Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

गोरखा–२ चुनावी प्रयोगशाला बन्दै

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा

खबरडबली संवाददाता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गोरखा निर्वाचन क्षेत्र नम्बर २ देशकै सबैभन्दा चासोको केन्द्रमा पर्न थालेको छ । विचार, अपराध र सत्ता अनुभव तीन फरक राजनीतिक धारका पात्रहरू एउटै मैदानमा उत्रिँदा गोरखा–२ अब साधारण निर्वाचन क्षेत्र रहेन, यो राष्ट्रिय राजनीतिक ‘टेस्ट केस’ बन्दै गएको छ ।

एकातिर ११ वटा पुस्तक लेखिसकेका, वैचारिक राजनीतिबाट उदाएका लेखनाथ न्यौपाने छन् । अर्कोतिर १२ भन्दा बढी आपराधिक मुद्दाको रेकर्ड बोकेका मिलन गुरुङ ‘चक्रे’ लाई नेकपा एमालेले उम्मेदवार बनाएको छ । त्यसमाथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यही क्षेत्रबाट चुनावी मैदानमा फर्किने तयारीमा छन् ।

गोरखा–२ मा पूर्व प्रधानमन्त्री बाबुरामको पुनरागमन

यही क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि उम्मेदवारी दिने तयारीमा छन् । यसअघि चुनाव नलड्ने बताएका भट्टराईले आइतबार पार्टी बैठकमा आफू चुनावी प्रतिस्पर्धामा उत्रिन तयार रहेको संकेत दिएका छन् । पार्टीले सोमबार औपचारिक निर्णय गर्ने जनाएको छ ।

संविधान निर्माण, शान्ति प्रक्रियादेखि आर्थिक नीतिसम्म लामो राज्य अनुभव बोकेका भट्टराईको पुनरागमनले गोरखा–२ को चुनावी तापक्रम झनै बढाएको छ । उनी विगतमा यही क्षेत्रबाट निर्वाचित भइसकेका प्रभावशाली नेता हुन् ।

विचार र लेखनबाट राजनीतिमा आएका लेखनाथ

गोरखा–२ मा पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रन लागेका लेखनाथ न्यौपाने विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन् । तत्कालीन माओवादीको भूमिगत राजनीतिबाट उठेका उनी अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्षसमेत बने । माओवादीभित्र बौद्धिक र आलोचनात्मक नेताका रूपमा चिनिएका न्यौपाने पार्टी नेतृत्वका गलत निर्णयहरूमाथि खुलेर प्रश्न उठाउने विरलै नेतामध्ये पर्छन् ।

यही कारण विगतका चुनावमा उनी पटक–पटक ओझेलमा परे । बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ हुँदै अध्यक्ष प्रचण्ड स्वयं गोरखा–२ बाट उम्मेदवार बनेपछि न्यौपानेलाई अवसर मिलेन । यसपटक प्रचण्ड रुकुम पूर्व र नारायणकाजी सर्लाही–३ सरेपछि न्यौपाने अगाडि आएका हुन् ।

११ वटा पुस्तकमार्फत राजनीति, शिक्षा, विद्यार्थी आन्दोलन र जनयुद्धमाथि बहस सिर्जना गरेका न्यौपाने भन्छन्, ‘धेरै समय लेखन र विचारमा बित्यो, अब आफ्नै क्षेत्रमा जनताको परीक्षणमा उत्रिने मौका मिलेको छ ।’

एमालेको उम्मेदवार चयनले उठाएको गम्भीर प्रश्न

तर गोरखा–२ लाई सबैभन्दा विवादित बनाएको पक्ष भने एमालेको उम्मेदवार चयन हो । एमालेले आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ लाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । यो निर्णयले एमालेको ‘सुशासन’ र ‘कानुनी राज्य’को नारामाथि नै प्रश्न खडा गरिदिएको छ ।

चक्रे मिलन पटक–पटक पक्राउ परेका, हिरासत र जेल पुगेका व्यक्ति हुन् । पछिल्लो पटक गत साउनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो । सर्वसाधारणलाई आतंकित पारेको आरोपमा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको मुद्दासमेत चलेको छ ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार चक्रेविरुद्ध १२ पटकभन्दा बढी मुद्दा दर्ता भइसकेका छन् । २०४७ सालदेखि सार्वजनिक अपराध, धम्की, गुण्डागर्दी र ठेक्कापट्टामा कमिसन असुलीका आरोप उनीमाथि लाग्दै आएका छन् ।

अपराधविरुद्ध कठोर नीति लिएको दाबी गर्ने एमालेले नै यस्तो छवि बोकेको व्यक्तिलाई उम्मेदवार बनाउनु पार्टीभित्र र बाहिर दुवैतर्फ आलोचनाको विषय बनेको छ ।

साधारण चुनाव होइन, राजनीतिक मूल्यको टकराव

गोरखा–२ मा अब चुनाव केवल पार्टीबीचको प्रतिस्पर्धा मात्र रहेन । यो विचार, अपराध र शासन अनुभवबीचको टकराव बनेको छ । एकातिर लेखन र वैचारिक बहसको प्रतिनिधित्व गर्ने नेता, अर्कोतिर आपराधिक छविले घेरिएको उम्मेदवार, र तेस्रो धारमा देश चलाइसकेको पूर्व प्रधानमन्त्री यी तीनै पात्रले गोरखा–२ लाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुर्‍याइदिएका छन् ।

यही कारण गोरखा–२ को चुनावलाई अहिले राजनीतिक वृत्तमा ‘मूल्यको परीक्षा’ का रूपमा हेरिन थालिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेमा टिकट विवाद: देशभर असन्तोष, सचिवालयदेखि जिल्लासम्म विद्रोह

काठमाडौं  । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्र...

सुदूरपश्चिममा एमालेको टिकट बाँडफाँट: टिकट हो वा त्रासदी ? बझाङ–कञ्चनपुर विवादले उडायो सुर

धनगढी । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेको टिकट वितरण सुदूरपश्चिममा पेचिलो र विवादास्पद देखिएको छ। शनिबार पार्टीले ...

गोरखा–२ चुनावी प्रयोगशाला बन्दै

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा

धरान दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइते १३ जनामध्ये ८ गम्भीर

काठमाडाैं । धरानमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । शैक्षिक भ्रमणका लागि जनकपुरबाट विद्यार्थी बोकेर आएको १ ख ७११९ नम्बरको यात्रुव...

ओखलढुंगामा सिफारिस नपरेको उम्मेदवार बनाइएको भन्दै एमाले पार्टी कार्यालयमा तालाबन्दी

ओखलढुंगा। सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै ओखलढुंगामा नेकपा (एमाले) पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। पार्टीको स्थानीय तहबाट सिफ...

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ । प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई ...

ओखलढुंगा एमालेमा विस्फोट : ‘ओलीको खल्तीबाट टिकट’ भन्दै जिल्ला कमिटीद्वारा असहयोगकाे घोषणा

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटलाई लिएर नेकपा एमाले ओखलढुंगामा खुला विद्रोहको अवस्था सिर्जना भएको छ । प...

टिकट खोसिएपछि एमालेमा विस्फोट : योगेश भट्टराईको लिखित विद्रोह, ओली नेतृत्वमाथि गम्भीर आरोप

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको टिकट नपाएपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष प्रकट गरेका छन् । टिकट वितर...

विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट द...

एमालेभित्र प्रश्नको घेरामा महिला प्रतिनिधित्व : किन खोसियो सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट ?

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा उम्मेदवार बनाएकी एक्ली महिला नेतृ कमला बोहराको टिकट खोसेपछि पार्टीभित्रै तीव्र असन्तुष्टि र आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending