Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

नेपाल टेलिकमको जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अद्यावधिक परीक्षण सुरु

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत ग्राहक विवरण अद्यावधिक गर्ने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ । कम्पनीले ग्राहकको पहिचान तथा विवरण व्यवस्थापनलाई सरल, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘अनलाइन केवाईसी अद्यावधिक’ सेवा परीक्षणका रूपमा सुरु गरेको जनाएको छ ।

टेलिकमका अनुसार, जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताको कम्पनीमा अभिलेखमा रहेको ग्राहक विवरण केवाईसीका आधारमा अद्यावधिक गर्ने कार्य अनलाइन प्रणालीमार्फत गर्न सकिने व्यवस्था परीक्षण चरणमा ल्याइएको हो । हाल दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।

अनलाइन केवाईसी अद्यावधिक प्रणालीको परीक्षण शुभारम्भ कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत रंगा सागर माले तथा प्रदेशिक निर्देशनालय काठमाडौं, वाग्मती प्रदेशका निर्देशक इन्द्र यादवले संयुक्त रूपमा उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत मालेले नेपाल टेलिकमको सेवालाई अझै ग्राहकमैत्री बनाउन प्रविधिको प्रयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रदेशिक निर्देशनालय काठमाडौं, वाग्मती प्रदेशका निर्देशक यादवले सीमित समयमै धेरै कार्य सम्पन्न हुन थालेको उल्लेख गर्दै यस प्रणालीले कम्पनीको उत्पादकत्व र सेवाको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे । साथै, दूरसञ्चार कार्यालय सुन्धाराका कार्यालय प्रमुख निर्मल चन्दले डिजिटल रूपान्तरण, कागजरहित कार्यप्रणाली र डाटा अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन यस प्रणालीले सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

यसअनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने अवस्था भएका ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन् । सो विवरणको आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणीकरण गरी अद्यावधिक गर्ने व्यवस्था गरिएको छ ।

पहिलो चरणको परीक्षणका क्रममा क्यूआर कोड स्क्यान गर्न नसक्ने ग्राहकका लागि नेपाल टेलिकमको वेबसाइट तथा एपमार्फत पनि ग्राहक विवरण भर्न सकिने सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार, सुन्धारास्थित दूरसञ्चार कार्यालयमा परीक्षण सफल भएपछि क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय र त्यसपछि उपत्यकाबाहिरका कार्यालयमा समेत यो सेवा विस्तार गरिनेछ ।

नेपाल टेलिकमले अनलाइन केवाईसी अद्यावधिक प्रणालीमार्फत ग्राहक सेवामा सहजता ल्याउने, सेवा प्रवाहलाई पारदर्शी बनाउने र डिजिटल प्रविधिको प्रयोगमार्फत समय तथा लागत दुवैको बचत गर्ने लक्ष्य लिएको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशनको पक्षमा काठमाडौं कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...

नियमित महाधिवेशनको बहानामा नेतृत्व परिवर्तन टार्न खोजिँदैछ : गगन थापा

विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक

राप्रपाद्वारा प्रधानमन्त्री कार्कीलाई पृथ्वी जयन्तीकाे निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...

बालुवाटारमा ओली–कार्कीबीच भेट, निर्वाचनबारे तीन घण्टा छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...

राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू बालुवाटारमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...

बसमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! नगद र सुनको सिक्री चोरी गर्ने गिरोहका चार जना काठमाडौंमा पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...

विशेष महाधिवेशनको पक्षमा रसुवा कांग्रेस पनि खुल्यो

जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान

जेनजी आन्दोलनपछि पनि कारागार सुरक्षा चुनौतीमै

सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी

केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र

काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending