जनकपुरधाम । जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन् । दैनिक आवश्यकताभन्दा करिब ३५ लाख लिटर कम खानेपानी आपूर्ति गर्दै आएको खानेपानी संस्थान जनकपुरधाम उपभोक्ताको मागअनुसार वितरण गर्न सकिरहेको छैन ।
जनकपुरधाम नगर क्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि संस्थानले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको जनाएको छ ।
कार्यालयका प्रमुख विष्णुदेव साहले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार हाल जनकपुरधाममा ४० हजार ४०९ परिवारमध्ये पाँच हजारमामा खानेपानीको धारासहित मिटर जडान गरिएको छ। उनका अनुसार तीमध्ये ४० प्रतिशत घरमा आंशिक रूपमा मात्र पानी आपूर्ति हुने गरेको छ । पछिल्लो समय यहाँ परिवारको सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ ।
वडा नं १० तथा रामानन्द चोकमा निर्मित चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्याङ्कीमा छवटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण भइरहेको प्रमुख साहले जानकारी दिए । करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुट्ने, चर्कने, जीर्ण संरचनालगायत समस्याले नियमित पानी वितरणमा चुनौती थपिएको उनको भनाइ छ ।
सीमित बजेटका कारण ३४ वर्ष पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति पुर्याउन समस्या भएको कार्यालयका प्रमुख साहले बताए । उनका अनुसार जीर्ण पाइपका कारण नियमित रूपमा ५० प्रतिशत मात्र पानी आपूर्ति भइरहेको छ ।
गत आर्थिक वर्षमा कार्यालय हाताभित्र रु एक करोड ३० लाख मूल्य बराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की र रु चार करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीबाट वडा नं ८ स्थित होटल सियाशरणसम्मको सडकको दायाँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याएको थियो ।
सीमित स्रोत र साधनका बाबजुद त्यहाँबाट पाँच लाख लिटर पानी भण्डारण तथा धारा जडानको काम भइरहेको कार्यालय प्रमुख साहले बताए । यसैबिच, पटकपटक विद्युत् आपूर्ति बन्द हुँदा पानी वितरणमा समस्या हुने गरेको कार्यालयका कर्मचारीले गुनासो गरेका छन् । यहाँका अधिकांश परिवारले चापाकल तथा मोटर जडान गरेर खानेपानीसहित दैनिक प्रयोगका कार्य गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: