Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने संकेत गरेपछि पुसको चिसोमा झापाको राजनीतिक माहोल एकाएक गर्माएको छ ।

विशेष गरी विभिन्न दलसँग आबद्ध झापा-५ का युवा नेताले यसपटकको चुनावलाई पुस्तान्तरणको अवसरका रूपमा हेर्न थालेका छन्। वर्षौंदेखि उही अनुहार र उही शक्ति केन्द्र वरिपरि घुम्दै आएको यो निर्वाचन क्षेत्रमा अचानक नयाँ बहस पनि सुरु भएको छ।

झापा–५ निर्वाचन क्षेत्र मात्र होइन, यो एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक पहिचानसँग जोडिएको ‘गढ’ पनि हो । त्यसैले बालेन्द्रको सम्भावित उम्मेदवारीलाई धेरैले स्थापित राजनीतिमाथिको प्रत्यक्ष चुनौतीका रूपमा हेर्न थालेका छन्।

युवामा बदलिँदो मनोविज्ञान

यसपटकको बहसको केन्द्रमा छन्, विभिन्न दल आबद्ध युवा नेताहरू । उनीहरू खुलेरै भन्न थालेका छन्, ‘अब पुस्तान्तरणको विकल्प छैन ।’ ओलीकै पार्टीमा आबद्ध एक युवा नेता भन्छन्, ‘अब पुस्तान्तरण जरुरी छ । जब्बर र दोहनकारीलाई बदल्नुको विकल्प छैन ।’

कांग्रेससँग आबद्ध युवाहरू भने पुस्तान्तरणको माग स्वीकार गर्दै बाहिरबाट आउने उम्मेदवारप्रति केही सचेत देखिन्छन्। कांग्रेस निकट एक युवा नेताले भने, ‘पुस्तान्तरण जरुरी छ, तर त्यो स्थानीय संघर्षबाट आएको नेतृत्वमार्फत हुनुपर्छ । लोकप्रियताले मात्रै दीर्घकालीन राजनीतिक जिम्मेवारी धान्न सकिँदैन ।’ उनका अनुसार युवाको नाममा भावनात्मक लहरभन्दा नीति, कार्यक्रम र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर निर्णय हुनुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता देवीप्रसाद पाठकले झापा–५ पूरै भ्रमणपश्चात् मतदाताको मनसाय बुझेरै बालेन्द्रलाई उम्मेदवार बनाउन लागिएको दाबी गरे । पाठकले भने, ‘बालेन हचुवाका भरमा उड्न लाग्नु भएको छैन, सबै नापतौल गरेपछि उम्मेदवार बन्न लाग्नु भएको हो ।’ उनका अनुसार मतदाताको यसपटकको मनोविज्ञान पहिला ओलीलाई जिताएर प्रधानमन्त्री बनायौं, यसपटक बालेन्द्रलाई जिताएर प्रधानमन्त्री बनाउने देखिन्छ।

पाठकका अनुसार क्षेत्र नम्बर ५ का जेन–जीहरूसँग समेत बालेन्द्रको सम्भावित उम्मेदवारीबारे संवाद सुरु भइसकेको छ । अन्य दल आबद्ध युवाहरूसमेत नयाँ अनुहारप्रति सकारात्मक देखिएको दाबी पाठकको छ।

गत मंसिर २८ मा झापाको दमकबाटै जेन–जी आन्दोलनको सन्देश बोकेर जेन–जी जागरण अभियान सुरु भएको थियो । नेपाल जेन-जी फ्रन्टमा आबद्ध युवा नेताहरू रक्ष बम, उपार्जुन चाम्लिङ र यतिष ओझाले सम्बोधन गरेका थिए। ‘अब झापा–५ ले युवा उम्मेदवार पाउँछ कि पाउँदैन, देशले नजर राखेर बसेको छ,’ जेन–जी नेता बमले भनेकी थिइन्, ‘यो ठाउँलाई हेरिरहेका छौं, भनिरहेका छौं, भदौ २३ मा बगेको रगत खेर नजाओस् ।’

एमाले निकट युवा नेताहरू बालेन्द्रको सम्भावित उम्मेदवारीलाई अस्वीकारभन्दा पनि चुनौतीका रूपमा हेर्छन्। एमाले युवा नेता सन्तोष दुलालले भने, ‘ओली झापा–५ का लागि नयाँ अनुहार होइनन्। विकास, संगठन र राष्ट्रिय राजनीतिमा उहाँको योगदान छ। तर, युवाले प्रश्न उठाउनु सकारात्मक कुरा हो ।’ उनका अनुसार सामाजिक सञ्जालको प्रभाव बलियो भए पनि अन्तिम निर्णय मतदाताले स्थानीय योगदानका आधारमा गर्ने विश्वास एमाले युवामा छ ।

पुस्तान्तरण: नाम फेरिने कि सोच?

झापा–५ मा उठेको बहस बालेन्द्रको उम्मेदवारीमा मात्रै सीमित छैन, यो बहस नेतृत्व पुस्तान्तरणका नाममा मात्र हुने कि सोच र कार्यशैलीमै परिवर्तन आउने भन्ने गहिरो प्रश्नसँग पनि जोडिएको छ।

बालेन्द्रले झापा–५ को वस्तुस्थिति, विकास अवस्था र स्थानीय आवश्यकताबारे प्रारम्भिक सर्भेक्षण गरिसकेको बताइएपछि यो बहस झन् गम्भीर बनेको छ । सामाजिक सञ्जालमार्फत औपचारिक आह्वानको तयारी भइरहेको खबरले युवाको चासो अझ बढाएको छ ।

यो क्षेत्रमा यसपटकको चुनाव जित–हारको अंकगणित मात्र होइन, पुरानो राजनीतिक निरन्तरता र नयाँ राजनीतिक प्रयोगबीचको टकरावका रूपमा हेरिन थालेको छ । युवाहरूको एउटै स्वर सुनिन्छ, ‘अब प्रश्न को जित्छ भन्ने मात्र होइन, कस्तो राजनीतिले जित्छ भन्ने छ ?’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अमेरिकी डलर र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर, युरो र पाउन्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर घटेको...

तापक्रम माइनस २० डिग्रीभन्दा पनि तल झरेपछि मुस्ताङमा विकास निर्माणका काम ठप्प

मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थ...

कांग्रेस विवाद : वार्ता गर्न गगन–विश्वले बनाए चार सदस्यीय समिति

काठमाडौं । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ। विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र ...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending