Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो समयदेखि काठमाडौं–४ लाई आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा विकास गर्दै आएका थापाको यो निर्णयले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

थापाले सानो निर्वाचन क्षेत्रमा एउटै नेता पटक–पटक उम्मेदवार बन्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै आएका छन्। उनका अनुसार नेपालका निर्वाचन क्षेत्र साना छन् र एउटै व्यक्तिले सात–आठ पटकसम्म एउटै क्षेत्रमा चुनाव लड्ने, जित्ने वा हार्ने क्रमले संसदीय राजनीतिलाई सीमित बनाइरहेको छ। “सानो निर्वाचन क्षेत्रमा सबै शक्ति प्रयोग गरेर पकड जमाइराख्ने प्रवृत्ति कत्तिको उचित हो भन्ने बहस हुनुपर्छ,” उनले बताएका छन्।

यस विषयमा कांग्रेसभित्र पनि फरक–फरक धारणा रहेको थापाले उल्लेख गरे। उपसभापति विश्वप्रकाश शर्माले लगातार तीन पटकभन्दा बढी चुनाव लड्न नहुने धारणा राख्दै यसपटक विश्राम लिएको स्मरण गराउँदै थापाले आफू भने राष्ट्रिय नेता हुँ भन्ने बुझाइ भएकाले नयाँ–नयाँ निर्वाचन क्षेत्रमा गएर आफूलाई परीक्षण गर्नुपर्ने मान्यता राख्दै आएको बताए।

काठमाडौं–४ बाट लगातार दुई पटक निर्वाचित भएपछि अघिल्लो चुनावमै काठमाडौं बाहिरको क्षेत्रबाट उठ्ने सोच बनाएको थापाले बताए। त्यतिबेला कास्की, सर्लाहीलगायत जिल्लाबाट उम्मेदवारीका लागि सिफारिस आएको भए पनि अन्ततः उनी काठमाडौंमै अडिएका थिए। “अघिल्लो चुनावमा म करिब–करिब सर्लाही गइसकेको थिएँ,” उनले भने, “तर आफ्नो निर्वाचन क्षेत्रमा न्याय हुनुपर्छ भन्ने सोचले अन्तिम समयमा निर्णय बदलियो।”

उनले अघिल्लो चुनावमा काठमाडौं–४ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने प्रयास गरेको पनि स्मरण गराए। अन्तिम समयमा त्यो प्रयास सफल नभएपछि आफू पुनः उम्मेदवार बनेको उनको भनाइ छ। त्यतिबेला क्षेत्रका कार्यकर्ता र समर्थकको असन्तुष्टि पनि निर्णयमा प्रभावकारी बनेको उनले स्वीकार गरे।

यसपटक पनि उनी दुविधामै रहेको थापाले बताए। २०८४ मा निर्वाचन हुने अनुमानअनुसार त्यसअघि नै काठमाडौं–४ मा गएर आफ्नो धारणा स्पष्ट गर्ने सोच भए पनि आकस्मिक रूपमा निर्वाचन घोषणा भएपछि निर्णय गर्न कठिन भएको उनको भनाइ छ।

यहीबीच सर्लाही–४ बाट आफूलाई एकल रूपमा सिफारिस आएको र अघिल्लो पटकजस्तो अन्तिम समयमा नआउने अवस्था नबन्ने दबाब साथीहरूबाट आएको थापाले बताए। काठमाडौं–४ का नेता तथा कार्यकर्ताले अन्तिम समयसम्म पनि क्षेत्र नछाड्न आग्रह गरेकामा उनले उनीहरूप्रति सम्मान व्यक्त गरे।

“म नेपाली कांग्रेसको देशभरको पार्टी सभापति हुँ। देशभरका सबै निर्वाचन क्षेत्र मेरा निर्वाचन क्षेत्र हुन्,” थापाले भने, “मेरो निर्वाचन क्षेत्र काठमाडौं–४ मा मात्र सीमित हुनु हुँदैन। कहिले कहाँ, कहिले कहाँ हुनुपर्छ। चुनाव भनेको आफूले आफैलाई परीक्षण गर्ने माध्यम पनि हो।”

गगन थापाको यो निर्णयलाई कांग्रेसभित्र नेतृत्वको नयाँ अभ्यास र राष्ट्रिय नेताले क्षेत्रीय सीमाभन्दा माथि उठेर जनताको समर्थन खोज्नुपर्ने सन्देशका रूपमा हेरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending