Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

खबरडबली संवाददाता

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन्, “तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् ।”

वीरेन्द्रको यो भनाइले वैदेशिक रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषि बीचको आर्थिक अन्तर स्पष्ट देखाउँछ । तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ ।

वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गरेका छन्। उनका अनुसार यसका लागि प्रारम्भिक लगानी करिब सात लाख रुपैयाँ पुगेको छ । “बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,” उनले भने, “तर बजार राम्रो भयो भने दुई–तीन महिनामै लगानी उठ्छ ।”

मङ्सिरको पहिलो सातादेखि टमाटर टिप्न सुरु गरेका वीरेन्द्रले हालसम्म करिब एक सय क्विन्टल टमाटर बिक्री गरेर साढे छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन्। “अझै हजार क्विन्टलभन्दा बढी टमाटर टिप्न बाँकी छ,” उनले भने, “सबै बिक्री भयो भने यो वर्ष मात्रै ६० देखि ७० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान छ ।”

यस वर्ष टमाटरको बजार मूल्य प्रतिकेजी ७० रुपैयाँसम्म पुगेकाले किसानलाई ठूलो राहत पुगेको छ । “भाउ राम्रो हुँदा किसानको मेहनतको मूल्य पाइएको महसुस हुन्छ,” वीरेन्द्रले भने। उत्पादन लागत घटाउन आधुनिक मल्चिङ प्रविधि प्रयोग गरिएको छ ।

वीरेन्द्रका अनुसार टमाटरखेती कुनै नयाँ पेसा होइन । “०३६ सालदेखि बुबाले टमाटरखेती गर्दै आउनुभएको थियो । बुबाले परम्परागत तरिकाले टमाटरखेती गरेर नै तीन पुस्ताको परिवार चलाउनुभयो,” उनले भने, “अब समय परम्परा खेती गर्ने समय रहेन । त्यसैले मेले यो खेती गर्न सुरु गरेदेखि नै आधुनिक प्रविधिबाट गर्दै आइरहेको छु ।”

बुबाको उमेर ढल्किएपछि विगत तीन वर्षदेखि वीरेन्द्रले खेतीलाई पूर्ण रुपमा सम्हाल्दै आए । “मैले आधुनिक प्रणाली अपनाएँ,” उनले भने, “त्यसपछि उत्पादन पनि बढ्यो, लागत घट्यो र आम्दानी उल्लेख्य भयो ।”

गत वर्ष पनि वीरेन्द्रले पाँच लाख १० हजार रुपैयाँ ऋण लिएर टमाटरखेती गरेका थिए। “भदौमा लिएको ऋण दुई महिनामै तिरेँ,” उनले भने। टमाटरखेतीबाट भएको नाफाले उहाँले टमाटर ढुवानी र बिक्रीका लागि अटोसमेत खरिद गरेका छन्। “पहिले भाडाको साधन खोज्नुपथ्र्यो, अहिले आफ्नै साधन छ । मैले टमाटर ओसारपसार गरेर बिक्रीका लागि एउटा अटो किनेको छु,” उनको भनाइ छ ।

टमाटरखेतीले केवल परिवारको आम्दानी बढाएको छैन, स्थानीय रोजगारी पनि सिर्जना गरेको छ । “यो खेतीमा १० देखि २० जनासम्म मजदुर चाहिन्छ,” वीरेन्द्रले भने, “दैनिक ज्यालामा काम पाउँदा गाउँकै मानिसलाई फाइदा पुगेको छ ।” सरकारबाट प्राप्त अनुदान र प्राविधिक सहयोगले खेतीलाई थप सहज बनाएको उनको भनाइ छ ।

“प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सम्बन्धित निकायले मेरो खेतीको निरीक्षण गरेको थियो,” उनले भने। मल्चिङ सामग्री र खेत जोत्नका लागि रोटाभेटर उपलब्ध भए लागत अझै घट्ने उनको बुझाइ छ । वीरेन्द्रले सरकारको अनुदान सही सदुपयोग गर्न सके किसान आत्मनिर्भर बन्न सक्ने बताउँछन्। “अनुदान दुरुपयोग होइन, उत्पादन बढाउनेतर्फ प्रयोग गर्नुपर्छ,” उनको सुझाव छ ।

आफ्ना छोराहरु विदेश गएको सन्दर्भमा उनी भावुक हुँदै भन्छन्, “नेपालमा केही गर्न सकिँदैन भनेर उनीहरु गए । तर किन सकिँदैन रु गरे आफ्नै नेपालमा, आफ्नै खेतबारीमा सुन फलाउन सकिन्छ ।”

आगामी वर्ष वीरेन्द्रले टमाटरखेतीको क्षेत्रफल चार बिघाबाट बढाएर १० बिघा पु¥याउने लक्ष्य लिएका छन्। “दश बिघा खेती गर्दा दैनिक करिब २० जनालाई रोजगारी दिन सकिन्छ,” उनले भने । सुरुमा ऋण माग्दा नपत्याउनेहरुले हिजोआज आफूलाई ऋण दिन नहिच्किचाउने बताए । विदेशी रोजगारसँग तुलना गर्दै उनी भन्छन्, “विदेशमा चार लाख कमाउन एक वर्ष लाग्छ, तर टमाटरखेतीबाट मैले १० दिनमै पाँचदेखि छ लाख रुपैयाँ कमाएको छु ।”

उनका अनुसार सरकारले आधुनिक खेती कार्यक्रम ल्याएपछि भारतबाट आयात हुने तरकारी घट्दै गएको छ । “टमाटरखेतीबाटै हाम्रो १०–१५ जनाको संयुक्त परिवार चलेको छ,” वीरेन्द्रले भने।

तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारको कथा आज बाँकेको मात्र होइन, देशभरका किसान र युवाका लागि आर्थिक आत्मनिर्भरताको प्रेरणादायी उदाहरण बनेको छ । मेहनत, योजना र सही लगानी भए खेतबारीमै भविष्य सुरक्षित गर्न सकिने सन्देश वीरेन्द्रको सफलताले दिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending