Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

बाँकेमा चिसोले मर्न थाले मौरी

खबरडबली संवाददाता

नेपालगन्ज। मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् ।

नेपाल मौरीपालक महासङ्घ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल बस्नेतको घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेको जानकारी दिए । उनले भने, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, घारबाट बाहिर आउँदा चराको आक्रमण छ भने तराईको शीतलहर र हुस्सुले मौरी मरेका छन् ।”

मौरीपालक बस्नेतले कतिपय अवस्थामा शीतलहरका कारण मौरीको घारसमेत रित्तो हुने अवस्था रहने उल्लेख गर्दै बाँकेमा भने त्यस्तो समस्या नभएको स्पष्ट गरे। एउटा घारमा ३० देखि ३५ हजार हाराहारीमा मौरी रहेका हुन्छन् ।

मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठुलो नोक्सानी बेहोर्नु पर्ने उल्लेख गर्दै उनले बाँकेमा उन्नत जातको मेलिफेरा मौरीबाट मह उत्पादन भइरहेको बताए। यो युरोपबाट विकास गरिएको उन्नत जातको मौरी हो ।

अध्यक्ष बस्नेतका अनुसार चरिचरनका लागि विभिन्न स्थानमा स्थानान्तरण हुँदा मौरीलाई चिसोको समस्या हुने गर्छ । यही कारण बाँकेमा यस वर्ष महको उत्पादन घट्ने अनुमान छ ।

रैथाने जातका मौरी, भमरा, पुत्का पनि चिसोका कारण मर्न थालेको उल्लेख गर्दै उहाँले यिनीहरूको वासस्थान सुरक्षित गर्ने कार्यक्रम ल्याउनु पर्ने बताए। उनले आफूले पालेका ५० घार मौरीलाई चरिचरनका लागि बर्दियाको गुलरिया उत्तरपूर्व लक्षुमणामा लगेको जानकारी दिँदै त्यहाँ पनि फुलेको तोरी सकिएकाले अन्यत्र सार्ने तयारी भइरहेको बताए।

कात्तिकमा बर्दियाको तारातालमा मौरी चरिचरनका लागि लगेको उल्लेख गर्दै मौरीपालक बस्नेतले अब केही दिनमा नै चरिचरनका लागि बर्दियाको बासगढी नगरपालिकामा लैजाने तयारी भइरहेको बताए।

कोहलपुर नगरपालिका–५ निवासी कृष्ण आर्चायले मौरी चिसोले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएको बताए। “एउटा घारमा १० वटा फ्रेम हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ”, उनले भने। चिसोको प्रत्यक्ष असर मौरीपालक किसानलाई परेको उल्लेख गर्दै उनले मौरी बाहिर हिँडडुल गर्न नपाएपछि महको उत्पादनमा पनि गिरावट आउने बताए। रानीमौरीले अण्डा पार्न सक्दैन र मौरी चिसोले बाहिर आउन पनि सक्दैन, खान पाउँदैन अनि मर्छ मौरीपालक किसान आचार्यको भनाइ छ ।

उनले भने, “अत्यधिक चिसोका कारण आधा जति मौरी मरिसका छन् ।” आर्चायले करिब ७० घार मौरी पाल्नु भएको छ । यहाँ १२ जना मौरीपालक किसानले जिल्लामा मौरी पालेर महको उत्पादन गर्दै आएको छन् । गत वर्ष करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएको जिल्लामा अहिले अझै कम उत्पादन हुने महासङ्घका अध्यक्ष बस्नेतको भनाइ छ ।

कोहलपुर नगरपालिकाका कृषि विकास शाखा प्रमुख कल्पना नेपालीले गत वर्ष सङ्घीय सरकारको कार्यक्रम अनुसार मौरीपालक किसानलाई अनुदान सहयोग गरे पनि यस वर्ष कुनै कार्यक्रम नभएको जानकारी दिए। जिल्लाको कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरालगायतका क्षेत्रमा सीमित किसानले मौरीपालन गरेको छन् ।

मौरीपालक किसान बस्नेतले गत वर्ष कोहलपुर नगरपालिकाबाट पाँच लाखको अनुदान प्राप्त गरेकोे र सो रकम पाँच जना किसानले दामासाहीले बाँडेर लिएको बताए। जिल्लाबाट अधिकांश मौरीपालक किसान मौरीको चरिचरनका लागि दाङ, बर्दिया, सुर्खेतलगायतका जिल्लामा जाने गर्छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सचिवालयमा रविको ब्रिफिङ: कुलमानले प्रत्येक दिन नयाँ नयाँ माग ल्याउनुभयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपा...

कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्य...

जनार्दन शर्माको गृहजिल्लामा नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलग...

उज्यालो नेपालसँगको एकता भाँडिएपछि रास्वपा बैठकमा रवीको ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टीको आकस्मिक सचिवालय ...

देउवालाई विशेष महाधिवेशनमा सहभागिताको लागि निम्तो

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवालाई सहभागिताको निम्तो बुझाएको छ। दोस्रो विशेष महाधिवेशन आयो...

उज्यालो नेपाल–रास्वपा सहकार्य टुङ्गियो, कुलमानलाई अध्यक्ष घोषणा गर्ने निर्णय

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यमा सहमति नमिलेपछि उज्यालो नेपाल पार्टीले आकस्मिक केन्द्रीय कमिटी बैठक बसाएको छ। बैठकले कुल...

उज्यालो नेपाल पार्टीको आकस्मिक केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक शनिबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (र...

लोकतान्त्रिक शक्तिबिच सहकार्यको खाँचो छ : अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूब...

आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ, अधिवेशनमा सहभागी हुन हुँदैन: महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकोले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बता...

धनुषामा जग्गा अतिक्रमणको विषयमा झडप, ८ जना घाइते

जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। मिथिला नगरपालिका–२ स्थित सुकजोरमा सन्त रामपाल आश्रम अगाडि झडप भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending