Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

गोरखाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको मनोनयन दर्ता

खबरडबली संवाददाता

सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र दलहरु उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका थिए ।

जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ मा हरिराज अधिकारी, नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेकपा एमालेबाट आरसी लामिछाने, रास्वापाबाट सुदन गुरुङ, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट गोपालबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट विष्णुप्रसाद रिजालले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजान्त्र पार्टीबाट केदारमणि खनाल, नेशनल रिपब्लिक पार्टीबाट आकाश राना मगर, संयुक्त नागरिक पार्टीबाट जित बहादुर घले, मंगोल नेशनल अर्गानेजशन पार्टीबाट देवबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट रामकाजी रानामगर, नेमकिप पार्टीबाट मनुकुमारी श्रेष्ठ र स्वतन्त्रबाट कबिता भट्टराईले उम्मेदवारी दर्ता गराएको छन् ।

यसैगरी, क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिष्ट पार्टीबाट लेखनाथ न्यौपाने, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दबाडी, नेकपा एमालेबाट चक्रे मिलन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकोटी, आमजनता पार्टीबाट कल्पना कुमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुलबहादुर बस्नेत, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट टेकबहादुर प्रधानले उम्मेदवारी दर्ता गराएको छन् ।

त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट डा। बाबुराम भट्टराई, नेशनल रिपब्लिक पार्टीबाट प्रसाद गुरुङ, उज्यालो नेपाल पार्टीबाट बलराम तमाङ, नेपाल मजदुर किसान पार्टीबाट सोमबहादुर गुरुङ, स्वतन्त्रबाट हरि पोखरेल, अर्को स्वतन्त्रबाट चूडाप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्दोलनको नाममा घर जलाउनेहरुलाई कारबाही गर्ने दिन आउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताएका छन् ।  ...

महोत्तरीको उम्मेदवारी दर्तामा ऐतिहासिक चाप, १४३ जनाको मनोनयन

बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिध...

गोरखाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको मनोनयन दर्ता

सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना...

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका  ५० परिवार पानीको समस्याले पीड...

सुनको भाउ तोलामा १० हजार ४ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ...

झापा–५ मा सबैभन्दा बढी र १ मा सबैभन्दा कम उम्मेदवारी दर्ता

दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झा...

३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन हुने १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३...

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending