Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

विभाजनको संघारमा कांग्रेसः महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको औपचारिक आह्वान

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्दै सार्वजनिक रूपमा संस्थापन पक्षसँग टकरावको बाटो रोजेका छन् ।

बुधबार संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेका हुन् । उनीहरूले विशेष महाधिवेशन बोलाउनु महाधिवेशन प्रतिनिधिको वैधानिक, संवैधानिक र राजनीतिक अधिकार भएको दाबी गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पौष २८ भित्र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूको तर्फबाट गरिएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो । पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनीतिक रूपमा अपरिहार्य तथा बाध्यकारी भइसकेको छ ।’

महामन्त्रीद्वयले पार्टी विधानको पालना नगर्दै नेतृत्वले जिम्मेवारीविहीन व्यवहार देखाएको आरोपसमेत लगाएका छन् । विधानबमोजिम अनिवार्य रहेको विशेष महाधिवेशन नबोलाइनु, पार्टीको आन्तरिक लोकतन्त्र कुण्ठित हुनु र जिम्मेवारीअनुसार काम नगर्नु पार्टी विधान तथा राजनीतिक दलसम्बन्धी कानुनविपरीत भएको उनीहरूको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ,‘विधानको धारा ३(१२) र धारा २७(१) को व्यवस्थालाई आत्मसात् गर्दै नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार मिति २०८२ साल पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई यसलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आह्वान गर्दछौं ।’

महामन्त्रीद्वयका अनुसार विशेष महाधिवेशन अब केवल विकल्प मात्र नभई कानूनी र राजनीतिक बाध्यता बनिसकेको छ । पार्टीभित्र लामो समयदेखि देखिएको निर्णयहीनता, नेतृत्वको एकाधिकार प्रवृत्ति र संगठनात्मक जडताको अन्त्यका लागि विशेष महाधिवेशन आवश्यक भएको उनीहरूको तर्क छ ।

यता, कांग्रेसको संस्थापन पक्षले भने महामन्त्रीद्वयद्वारा आह्वान गरिएको विशेष महाधिवेशनलाई अस्वीकार गर्दै त्यसमा सहभागी नहुन पार्टी पङ्क्तिलाई निर्देशन दिइसकेको छ । संस्थापन पक्षको यस्तो निर्देशनपछि पार्टीभित्रको आन्तरिक विवाद झनै चर्किएको छ ।

विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र दुई धार स्पष्ट रूपमा आमनेसामने उभिएका छन् । महामन्त्रीद्वयको कदमलाई सुधारवादी र विधानसम्मत पहल ठान्ने समूह एकातिर देखिएको छ भने यसलाई अनुशासनहीनता र विभाजनको आधार ठान्ने संस्थापन समूह अर्कोतिर उभिएको छ ।

विश्लेषकहरूका अनुसार यदि दुबै पक्षबीच सहमति नजुटे कांग्रेस औपचारिक विभाजनतर्फ उन्मुख हुने जोखिम उच्च छ । विशेष महाधिवेशन सफल वा असफल जे भए पनि त्यसले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा, नेतृत्व संरचना र संगठनात्मक भविष्यमा गहिरो प्रभाव पार्ने निश्चित देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशनको पक्षमा काठमाडौं कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...

नियमित महाधिवेशनको बहानामा नेतृत्व परिवर्तन टार्न खोजिँदैछ : गगन थापा

विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक

राप्रपाद्वारा प्रधानमन्त्री कार्कीलाई पृथ्वी जयन्तीकाे निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...

बालुवाटारमा ओली–कार्कीबीच भेट, निर्वाचनबारे तीन घण्टा छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...

राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू बालुवाटारमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...

बसमा यात्रा गर्दै हुनुहुन्छ ? सावधान ! नगद र सुनको सिक्री चोरी गर्ने गिरोहका चार जना काठमाडौंमा पक्राउ

काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...

विशेष महाधिवेशनको पक्षमा रसुवा कांग्रेस पनि खुल्यो

जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान

जेनजी आन्दोलनपछि पनि कारागार सुरक्षा चुनौतीमै

सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी

केन्द्रीय कारागारबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र

काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending