Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

राजावादी छायाँबाट राज्यसत्ताको मूलधारमा सुनिल थापा, निर्विरोध भए राष्ट्रिय सभा सदस्य

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लाग्दै जाँदा नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापाको राजनीतिक यात्रामा अर्को महत्वपूर्ण मोड आएको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा थापा कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

राजावादी धारको विरासत बोकेर राजनीति थालेका थापाले कांग्रेस प्रवेश गरेपछि निरन्तर उकालो यात्रा तय गर्दै आएका थिए । बुधबार उनको राजनीतिक जीवनमा अर्को ‘सुनौलो अध्याय’ थपिएको छ, जब उनी कुनै प्रतिस्पर्धाबिनै राष्ट्रिय सभाको सदस्य बने ।

संयोगवश विपक्षी दल नेकपाका उम्मेदवार समयमै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित नहुँदा कांग्रेसका उम्मेदवार थापाका लागि राष्ट्रिय सभाको ढोका स्वतः खुल्यो । नेकपाले कोशी प्रदेशबाट हेमराज घिमिरेलाई उम्मेदवार बनाएको थियो । संखुवासभाबाट विराटनगर पुग्न ढिलाइ भएपछि घिमिरे मनोनयन प्रक्रियामा सहभागी हुन सकेनन् र थापा निर्विरोध निर्वाचित भए ।

राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिन थापाले राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए । उनी १६ चैत २०७९ मा राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत थिए । राष्ट्रिय सभा निर्वाचनका लागि थापाले गत १ पुसमा औपचारिक रूपमा सचिवालयबाट राजीनामा दिएका थिए ।

थापा नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता हुन् । कांग्रेस प्रवेश गर्नुअघि उनी राप्रपाबाट २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उक्त क्षेत्र उनका पिता सूर्यबहादुर थापाको परम्परागत निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ ।

२०७४ जेठमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा थापा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मतमा सीमित हुनुपरेको थियो ।

राप्रपाको राजनीति कमजोर बन्दै गएपछि २०७७ सालमा थापा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेस प्रवेशकै बेला सभापति शेरबहादुर देउवाले उनलाई पार्टीको सह–महामन्त्री जस्तो शक्तिशाली पदको जिम्मेवारी दिएका थिए । त्यसपछि उनी पार्टीभित्र क्रमशः प्रभावशाली नेताका रूपमा स्थापित हुँदै गए ।

राजनीतिमा आउनुअघि थापाले संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा लामो समय काम गरेका थिए । आकर्षक अन्तर्राष्ट्रिय जागिर छाडेर राजनीतिमा प्रवेश गरेका उनी कांग्रेस प्रवेश गरेपछि भने पछाडि फर्केर हेर्नु परेको छैन ।

सह–महामन्त्री, केन्द्रीय सदस्य, राष्ट्रपतिको राजनीतिक सल्लाहकार हुँदै अब राष्ट्रिय सभा सदस्यसम्मको यात्रा तय गरेका थापा अहिले कांग्रेसभित्र उदाउँदो र संस्थापनसँग नजिकको अनुहारका रूपमा हेरिन थालेका छन् । राजावादी राजनीतिबाट लोकतान्त्रिक मूलधारसम्म आइपुगेका थापाको यो यात्राले नेपाली राजनीतिमा विचारभन्दा अवसर र सन्तुलन कति निर्णायक हुन्छ भन्ने तथ्यलाई पुनः उजागर गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending