Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कोशीमा राष्ट्रियसभा लडाइँ: दुई ठूला दलको गठबन्धन अगाडि नेकपाकाे अस्तित्व नै संकटमा

खबरडबली संवाददाता

काठमाडाैं  । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ । तीन पदका लागि पाँच जनाको उम्मेदवारी परे पनि अंकगणितीय हिसाबले हेर्दा कांग्रेस–एमाले–जसपा गठबन्धन अत्यन्तै बलियो अवस्थामा देखिएको छ भने नेकपा गम्भीर दबाबमा परेको छ ।

अन्यतर्फ समूहबाट नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी दलित र महिलातर्फ कांग्रेस–एमाले–जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) उम्मेदवार छन् । पूर्व माओवादी केन्द्रले नेकपाकाे तर्फबाट दलिततर्फ खेम सुन्दास र महिलातर्फ नमिता न्यौपानेलाई मैदानमा उतारेको छ ।

मनोनयनपछि अब उम्मेदवारहरू आफ्ना एजेन्डा बोकेर मतदाता—प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख—समक्ष पुग्ने तयारीमा छन् । तर मतभारको यथार्थ हेर्दा प्रतिस्पर्धा भन्दा पनि परिणाम लगभग निश्चितजस्तै देखिन्छ । कांग्रेस–एमाले–जसपाको संयुक्त मतभार दुई तिहाइभन्दा धेरै भएकाले गठबन्धनका उम्मेदवारले जित्नेमा ठूलो शंका छैन । यस्तो अवस्थामा नेकपाका उम्मेदवारहरूका लागि यो चुनाव ‘चुनौती’ भन्दा बढी ‘अस्तित्वको परीक्षा’ बनेको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ चयन हुने संवैधानिक व्यवस्था अनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा प्रवेश गर्दैछन् । कोशी प्रदेशमा दलित कोटाबाट माओवादी केन्द्रका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिलातर्फ एमालेकी इन्दु गौतमको कार्यकाल सकिन लागेपछि ती पदमा निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता, पुस २७ गते उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशन, र पुस २८ गते निर्वाचन चिह्न वितरण गरिनेछ । मतदान भने माघ ११ गते हुनेछ ।

कोशी प्रदेशमा राष्ट्रियसभाका लागि जम्मा ३६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन्, जसको मतभार ५३ हुन्छ । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ । दलगत मतभार हेर्दा एमालेको ४,२१०, कांग्रेसको ३,६८४, माओवादी केन्द्रको १,२९७, राप्रपाको ३९४, एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

अंकगणितीय दृष्टिले कांग्रेस र एमालेबीचको गठबन्धन अत्यन्त सुरक्षित देखिए पनि कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन इतिहास भने सधैँ सहज रहँदै आएको छैन । यसअघि भएका निर्वाचनमा गठबन्धन हुँदाहुँदै पनि अप्रत्याशित परिणाम आएका उदाहरण छन् ।

२०७८ माघ १२ गतेको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन (कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा)का उम्मेदवार हेमराज राईलाई पराजित गर्दै एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए । त्यसबेला गठबन्धनको मतभार बढी भए पनि स्थानीय तहका २९ जनाले फ्लोर क्रस गर्दा परिणाम उल्टिएको थियो ।

यस्तै २०८० माघ ११ गतेको निर्वाचन झनै रोचक रह्यो । सत्ता गठबन्धन (कांग्रेस–माओवादी–एकीकृत समाजवादी)को मतभार स्पष्ट रूपमा बढी हुँदाहुँदै पनि एमालेकी रुक्मिणी कोइराला विजयी भइन् । कांग्रेसका कृष्णप्रसाद सिटौलाले समेत आफ्नै गठबन्धनका सबै मत सुरक्षित गर्न सकेनन् ।

सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा विपक्षी गठबन्धन (एमाले–राप्रपा)का उद्धव पौडेलले ४७ सांसदको मत प्राप्त गरे । स्थानीय तहतर्फ भने सिटौलाले १५३ मत पाउँदा उद्धवले १०९ मत मात्रै पाए । महिलातर्फ पनि सत्ता गठबन्धनकी माओवादी उम्मेदवार चम्पा कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन् ।

यी परिणामहरूले देखाउँछन्—पहिलो र दोस्रो ठूला दल कांग्रेस र एमाले गठबन्धनमार्फत आफ्ना उम्मेदवार सुरक्षित गर्न सफल भए पनि तेस्रो शक्ति माओवादी केन्द्र भने बारम्बार असुरक्षित बन्दै गएको छ ।

यस पटकको निर्वाचनमा थप एउटा महत्वपूर्ण पक्ष भनेको राप्रपाको अनुपस्थिति हो । राप्रपाले कोशी प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता गराएन । उसले आफ्नो मत कसलाई दिने भन्ने विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

अघिल्ला निर्वाचनका अनुभव र वर्तमान मतभारलाई हेर्दा कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा यस पटक पनि ठूलो दलहरूको गठबन्धन बलियो देखिए पनि माओवादी केन्द्रका लागि यो चुनाव परिणामभन्दा बढी पार्टीको संगठनात्मक पकड र राजनीतिक भविष्यको संकेतक बन्ने देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेन्सर बोर्डले ल्यायो नयाँ कार्यविधिः अब फिल्ममा कैँची नचल्ने, वर्गीकरण गरिने

काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...

कांग्रेसको आधिकारिकता विवादमाथि आयोगको अध्ययन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।   समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

कार्यवाहक सभापति खड्काले आज २ बजे पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...

कांग्रेस संस्थापन पक्ष आयोगमा, ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...

आजपनि बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

काठमाडौँ । झापा, नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाको बिर्ताम...

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पाेखरा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।  कास्कीका सहायक प्रमुख जि...

प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीले करोडौँ तोमान मागेको खुलासा

काठमाडाैं । इरानमा हालै भएका विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिहरूका शव परिवारलाई फिर्ता दिन सरकारी सुरक्षा निकायले ठुलो रकम मागिरहेको खुलासा भएक...

निर्वाचन आयोगमा सुरक्षाकर्मीको संख्या बढाइयो

काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending