Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

गोरखा–२ चुनावी प्रयोगशाला बन्दै

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई देखि ११ किताबका लेखक न्याैपाने र १२ मुद्दाको रेकर्ड बनाएका चक्रे मिलन एकै मैदानमा

खबरडबली संवाददाता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गोरखा निर्वाचन क्षेत्र नम्बर २ देशकै सबैभन्दा चासोको केन्द्रमा पर्न थालेको छ । विचार, अपराध र सत्ता अनुभव तीन फरक राजनीतिक धारका पात्रहरू एउटै मैदानमा उत्रिँदा गोरखा–२ अब साधारण निर्वाचन क्षेत्र रहेन, यो राष्ट्रिय राजनीतिक ‘टेस्ट केस’ बन्दै गएको छ ।

एकातिर ११ वटा पुस्तक लेखिसकेका, वैचारिक राजनीतिबाट उदाएका लेखनाथ न्यौपाने छन् । अर्कोतिर १२ भन्दा बढी आपराधिक मुद्दाको रेकर्ड बोकेका मिलन गुरुङ ‘चक्रे’ लाई नेकपा एमालेले उम्मेदवार बनाएको छ । त्यसमाथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि यही क्षेत्रबाट चुनावी मैदानमा फर्किने तयारीमा छन् ।

गोरखा–२ मा पूर्व प्रधानमन्त्री बाबुरामको पुनरागमन

यही क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि उम्मेदवारी दिने तयारीमा छन् । यसअघि चुनाव नलड्ने बताएका भट्टराईले आइतबार पार्टी बैठकमा आफू चुनावी प्रतिस्पर्धामा उत्रिन तयार रहेको संकेत दिएका छन् । पार्टीले सोमबार औपचारिक निर्णय गर्ने जनाएको छ ।

संविधान निर्माण, शान्ति प्रक्रियादेखि आर्थिक नीतिसम्म लामो राज्य अनुभव बोकेका भट्टराईको पुनरागमनले गोरखा–२ को चुनावी तापक्रम झनै बढाएको छ । उनी विगतमा यही क्षेत्रबाट निर्वाचित भइसकेका प्रभावशाली नेता हुन् ।

विचार र लेखनबाट राजनीतिमा आएका लेखनाथ

गोरखा–२ मा पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रन लागेका लेखनाथ न्यौपाने विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन् । तत्कालीन माओवादीको भूमिगत राजनीतिबाट उठेका उनी अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्षसमेत बने । माओवादीभित्र बौद्धिक र आलोचनात्मक नेताका रूपमा चिनिएका न्यौपाने पार्टी नेतृत्वका गलत निर्णयहरूमाथि खुलेर प्रश्न उठाउने विरलै नेतामध्ये पर्छन् ।

यही कारण विगतका चुनावमा उनी पटक–पटक ओझेलमा परे । बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ हुँदै अध्यक्ष प्रचण्ड स्वयं गोरखा–२ बाट उम्मेदवार बनेपछि न्यौपानेलाई अवसर मिलेन । यसपटक प्रचण्ड रुकुम पूर्व र नारायणकाजी सर्लाही–३ सरेपछि न्यौपाने अगाडि आएका हुन् ।

११ वटा पुस्तकमार्फत राजनीति, शिक्षा, विद्यार्थी आन्दोलन र जनयुद्धमाथि बहस सिर्जना गरेका न्यौपाने भन्छन्, ‘धेरै समय लेखन र विचारमा बित्यो, अब आफ्नै क्षेत्रमा जनताको परीक्षणमा उत्रिने मौका मिलेको छ ।’

एमालेको उम्मेदवार चयनले उठाएको गम्भीर प्रश्न

तर गोरखा–२ लाई सबैभन्दा विवादित बनाएको पक्ष भने एमालेको उम्मेदवार चयन हो । एमालेले आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ लाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । यो निर्णयले एमालेको ‘सुशासन’ र ‘कानुनी राज्य’को नारामाथि नै प्रश्न खडा गरिदिएको छ ।

चक्रे मिलन पटक–पटक पक्राउ परेका, हिरासत र जेल पुगेका व्यक्ति हुन् । पछिल्लो पटक गत साउनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो । सर्वसाधारणलाई आतंकित पारेको आरोपमा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको मुद्दासमेत चलेको छ ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार चक्रेविरुद्ध १२ पटकभन्दा बढी मुद्दा दर्ता भइसकेका छन् । २०४७ सालदेखि सार्वजनिक अपराध, धम्की, गुण्डागर्दी र ठेक्कापट्टामा कमिसन असुलीका आरोप उनीमाथि लाग्दै आएका छन् ।

अपराधविरुद्ध कठोर नीति लिएको दाबी गर्ने एमालेले नै यस्तो छवि बोकेको व्यक्तिलाई उम्मेदवार बनाउनु पार्टीभित्र र बाहिर दुवैतर्फ आलोचनाको विषय बनेको छ ।

साधारण चुनाव होइन, राजनीतिक मूल्यको टकराव

गोरखा–२ मा अब चुनाव केवल पार्टीबीचको प्रतिस्पर्धा मात्र रहेन । यो विचार, अपराध र शासन अनुभवबीचको टकराव बनेको छ । एकातिर लेखन र वैचारिक बहसको प्रतिनिधित्व गर्ने नेता, अर्कोतिर आपराधिक छविले घेरिएको उम्मेदवार, र तेस्रो धारमा देश चलाइसकेको पूर्व प्रधानमन्त्री यी तीनै पात्रले गोरखा–२ लाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुर्‍याइदिएका छन् ।

यही कारण गोरखा–२ को चुनावलाई अहिले राजनीतिक वृत्तमा ‘मूल्यको परीक्षा’ का रूपमा हेरिन थालिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending