Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

एमालेमा टिकट विवाद: देशभर असन्तोष, सचिवालयदेखि जिल्लासम्म विद्रोह

खबरडबली संवाददाता

काठमाडौं  । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकट वितरणलाई लिएर गहिरो असन्तोष फैलिएको छ। पार्टीको निर्णयप्रति केही नेताहरूले खुला विरोध देखाएका छन् भने कार्यकर्ता स्तरमा आक्रोश चरम सीमामा पुगेको छ।

उपमहासचिव योगेश भट्टराईको नोट अफ डिसेन्ट

काठमाडौंमा आइतबार बसेको सचिवालय बैठकले देशभरका १४० निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याउँदा उपमहासचिव योगेश भट्टराई को टिकट जानाजानी ‘होल्ड’ गरिएको थियो। उनले पार्टी नेतृत्वको निर्णयलाई अन्यायपूर्ण र पक्षपातपूर्ण ठहर गर्दै लिखित ‘नोट अफ डिसेन्ट’ दर्ता गरेका छन्।

भट्टराईले चार बुँदे नोटमा उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड नअपनाइएको, गुटगत पक्षधरता हाबी भएको, योगदान दिएका कार्यकर्तामाथि अन्याय गरिएको र नेतृत्वले निष्पक्षता गुमाएको आरोप लगाएका छन्।

पार्टी एकताको कुरा गर्दै आएको नेतृत्वमाथि उपमहासचिवस्तरकै नेता लिखित असहमति दर्ता गर्नुले एमालेभित्र गहिरो दरार रहेको संकेत दिएको छ। विश्लेषकहरूले भन्छन्, “टिकट वितरणले चुनाव जित्ने रणनीतिभन्दा बढी नेतृत्वको अहंकार र आन्तरिक प्रतिशोध हावी भएको देखाउँछ।”

ओखलढुंगा: जिल्ला कमिटीको विद्रोह

ओखलढुंगामा टिकट वितरणलाई लिएर खुला विद्रोह सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले स्थानीय कमिटीको सिफारिस बेवास्ता गर्दै आफ्नै मनपर्ने उम्मेदवारलाई पठाएको आरोप लाग्दै आएको छ।

जिल्ला कमिटीले निर्वाचनका लागि १८ आकांक्षीको नाम संकलन गर्दा ९५ प्रतिशत नेता–कार्यकर्ताले अम्बिरबाबु गुरुङ लाई उम्मेदवार बनाउनुपर्ने मत दिएका थिए। तर केन्द्रीय नेतृत्वले उनका नाम पन्छाउँदै, चुनाव लड्न अनिच्छा देखाएकी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी जिल्ला कमिटीको छ।

जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत गुट र स्वार्थका लागि गरिएको निर्णयप्रति जिल्ला कमिटी असहमत छ। सिफारिस विपरीत आएका उम्मेदवारलाई सहयोग गरेर जान नसकिने व्यहोरा केन्द्रीय नेतृत्व र आम शुभचिन्तकहरूलाई जानकारी गराइन्छ।”

कार्यकर्ताको व्यापक समर्थन पाएका गुरुङलाई टिकट नदिइएपछि जिल्ला कार्यालय तालाबन्दी गर्न पुगिएको थियो।  केन्द्रले पठाएकी उम्मेदवार अस्मिता थापा लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन् । उनले आफू साझा उम्मेदवार भएको दाबी गरेकी छन् । तर जिल्लाभर फैलिएको असन्तोषले उनको दाबी व्यवहारिक हुने वा नहुने प्रश्न उठाएको छ।

सुदूरपश्चिम: बझाङ–कञ्चनपुरको पेचिलो स्थिति

सुदूरपश्चिममा टिकट वितरण अझ पेचिलो देखिएको छ।  बझाङमा शनिबार अफिलाल ओखेडा पाउने सूची आयो, तर आइतबार फेरि केन्द्रले हस्तक्षप गरेर युवा नेता ऐन महर लाई टिकट दिएको बताइएको छ । 

कञ्चनपुर–१: महिला उम्मेदवार कमला बोहरा को टिकट खोसिएर तारा लामा तामाङ लाई दिइएको छ। ये कारण महिला पंक्तिमा आक्रोश फैलिएको छ। एक नेताले भने, “सुदूरपश्चिमका १६ क्षेत्रमध्ये एउटामा पनि महिला नअटाउने? भएको एउटा टिकट खोस्ने?” 

कैलाली क्षेत्र–५ मा बलिया नेता नारदमुनि रानाको टिकट काटेर यज्ञराज ढुंगानालाई अघि सार्दा पनि विवाद उत्पन्न भएको छ।

देशभरका कार्यकर्ताले अब शीर्ष नेताहरूको निर्णयप्रति शंका व्यक्त गर्दैछन् । गुटगत, पक्षपातपूर्ण र अहंकारी निर्णयले पार्टीभित्र एकता कमजोर भएको छ। एमालेकै केही नेताहरु भन्छन्, “एमालेले आफ्नो मनपर्ने उम्मेदवार अघि सार्ने नीति अपनाउँदा स्थानीय मतदाता र कार्यकर्तामा असन्तोष फैलिएको छ। आगामी चुनावमा यसको प्रभाव स्पष्ट देखिन सक्छ।”

अहिलेसम्म पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। देशभरका कार्यकर्ताहरू र नेताहरूको मनमा एउटै प्रश्न छ:  कसको भाग्य चम्कियो, कसको खुसी खोसियो? बझाङ, कञ्चनपुर, कैलाली, ओखलढुंगा सबै क्षेत्रबाट फैलिएको विवाद र असन्तोषले एमालेको चुनावी रणनीति कमजोर हुने संकेत दिँदैछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending