअर अर्थ धातु स्मार्ट फोनदेखि विद्युतिय सवारीसाधन र सैन्य उपकरणको उत्पादनका लागि समेत अत्यावश्यक छन्। अहिले चीनले अमेरिकाको भन्दा निकै धेरै रेअर अर्थ खनिज उत्पादन गरिरहेको छ।

ग्रीनल्यान्डले उत्तर एट्लान्टिक क्षेत्रको खास रणनीतिक भूभाग पनि ओगटेको छ। 'आर्क्टिक सर्कल'का लागि महत्त्वपूर्ण पहुँचका लागि पनि अमेरिकाका लागि यो ठाउँ खास छ।

आगामी वर्षहरूमा ध्रुवीय बरफ पग्लँदै जाँदा त्यो ठाउँबाट नयाँ जलमार्ग खुल्ने अपेक्षा पनि गरिएको छ।

ग्रीनल्यान्डका प्रधानमन्त्री येन्स फ्रेड्रिक निल्सनले उक्त टापु आफ्नो नियन्त्रणमा लिने अमेरिकी प्रस्ताव "काल्पनिक" भएको टिप्पणी गरेका छन्।

"दबाव चाहिँदैन। सङ्केतहरू चाहिँदैनन्। टुक्राउने कल्पना नगर। हामी वार्ताका लागि तयार र खुला छौँ। तर यो उचित बाटोबाट हुनुपर्छ र अन्तर्राष्ट्रिय कानुनको सम्मानसहित हुनुर्छ," उनले भने।

ग्रीनल्यान्डमा कोइला र युरेनिअमसहित ऊर्जा उत्पादनमा प्रयोग हुने तत्त्वहरू अनि हीरा र माणिकजस्ता बहुमूल्य पत्थरहरू पनि पाइन्छन्। यो क्षेत्र तेल र ग्यासको ठूलो भण्डार भएको पनि दाबी गरिएको छ। तर ती खानीहरू पहिचान हुन बाँकी छन्।

कोलम्बिया

भेनेजुएलामा कारबाहीपछि ट्रम्पले कोलम्बियाका राष्ट्पति गुस्टाभो पेट्रोलाई चेतावनी दिएका छन्।

भेनेजुएलाको पश्चिमी छिमेकी कोलम्बिया पनि उल्लेख्य मात्रामा तेलको भण्डारण भएको देश हो। यो देश सुन, चाँदी, पन्ना, प्ल्याटिनम र कोइलाको पनि धनी देश हो।

यो क्षेत्रको लागुऔषध कारोबारको केन्द्र पनि कोलम्बिया हो, विशेष गरी कोकेनका लागि।

अमेरिकाले सेम्टेम्बरबाट क्यारिबीअन र पूर्वी प्रशान्त क्षेत्रमा कुनै पनि प्रमाणबिना लागुऔषध बोकेका डुङ्गाहरूमा आक्रमण सुरु गरेपछि कोलम्बियाका वामपन्थी राष्ट्रपतिसँग उनको विवाद बढ्दै गएको छ।

अमेरिकाले लागुऔषध गिरोहलाई "फैलने" अवसर दिएको भन्दै पेट्रोमाथि गत अक्टोबरमा प्रतिबन्धहरू लगाएको थियो।

आइतवार एअर फोर्समा उड्दै गर्दा ट्रम्पले भने,"कोलम्बिया एक जना बिरामी मान्छेले चलाइरहेका छन्। उनी कोकेन बनाएर अमेरिकामा बेच्न रुचाउँछन्। अब उनले धेरै लामो समय यो गरिरहन पाउँदैनन्", उनले भने।

अमेरिकाले कोलम्बियालाई लक्षित गरेर आक्रमण गर्छ कि गर्दैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, "यो कुरा मलाई राम्रै लाग्यो।"

ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने कोलम्बिया लागुऔषध नियन्त्रणको युद्धमा अमेरिकाको निकट सहयोगी देश हो। लागुऔषध गिरोह नियन्त्रणका लागि कोलम्बियाले अमेरिकाबाट वर्षेनि दशौँ लाख डलर सैन्य सहायता पाउँदै आएको छ।

इरान

इरानमा अहिले ठूल्ठूला सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन्। यदि थप प्रदर्शनकारीहरूको मृत्यु भए अधिकारीहरूले "नराम्रो परिणाम भोग्नुपर्ने" चेतावनी ट्रम्पले गत रात दिएका छन्।

"हामीले निकै नजिकबाट नियालिरहेका छौँ। यदि विगतमा जस्तै मानिसहरू मार्न थाले भने उनीहरूले अमेरिकाबाट निकै नराम्रो परिणामको सामना गर्नुपर्ने हुनसक्छ," उनले एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भने।

सैद्धान्तिक रूपमा इरान 'डोन्‍रो डक्ट्रिन' भन्दा बाहिर पर्छ। यद्यपि ट्रम्पले यसअघि पनि इरानी सत्तालाई चेतावनी दिएका छन्। उनले गत वर्ष इरानका परमाणविक पूर्वाधारहरूमा आक्रमणपछि पनि त्यहाँको सत्तालाई चेतावनी दिएका थिए।

इजरेलले इरानले विकास गर्ने पारमाणविक शक्ति निस्तेज पार्ने गरी ठूलो स्तरको आक्रमण गरेपछि अमेरिकाले थप आक्रमण गरेको थियो। त्यस बेला इजरेल र इरानबीच १२ दिन लामो द्वन्द्वसमेत भएको थियो।

गत साता इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र ट्रम्पबीच मार-ए-लागोमा भएको भेटको प्रमुख विषय नै इरान भएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यमले सन् २०२६ मा इरानमाथि सम्भावित आक्रमण हुन सक्ने उल्लेख गरेका छन्।

मेक्सिको

सन् २०१६ मा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने चुनावी नाराकै कारण ट्रम्प राष्ट्रपति बनेका थिए।

सन् २०२५ मा पुनः राष्ट्रपतिको कार्यभार सम्हालेपछि उनले हस्ताक्षर गरेको पहिलो कार्यकारी आदेशमा गल्फ अफ मेक्सिकोलाई "गल्फ अफ अमेरिका" नामकरण गर्ने उल्लेख छ।

उनले मेक्सिकोका अधिकारीहरूले अमेरिकामा गैरकानुनी आप्रवासी र लागुऔषधको प्रवाह रोक्न कुनै कदम नचालेको आरोप लगाएका छन्।

आइतवार ट्रम्पले मेक्सिकोबाट लागुऔषध "थुप्रिएको" भन्दै आफूहरूले "केही न केही गर्नुपर्ने अवस्था आएको" बताएका थिए। उनले त्यहाँका तस्करहरूको गिरोह "धेरै बलियो" रहेको बताएका छन्।

मेक्सिकोका राष्ट्रपति क्लाउडिआ शेइनबाअमले मेक्सिकोको भूमिमा अमेरिकी सैन्य कारबाहीको सार्वजनिक माध्यममै अस्वीकार गरेका छन्।

क्यूबा

फ्लोरिडाबाट जम्मा १४५ किलोमिटर मात्रै दक्षिणमा रहेको यो टापु सन् १९६०को दशकबाटै अमेरिकी प्रतिबन्धको सामना गरिरहेको छ। निकोलास मदुरोको भेनेजुएलासँग पनि क्यूबाको राम्रो सम्बन्ध छ।

आइतवार ट्रम्पले क्यूबामा अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता नै नभएको बताए। उनका अनुसार क्युबाको सत्ता आफैँ "ढल्ने तयारीमा छ।"

"हामीले कुनै कदम चाल्नुपर्छ जस्तो नै मलाई लाग्दैन,"उनले भने। "त्यो ढल्नै लागेको जस्तो देखिन्छ।"

"थाहा छैन, उनीहरू रोक्न पनि सक्छन् तर क्यूबाको कुनै आम्दानी नै छैन," उनले थपे, "उनीहरूले सबै शक्ति नै भेनेजुएलाबाट आर्जन गरेका हुन्, भेनेजुएलाको तेलबाट।"

क्यूबाकै आप्रवासीबाट जन्मिएका अमेरिकी विदेशमन्त्री मार्को रुबिओले लामो समयदेखि क्यूबामा सत्ता परिवर्तन हुनुपर्ने बताइरहेका छन्। शनिवार उनले भने, "राष्ट्रपतिको भनाइलाई गम्भीर रूपमा लिनुपर्छ।"

"यदि म हभानमा थिएँ र म सरकारमा थिएँ भने, म पक्कै चिन्तित हुने थिएँ, कम्तीमा अलिकति भए पनि," उनले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending